अन्तर्राष्ट्रिय महिला दिवसमा राजधानीमा विख्यात भारतीय कलाकारको प्रस्तुति

राजधानी÷१०९ औं अन्तर्राष्ट्रिय महिला दिवस मार्च ८ तारेख अर्थात फागुन २४ गते काठमाण्डौस्थित Indian women’s Association द्वारा विश्व प्रख्यात भायोलिन बादक डा. एल सुव्रमव्यम तथा प्रसिद्ध बलिउड गायिका कविता कृष्ण मूर्तिका सांगीतिक प्रस्तुति रहेको च्यारिटी सांगीतिक कार्यक्रम सम्पन्न भएको छ ।
नेपालस्थित भारतीय राजदूतावासको आयोजनामा सम्पन्न उक्त सांगीतिक कार्यक्रममा नेपालका राजनैतिक दलका नेताहरु, कलाकारहरु, सांगीतकार, साहित्यिक व्यक्तित्वहरु, विद्यार्थी तथा सञ्चारकर्मी लगायत विभिन्न क्षेत्रमा १५ सय भन्दा बढी व्यक्तिहरुको समुपस्थिति रहेको
थियो । कार्यक्रममा डा. एल सुब्रमण्यम तथा गायिका कविता कृष्ण मूर्तिका साथ अतुल रनिङ्गा र फ्रिजो फ्रान्सिस (किवोर्ड), बसन्त कुलकर्णी (ड्रम्स तथा परकुशन), अल्वेन फर्नाण्डेज (गिटार) किथ पिटर्स (वेस गिटार), तन्मोय बोस (तवला), पि.एन.एस. फाल्गुन
(मृदंगम) र विनय भिन्सेन्ट (साउन्ड इन्जिनियरिङ्ग) मा सहभागी भएका थिए ।
सांगीतिक क्षेत्रमा डा. एल.सुब्रमन्यम एक विश्वख्यात  भायोलियन वादकका रुपमा परिचित हुनुहुन्छ । त्यसैगरी कविता कृष्ण मुर्ति पं्रख्यात बलिउड गायिकाको रुपमा परिचित हुनुहुन्छ । कविता कृष्ण मुर्तिले विभिन्न १६ भाषामा १८ हजार भन्दा बढी गीत रेकर्ड
गराइसक्नु भएको छ । सुव्रमण्यम र कविता कृष्ण मुर्तिको जोडीले दिएको सांगीतिक प्रस्तुति अविस्मरणीय रहेको थियो । शास्त्रीय तथा आधुनिक भायालियन वादक तथा गायन बादक तथा गायनद्वारा उनीहरुले श्रोताहरुलाई मन्त्रमुग्ध बनााएका थिए । Indian women’s Association द्वारा आयोजित सांगीतिक च्यारिटी सांगीतिक कार्यक्रम भारत र नेपालबीचको संगीतलाई जोडे्ने सेतुको रुपमा दर्शक तथा श्रोताले लिएका थिए । समय समयमा दुवै देशका कलाकारहरुले पस्कने सांगीतिक कार्यक्रमले भारतीय तथा नेपाली समुदायबीचमा सद्भाव र मित्रता अभिवृद्धि हुने विश्वास आयोजकले लिएका थिए ।

तपाईको प्रतिक्रिया