लागूऔषध सहित १ पक्राउ

मोरङ÷मोरङको विराटनगर महानगरपालिका–१५ भन्सार कार्यालयको २ नम्बर ढाटबाट प्रहरीले लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित सुनसरी बराहक्षेत्र नगरपालिका–१ नेता चोक बस्ने बर्ष २० को मोहन साहलाई पक्राउ गरेको हो । बेलुका सवा ५ बजे जोगवनीबाट विराटनगर तर्फ पैदल आउँदै गरेका साहलाई शंका लागि चेकजाँच गर्ने क्रममा अवैध लागूऔषध डाईजेल्याब ५५ एम्पुल, एभिल ५५ एम्पुल, लुपिजेसिक ५५ एम्पुल र स्पास्मोप्रोक्सिभोन१६ क्याप्सुल बरामद गरेको हो । बरामद लागूऔषध सहित साहलाई इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया