किरात राई यायोखाको केन्द्रीय अधिवेशनका लागि प्रचारात्मक अभियान

धरान÷ किरात राई यायोख्खाको केन्दं्रीय अधिवेशनको प्रचारप्रसारका लागि फुटसल प्रतियोगिताको आयोजना गरिएको छ ।
धरान १५ विग फुटसलमा आयोजना गरिएको प्रतियोगितामा विग फुटसल, धरान फुटबल क्लब, नेपाल पत्रकार महासंघ सुनसरी, आयोजक
किरात राई यायोख्खा र धरान उपमहानगरपालिकाको खेलकुद विकास समितिले प्रतियोगितामा भाग लिएका थिए ।
एक नं. प्रदेशलाई किरात प्रदेश नामाकरण गर्नुपर्ने माग राखी प्रचारात्मक कार्यक्रम अन्तर्गतको प्रतियोगितामा विग फुटसल धरान १५ विजयी हुदै नगद ५ हजार, ट्रफी र प्रमाणपत्र हात पार्न सफल भयो । यस्तै आयोजक किरात राई यायोख्खाले दोस्रो हुदै नगद ३ हजार, ट्रफी र प्रमाणपत्र हात पा¥यो भने प्रतियोगिताको म्यान अफ द म्याच विग फुटसलका अमृत लिम्बु घोषित हुदै नगद ५ सय प्राप्त गरे ।
विजयी टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का मानार्थ उपाध्यक्ष किशोर राई, किरात राई यायोख्खाका केन्द्रीय अध्यक्ष तिलक राईले पुरस्कार वितरण गर्नुभयो ।
आगामी फागुन १७, १८ र १९ धरानमा आयोजना हुन लागेको १० औं अधिवेशनको प्रचारकालागि आयोजना गरिने कार्यक्रम अन्तर्गतको प्रचारात्मक कार्यक्रमध्ये फुटसल प्रतियोगिताको आयोजना गरिएको हो ।

तपाईको प्रतिक्रिया