विपत्तीका समयमा अव्यवस्थित सुकुम्बासीका कारण उद्धारमा समस्या

धरान÷  स्वच्छ, सुन्दर र पर्यटकीय क्षेत्र धरान भनिए पनि अझै धरान उपमहानगरपालिकाले अव्यवस्थित सुकुम्बासी व्यवस्थित  गर्न नसक्दा सर्वसाधारणले ठूलो क्षति व्यहोर्नु परेको छ ।
धरानको चौक चौक गल्ली गल्ली कालोपत्रे बनेका छन् तर यस्ता ठाउ छन् जहा टोलमा विपत्ती आए परे एम्बुलेन्स र वारुण यन्त्र पुग्न सक्दैनन् ।
सुख्खा मौसमसंगै दुई दिनको अवधिमा धरानमा दुई ठाउमा आगलागी भए । फागुन ३० धरान १५ कोकोनट हाउस छेउमा रहको बमबहादुर खड्काको कुखुरा फार्ममा आगलागी हुदा २ करोड भन्दा बढी क्षति भयो । यस्तै शनिवार धरान ८ अरुणटोलमा रहेको सुकुम्बासी बस्तीमा आगलागी हुदा पनि लाखौ क्षति भयो । यसैगरी चैत्र ३ गते धरान १५ महादेव चौकमा अमृत लिम्बुले सञ्चालन गरेको हार्डवेयर पसलमा आगलागी हुदा १६ लाख बराबरको क्षति भयो ।
तीन ठाउमध्ये सबैभन्दा आगो नियन्त्रण गर्न शनिवार धरान ८ अरुण टोलमा समस्या भएको थियो  । शनिवार भएको आगलागीमा बारुणयन्त्र समयमै आए पनि सडक सञ्जालका कारण बारुण यन्त्र छेउमा पुग्न नसक्दा आगो नियन्त्रण गर्न कठिनाइ भएको थियो । आगलागीमा इन्द्रबहादुर राईको ग्वालीमा आगलागी हुदा ग्वाली पूर्ण रुपमा क्षति भयो भने छेउछाउका घरमा समेत आंशिक असर ग¥यो । समयमै बारुणयन्त्र पुगे पनि ग्वालीसम्म जाने बाटो नहुदा बारुणयन्त्र एकसय मिटर वर राखेर आगो नियन्त्रण गर्नुपर्ने अवस्था थियो । विहान ७ बजे लागेको आगो नियन्त्रण गर्न स्थानीय, प्रहरी र वारुण यन्त्रलाई करिब ३ घण्टा लागेको थियो ।
उपमहानगरपालिकाले २० फुटको बाटो कायम गरेको भए पनि सानो गोरेटो मान्छे छिर्न नै कठिन भएका कारण आगो नियन्त्रणमा लिन नसकिएको स्थानीय, प्रहरी तथा वारुण यन्त्रका कर्मचारी बताउछन् । आगलागीका कारण छेउमै रहेको दिलकुमार राई घरमा राखेको टिभी, पंखा, प्रेसर कुकुर,  राइस कुकर, लत्ता कपडा, ओढेने ओछ्याउन लगायतका सामाग्री पूर्ण रुपमा नष्ट भए । समयमै दमकल आए पनि बाटो अभावकै कारण आगो नियन्त्रणमा कठिनाई भएको बारुण यन्त्रका इन्चार्ज इन्द्र लिम्बुले बताउनुभयो ।
इटहरीका दुई वटा र धरानको एउटा बारुण यन्त्रले ५ ट्यांकर पानी खर्चिएपछि मात्र आगो नियन्त्रणमा आएको उहाको भनाई छ ।
समयमै दमक आए पनि सागुरो बाटोका कारण दमकल छिर्न नसक्दा ठूला क्षति भएको स्थानीयहरु स्वीकार्छन् । स्थानीय तीर्थकुमारी तामाङले बाटो फराकिलो बनाउन पटक पटक सल्लाह गर्दा पनि अटेर भएकै कारण समयमै आगा नियन्त्रण गर्न गठन कठिनाइ भएको बताउनुभयो ।
आगो नियन्त्रणमा खटिएको धरान प्रहरीको टोलीलाई समेत समस्या भएको थियो । इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक अशोककुमार जवेगुले अस्तव्यस्तताकै कारण समयमा आगो नियन्त्रण गर्न नसकिएको बताउनुभयो ।
ग्वालीमा राखेको परालबाट सल्किएको आगोले गाउलेको प्रयासले त्यहा पालिएका भैसी र बाख्रा भने निकाल्न सफल भएका थिए । जसले गर्दा ठूलो क्षति हुन नपाएको स्थानीयहरु बताउछन् । सागुरो बाटोका कारण अहिलेलाई ठूलो दुर्घटनाबाट जोगिए पनि भविष्यमा यसले ठूलो समस्या नमित्याउला भन्न सकिन्न । धरानमा यस्ता सुकुम्बासी टोलीहरु धेरै छन् । यसको व्यवस्थापनका लागि धरान उपमहानगरपालिकाले बेलैमा नसोचे भोलि भयावह अवस्था नआउला भन्न सकिन्न ।

तपाईको प्रतिक्रिया