धरान÷ सातौ नेवा च्यारिटी खुल्ला दौड प्रतियोगितामा चौथो पटक पनि
भारतीय सेनामा कार्यरत बाग्लुङका तीर्थ पुन विजयी बनेका छन् । प्रतियोगितामा अन्य प्रतिष्पर्धीलाई उछिन्दै १० किमीको दूरी ३१ मिनेट १६ सेकेन्डमा पार गर्दै प्रथम बनेका हुन् ।
यसैगरी पर्वतका अनिष थापाले ३१ मिनेट २२ सेकेन्ड, नेपाल आर्मीका गजेन्द्र राईले ३१ मिनेट ३५ सेकेन्डमा दूरी पार गर्दै क्रमश ः दोस्रो र तेस्रो बनेका छन् ।
यसैगरी महिला खुलातर्फ सशस्त्र प्रहरीको एपिएफकी कान्छीमाया कोजुले १० किमीको निर्धारित समय ३८ मिनेट १८ सेकेन्डमा पार गर्दै विजयी बनिन् । यस्तै ३८ मिनेट १८ सेकेण्डमा दुरी पार गर्दै धादिङकी सन्तोषी श्रेष्ठ दोस्रो र ३८.४७ मिनेटमा एपिएफकी पुष्पा भण्डारी तेस्रो भइन् । खुला पुरुष र महिलातर्फका विजेताहरु प्रथम, दोस्रो र तेस्रो खेलाडीहरुले क्रमशः ४० हजार, ३० हजार, २० हजार,ट्रफी र प्रमाणपत्र हात पारे ।
१६ बर्ष उमेर समूहमा पुरुषतर्फ जुम्ला नरेश बुढा प्रथम, अछामका प्रविणकुमार बोहरा दोस्रो र धरान किरण लिम्बू तेस्रो भए । यस्तै, महिलातर्फ दमक रनकी मनिषा राई, चन्द्रकला भुजेल र संगीता तामाङ क्रमशः प्रथम, दोस्रो र तेस्रो भइन् । यस्तै, १२ बर्ष मुनिका उमेरमा पुरुषतर्फ रोदन राई, अनिष खड्का र अशोक तामाङ प्रथम, दोस्रो र तेस्रो भए भने महिलातर्फ स्मृति राई, लक्ष्मी भुजेल र प्रकृति भुजेल क्रमशः प्रथम, दोस्रो र तेस्रो भए ।
यस्तै, भेट्रान पुरुषतर्फ धर्म महर्जन, निर्मल राई र मंगल राई प्रथम, दोस्रो र तेस्रो भए भने महिलातर्फ रितादेवी राई, भिममाया राई र गंगा गुरुङ प्रथम, दोस्रो र तेस्रो भइन् । दौडमा १६ बर्ष मुनि, १२ बर्ष मुनि र भेट्रानका विजेताहरु प्रथम, दोस्रो र तेस्रोले क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार, ट्रफी र प्रमाणपत्र हात पारे ।
विजेता खेलाडीहरुलाई धरान रनका संस्थापक अध्यक्ष सन्तोष राई, कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदी, नेपाल एयरलान्यसका क्याप्टेन, अभिनेता विजय लामा लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा सबै समूह गरी ३ हजार ५ सयको सहभागिता रहेको थियो ।

