भारतीय राजदुतद्वरा बोधगयाबाट ल्याइएका विरुवा मायादेवी मन्दिर परिषरमा रोपियो

भारतीय राजदुत रन्जित रेले भारतको बोधगयाबाट उपहार स्वरुप प्राप्त सानो विरुवा लुम्बिनी स्थित मायादेवी मन्दिर परिषरमा वैद्धिक मन्त्रोच्चारण सहित गत हप्ता रोप्नु भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बोधगयाबाट उक्त सानो विरुवा उपहार स्वरुप प्राप्त भएको
थियो । अठारौ सार्क शिखर सम्मेलनका क्रममा नेपाल आउादा मंसिर १२ गते उक्त सानो विरुवा मायादेवी मन्दिर परिषरमा रोप्ने योजना रहेको थियो । तर अन्तिम समयमा मोदीको जनकपुर र मुक्तिनाथसागै लुम्बिनी भ्रमणको कार्यक्रम विविध कारणले गर्दा स्थगित भएको थियो । प्रधानमन्त्री मोदीको भ्रमण स्थगित भएपछि भारतीय
राजदुत रन्जित रेले मंसिर २४ गते लुम्बिनीस्थित मायादेवी मन्दिर पुगेर एक भव्य धार्मिक समारोहका साथ वैद्धिक मन्त्रोच्चारण गर्दै विरुवा
रोप्नुभयो ।
सो अवसरमा नेपाली कााग्रेसका प्रभावशाली नेता तथा पूर्व मन्त्री दिपकुमार उपाध्याय, लुम्बिनी विकास समितिका सचिव अजितमान तामाङ्ग, समितिका अन्य पदाधिकारी, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखहरु, इश्वर दयाल मिश्रलगायत ठूलो संख्यामा स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।
त्र

तपाईको प्रतिक्रिया