घण्टाघरबाट हेर्दा

स्यालबहादुरको जनै गायव
नाम मात्र शेर भएर क्यार्नु ? पार्टी चलाउन नसकेर स्यालबहादुर बन्या बूढानिलकण्ठे मुखियालाई कन्याउने आएछ कि क्या हो उनी म्याग्दीको तातोपानी कुण्डमा चोप्लिन पुगेछन् । संयोज पनि ख्याल गज्बवको प¥या थेन कुण्डमा नुहाउन अर्का लुते बाजे माने रामचन्द्रे बाजे पनि पुग्या  रै’छन् । दुवै जना हम जाएगा कट्टु लगाएर पानी चोप्लिँदा गज्जबै देख्या थ्यो । रामचन्द्रे बाजेले डुबुल्की मार्दा स्यालबहादर नि त्यसै गर्थे । तर गज्जबचाहिँ के भो भने स्यालबहादुरको जनै नै तातोपानी कुण्डमा गायव  भयो । जनै गाएव भएसी मुखिया बाको अनुहार हेर्न लायकको भा’थ्यो । विचराले धुइँपताल जनै खोजे । आÏना नन्दीभृंगीहरुलाईै पनि जनै खोज्न लगाए । अहँ कतै भेटिएन । जनै खोज्नेहरुले कन्दनीसम्म फेला पार्न सकेनन् । आफ्नै शरीरको जनै अचेट्न नसक्नेले पार्टी फुइøयाँ चलाउँछन भनेर आफ्नै जोरी पारी उफ्रनु त स्वभाविक हो । मुखिया बाले अहिलेसम्म जनै कस्ले लग्यो भनेर मुँख त खोल्या छैनन् । तर आरोप चाहिँ रामचन्द्रे बाजेलाई लगाउने पक्का छ । हेरम जनै काण्ड बल्झने हो कि सामसुम हुने हो ?
थाङनामा सुताए रे
आफन्तै बैरी भएसी’ बातै खँलास । अब हेरम न नेक्पाका नेता भीम रावलले अस्तिका दिन पर्धानमन्तरी खप्रओले सिके राउतलाई रातो कार्पेट ओछ्याएर एघार बुँदे सहमति घस्काएसी’ पिएचडी गरेका राउतले आठ कक्षा फेल भाका ओलीलार्ई थाङनामा सुताए भनेछन् । थाङनामा को सुतेको भन्ने कुरा पछि थाङनो हटाएसी थाहा होला । राउतले पिएचडी गरेर मात्र हे गर्नु ? खप्रओ जस्ता चतुर त पक्कै होइनन । नत्र त्यस्ता त्यत्रा पढेकाहरुलाई छिर्के लगाएर पर्धानमन्तरी भाका खप्रओको त्यही खुबी देखेर विदेशीले डाक्टरको पर्मानपत्र दिएको रावललाई हेक्कै रै’नछ । राउतले खप्रओ बालाई थाङनामा सुताएको होइन खप्रओले राउतलाई थाङनामा सुताएकोचाहिँ पक्कै हो । राउत पनि छुट्टै मधेश देश बनाउनु भनेर हावा पिटेर हिडेकै हुन् । दुवै हावा भएसी’ कस्ले कस्लाई थाङनामा सुताउने ? कि कसो हौ ?
फुत्तै आउन बेर छैन
यो मुलुकाँ नहुने कुरा केही छैन  नहुने कुरा हुन्छ हुने कुरा हुँदैन । यो सब हाम्रा पर्धानमन्रीको तजबिजमा भर पर्छ । कैलालीको टिकापुरमा आठ जनालाई सिनित्तै बनाइदिने रेशमलाल अदालतले आजीवन काराबासको सजाए दिएसी राजापाले आन्दोलन गर्ने धम्की सरकारलाई द्या छ । नेपालीहरुको दाना पानी नै बन्द गर्दिन्छु, आन्दोलनको आँधी बेहरी ल्याइदिन्छु भनेर राजिन्दर महतो धोती सुर्की सुर्की उपिंm रा’छन् । राजिन्दरका कुरा सुनेर हाम्रा पर्धानमन्री खप्रओ बा मुसुमुसु गर्छन् । त्यो मुसुमुसु भित्रको राज राजिन्दर महतोहरुले किन नबुझेका होलान् ? आफूले नबुझे नि अरुबाट बुझ्नुपर्छ । त्यसै नयाँ धोती उचालेर उफ्रदा च्यातिन सक्छ । खप्रओ वा आफै कार्जेकारी अधिकारवाला पर्धानमन्तरी त्यसमाथि राष्ट्रपति सर्लक्कै आफनै मान्छे । अदालतले फैसला गरेर के लछारपाटो लाग्छ र ? गनतन्त्र दिवस मौका छोपेर राष्ट्रपतिलाई खुसुक्क भनि हाम्रा पर्धानमन्तरीले रेशम चौधरीलाई फूलमाला लगाई आम माफीको घोषना गर्दिन सक्छन् । राजिन्दर महतोहरुले भित्री कुरा खै बुझ्या ?
युवा संघको काउन्टर
सरकारमा भएको दलको भाते संगठनको काम आँखा चिम्लेर सरकारको समर्थन गर्नु हो । जस्ले  त्यस्तो गर्दैन त्यो भाते संगठन बन्नै सक्दैन । आखिरी सरकारको नमक जो खाएको हुन्छ । आफन भाते संगठनका कार्जेकर्ता पाल्न सरकारले ग्यामग्याम्ती रकम बाँडेको कस्ले चाल पाएका छैनन् र ? नमक खाएपछि काम सोझो त गर्नुै प¥यो । अस्तिका दिन सिके राउत र सरकार बीचमा घनिभूत वार्तापछि ११ बुँदे सहमति भएछ । देशै टुक्र्याएर लैजान्छु भन्नेसँग सहमति गरेर थामथुम पारेका खप्रओबालाई सबैले धन्यवाद दिनुको सट्टा भित्र र बाहिरबाट उद्युम विरोध भयो । पर्तिपक्षेहरुले विरोध गर्दा केही थिएन सत्तापक्षबाटै विरोध भएसी’ युवा संघको टनटनी टाउको दुख्नु स्वभाविक हो । आफनो दानापानी चलाएको सर्र्कारको विरोध हुँदा टाउको नदुख्ने कुरै भएन । उसले बडो गज्बको आइडिया निकालेछ । सिके सरकारको विरोध गर्नेलाई काउन्टर दिने । अहिले विरोधीहरुलाई युवा संघको चेताउनी धमाधम आउन थाल्या छ । पहिला पशुपति शर्मालाई नि त्यसैगरी चेताउनी द्या थे । विचाराले युवट्युवबाटै आफनो गीत हँटाउनु प¥या थ्यो । जे होस् दानापानीकै कमाल भन्नुपर्छ युवा संघ इमान्दारीपर्वक सरकारको बचाउमा लाग्या छ ।
असहिष्णु बन्न निर्देशन
खप्पराँ श्री लेखेर आ’का घरेलु मन्तरी राउबहादुर मगर बाले अस्तिका दिन गज्ज्बकै भाषन ठोकेछन् ।  भाषनै जाबो ठोक्न कम्निष्टहरुलाई कस्ले भ्याउने ? पानी नै नभाको ठाममा पानी जहाज फिलीली दौडाइदिने, ग्याँसै नभाको ठाममा ग्याँसका पाइप हुल्दिने, रेलै नभाको ठाममा खुट्टा उचालेर रेल चढ्नुस भन्ने कम्निस्टका भाषनको बयान गरेर साध्यै हुँदैन । अस्तिका दिन घरेलु मन्तरीले सुर्खेततिर पुगेर भनेछन् नेक्पाका चन्दलाई राजनीति व्यवहार नगर्नु ? असहिष्णु बन्नु । संविधान र कानुन नमान्नेलाई राजनति व्यवहार नगर्नु ।  देशको शान्ति सुरक्षेको गफ गर्लान भन्या त आफ्नै पूर्व सहकर्मीको धज्जी उडएर भाषन ठोके । संविधान र कानुन मान्ने भए त चन्दले विद्रोह गर्ने नै थिएनन् । मान्दैनन् र त विद्रोह गरेका हुन् । हिजो बादलले नि आच्या मगर वाले पनि गरेकै हुन् । आज चन्दले
गर्दैछन् । भोलि अर्कोले गर्छ । आखिरी सिकाएको त मगर बाहरुले नै हो क्यारे । कि कसो हौ ?
अब डल्लो पर्ने भए
ती पशुपति शर्माले लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशाँ पाइदैन नेपालमै हो छुट भनेर त्यसै उफ्री उफ्री गा’का होइन रै’छन् । कमाउनिस्टको सरकार आएसी’ हिजोका टकनटाँकहरु आज मालामाल भा’छन् । ओठ निचोर्दा रगत नआउनेहरु आज भर्भराउँदा भा’छन् । जे होस कमाउनिस्टको सरकारले सुखी नेपाल समृद्ध नेपाली भन्या थ्यो पुग्ने रै’छ गाँठे । अब हेरम न ताप्लेजुङ्गका स्थानीय तहका जनप्रतिनिधिले नियेम कानुनलाई धोती लाइदेर दुवै हातले भत्ता सोहोरेछन् बैठकै नबसी बैठक भत्ता कम्ल्याएछन् । त्यसरी लिएको भत्तो मात्र ६२ लाख रै’छ । त्यतिका पैसा गोलमाल गरेसी महालेखा परीक्षकले फिर्ता गर्न निर्देशन दिएछ । जाबो गाविसहरुमा त कान्छाहरुले त्यसरी लुट्या रै’छन्् भने नगरपालिका, महानगरपालिका, मन्त्रालयमा त झन कति लुट्या होलान ? महालेखा परीक्षकले भत्तो फिर्ता गर्न  चाहिँ भन्नु हुन्थेन । यतिकै लागि कमाउनिस्टको सरकार बन्या हो, गनतन्त्र आ’हो । ज्यादा फुरफुर गरे महालेखा परीक्षकको जागिरै चट होला  बरु तै चूप मै चूप नै राम्रो होला ।
सवारी उल्लंघन
मौका पर्दा सबै राजा महाराजा नै बन्न खोज्दा रा’न । मागी मागी बाबाजी घि भात खाता है भनेर त्यसै भन्या हैन ।  यतिबेला हाम्रो देशकी
राष्ट्रपतिलाई राजा महाराजा बन्ने भूत सवार भएको छ । शितल निवासबाट बाहिर निस्कदा सुरक्षेकर्मीहरुको ताँतीमात्र लाग्दैन सडकै सुनसान बनाइन्छ । विचरी बल्लबल्ल राष्ट्रपति भा’छिन् सडकछापहरुले विरोध गरेको देख्दा घण्टाघरलई नि अचम्म लाग्या छ । राष्ट्रपतिका लागि रोड खाली गराउँदा, ट्याँट्या र टुुटु गरेर हर्न बजाएर सवारी साधन हुइँक्याएछन् । राजधानीमा मात्र नभए पोखरामा पनि त्यसै गरेछन् । हुन त विचराहरु सडकाँ कतिन्जेल पर्खनु ? ४० मिनेट पर्खादा पनि हलचल गर्न नपाएसपी कन्पारो तात्ने नै भयो । हिजो राजा महाराजा हिडदा त्यसो गर्दा अहिलेका सत्तासीनहरु चर्को विरोध गर्थे । अब अहिले यिन्का ताल त्यस्तै छ । कहिले सासूको पालो कहिले बुहारीको पालो भन्थे हो कि क्या हो ?
अन्तेमा
यतिबेला एउटै नामका दुई पार्टीका नेताहरुबीचमा दन्तबझान चर्किएको छ । सिके राउतलाई रातो कार्पेट ओछ्याएर छाडा छोडेपछि भाषन ठोक्दै पर्धानमन्तरी खप्रओले भन्या थे लुटेरा समूह विप्लव । असली नेकपा त हामी हौ ? चन्दले लुटेरा समूह विप्लव राख्दा हुन्छ भनेर खप्रओबा उफ्रेका थे । विप्लव पनि के कम ? जवाफ गज्जबैले फर्काइदेछन् । सुकिसकेको मृगौलामा पानी हाल्न
राज्येको ढुकुटीबाट १८ करोड सिध्याउने असली लुटेरा त तिमी हौ । हाम्लाई लुटेरा भन्न लाज लाग्दैन ।
रोगी नेतालाई पाल्दा त्यसले देशको विकास र प्रगतिमै नकारात्मक प्रभाव पारेको छ रे विप्लव आउने भन्या  । हैन हौ भन्न पनि कति सक्या हँ ? काम न काजको दिमाग भएका सालालाई काठमाण्डौको मेयर , सालीलाई राजदूत बनाउने अनि हाम्लाई लुटेरा भन्ने ? विप्लाउ उफ्रेसी पर्धानमन्नतरी खप्रओ चुपचाप बस्या छन् ।  शायद भन्ने मौका पर्खेका होलान् । जे होस् दोहोरीचाहिँ हिट भा’छ ।

तपाईको प्रतिक्रिया