आगलागीबाट ५ लाख बराबरको क्षति

सुनसरीको भोक्राह नर्सिङ गाउँपालिका–४ बस्ने बौवालाल उरावको घरमा सोमवार आगलागी हुँदा अन्दाजी ५ लाख मूल्य बराबरको क्षति भएको छ । दिउँसो साढे १२ बजे बिजुलीको तार सर्ट भई आगलागी हुँदा उरावको टाटी बेरा र टिनको छानो भएको १ तले घर, घर भित्र रहेको नगद २० हजार,सुन २ आना,चादी २१ तोला,टि.भि. खाद्यान्न,लत्ताकपडा लगायत सम्पूर्ण सर–सामान जलेर नष्ट भएको छ । उक्त आगलागी दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा दिउँसो १ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया