यात्रुहरुलाई यातायात मजदुरले तानातान गर्दा समेत सम्बन्धित निकाय मौन

धरान/धरानको भानुचौकमा रहेको बसपार्कमा गन्तव्यमा हिडेका यात्रुहरुलाई जथाभावि बस रोकेर यात्रुलाई तान्ने र अनावश्यक टेन्सन दिने काम दशकौदेखि भएपनि यसकार्यको नियन्त्रणमा न त मजदुर नेताहरुले ध्यान दिन सकेका छन् न त टूाफिक प्रहरीले नै रोक लगाउन सकेको छ ।
धरानको भानुचौकमा रहेको पहाडी बसपार्क, पूर्वपश्चिमका लागि छुट्ने बसपार्क, धरान विराटनगर चल्ने बसका बसपार्क होस् वा काठमाण्डौ धरानको
रात्री बस होस् सबैले यात्रुहरुलाई आफ्नो बसमा यात्रा गराउने दबाब दिदा यात्रु एउटा बसमा र आफूले बोकेको सामान अर्कै बसमा पर्ने र सामान समेत
हराएका प्रसस्त उदाहरणहरु धरानमा रहेका छन् ।
खासगरी पूर्वपश्चिम तथा विराटनगर धरान चल्ने बसहरुले यस्तो प्रकारको कार्य गरेको पाइन्छ । समय समयमा यस विषयमा यात्रुहरुले मजदुरमाथि हातपात गर्ने, टूाफिक प्रहरीले कारबाहीमा परेपनि यसको विरोधमा चक्काजाम, आन्दोलन गर्ने र दोषी मजदुरलाई छुटाउने गरेका कारण समेत यसले अझ बढावा पाएको हो ।
यस सम्बन्धमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका कोशी सचिव लक्ष्मी बानियाले यस कार्यले यात्रुहरुलाई दु:ख दिने गरेको महसुस गरी सम्बनिधत सबैपक्षसाग पटक पटक छलफल, वैठक बसेपनि यो कार्य रोकिन नसक्नुमा दु:खद् भएको बताउनुभयो । उहाले प्रतिष्पर्धाका कारण बढी रकम संकलन गर्ने उद्देश्यले समेत यात्रु तानातान हुने गरेको बताउदै विशेष गरी सवारीधनीहरुमा मजदुरमाथि हुने दबाबलाई रोक्न आवश्यक रहेको समेत बताउनुभयो ।
यता जिल्ला टूाफिक प्रहरी कार्यालय सुनसरी धरानका प्रमुख प्रहरी निरीक्षक नविन अधिकारीले भने यस विषयमा यात्रु मजदुर तथा मजदुरका प्रतिनिधिबीच पटक पटक छलफलमा कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए पनि कार्यान्वयन नहुनुमा यात्रु मजदुरहरुको वेवास्ता रहेको बताउनुभयो । उहाले यस सम्बन्धमा ट्राफिक प्रहरीले बेलाबेलामा टूाफिक प्रहरीले कारबाही गरे पनि मजदुरको आन्दोलनलनका
कारण कारबाही फितलो हुने गरेको बताउनुभयो । धरानमा दैनिक २ सय देखि ३ यस सवारी साधन धरानको बसपार्कदेखि छुट्ने गरेका छन् । बसपार्क अत्यन्तै सागुरो भएकोले आलोपालो सिस्टममा सवारी साधन राख्ने नियम बनाएपनि त्यो समेत पूर्ण रुपमा कार्यान्वयन नहुदा अझ अप्ठ्यारो परेको छ । एक त साघुरो बसपार्क अर्कोतर्फ जथाभावि यात्रुवाहक बस रोकेर यात्रु तान्ने प्रवृत्ति मौलाउदै जादा दुर्घटनाको समेत प्रवल सम्भावना बढेर गएको छ । यसका लागि सम्बन्धित पक्षले वेलैमा ध्यान दिनुपर्ने अवस्था आइसकेको छ ।

तपाईको प्रतिक्रिया