छब्बीस महिनापछि आफ्नो अभिभावक भेटिदा परिवारमा खुशियाली छायो

धरान÷ हराएका आफ्ना अभिभावक भट्टाउदा कुन परिवार खुशी हुदैनन् होला । हेटौडाको एक परिवारमा यस्तै भएको छ । छब्बीस महिना अगाडि हराएका आफ्ना अभिभावक भेटिएपछि हटौडाका एक परिवारको  खुशीको सीमा नै रहेन ।
बगिया गाउपालिका वडा नंं ७ दरबारडाडा, मकवानपुर हेटौडा बस्ने ५२ बर्षीय दमाइसिंह स्याङतानलाई २६ महिनापछि परिवारले भेटेर घर लान सफल हुँदा परिवारको खुशीको सीमा नै रहेन ।
छब्बीस महिना अगाडि हेर्टौडाबाट काठमाण्डौ रोजगारीमा हिडेका उनी एकाएक हराएका थिए । उनी हराएपछि परिवार तनावमा थियो । परिवारले खोजी कार्यलाई निरन्तता दिए पनि भेटउन सकेका थिएनन्् । तर एकाएक उनलाई भेट्टाएर जिम्मा लगााएपछि भने परिवारको खुशीका सीमा नै रहेन ।
धरान ४ विग वुद्ध निर्माण स्थलमा भेटिएका उनलाई  धरान ४ सांरंगाका हरि राईले माघ ९ गतेखि घरमै राखेर उनको परिवारको खोजी कार्यलाई तिब्रता दिएसंगै सोमबार उनका जेठा छोरा बुद्धिमान, भाई सुकलाल र साला धनबहादुर न्यासुरको जिम्मा लगाइएको हो ।
काम गर्दा गर्दै मानसिक अवस्था विग्रदै गएपछि काठमाण्डौबाट साथीहरुले यात्रुवाहक बसमा घर छाडिदिन हालिदिएपनि बसका स्टाफहरुले भेडेटारमा छोडिदिएका थिए । नौलो ठाउमा भौतारिदा भौतारिदै उनी धरान ४ सांरंगाको जंगलको वरिपरि घुम्ने, बेला बेला गाउ पस्ने गरेको भेट्टाएर जिम्मा लगाइदिने हरि राईले बताउनुभयो ।
परिवार तथा भेट्टाएका परिवारले समेत पटक पटक प्रहरीलाई जानकारी गराउदा समेत प्रहरीले समेत वेवास्ता गरिरहेको समयमा हरि र गाउकै रमेश कटुवालले नेपाल यातायात मजदुर संगठनका प्रदेश नं. १ का संयोजक लक्ष्मी बानियालाई खबर गरेका थिए । बानियाले हेटौडामै बस्दै आएका केवल बानियाको सहयोगमा उनका परिवारको पत्ता लगाई धरानसम्म ल्याएका थिए । मानसिक अवस्था विग्रेका उनको पछिल्ला समय आफ्नो नाम र परिवारको बारेमा बताउन थालेपछि परिवारसम्म पु¥याउन सहज भएको रमेश कटुवालले बताउनुभयो । हराएका स्याङतानका तीन छोरा, तीन छोरी र एक श्रीमति रहेका छन् । परिवारले भेट्टाएपछि श्रीमति र अन्य छोराछारीलाई फोन सम्पर्कमार्फत सुनाएपछि त्यो घरमा खुशियाली छाएको हो ।  स्याङतान सोमबार नै आफ्ना परिवारसंग लाग्नु भएको छ । उहाँलाई भट्टाएर पाल्ने राईले यातायात खर्चवापत दुई हजार ५ रुपया समेत सहयोग गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया