भारतीय सेनामा नेपाली युवाहरुको आकर्षण बढ्दो

धरान÷भारतीय सेनामा नेपाली युवाहरुको आकर्षण पछिल्ला दिनमा अझ बढदै गएको छ ।   नेपाल–भारत सन्धी–सम्झौता अनुसार नेपाली युवाहरुलाई सेनामा भर्ति लिर्दै आएको छ । बर्षको दुई पटक अञ्चलवाइज रुपमा नेपाली युवाहरुलाई भर्ति लिँदै आएको छ ।
यही फागुन १८ गतेदेखि २० गतेसम्म मेची, कोशी, सगरमाथा, जनकपुर अञ्चलबाट रिकुट अर्थात सेनामा भर्नाका लागि धरानमा छनौट प्रक्रिया शुरु भएको छ । फागुन १८ गते मेची अञ्चल, १९ गते कोशी अञ्चल र २० गते सगरमाथा र जनकपुर अञ्चलका युवाहरु छनौट प्रक्रियामा सामेल हुन पुगेका छन् ।
छनौट प्रक्रियाका लागि भारतीय सेनाका वृग्रेडियर जनरल अजय पसवोलासँगै अन्य तीन डाइरेक्टरहरु कर्णेल सन्दिप रोय, कर्णेल सिमान्त पाठक, कर्णेल अभिषेक भगतले चरणवद्ध रुपमा नेपाली युवाहरुको छनौट प्रक्रिया आरम्भ गरिसक्नु भएको छ । पहिलो दिन ग्राउन्ड टेस्ट अन्तर्गत रनिङ्ग, डकुमेन्टेसन, फिजिकल टेष्टको काम मेची र कोशीका युवाहरुको गरिसक्नु भएको छ । जसमा १५७ सेन्टीमिटर हाइट, ७७  सेन्टीमिटर छातीको चँौडा, ५ सेन्टीमिटर छातीको फुलाई, ४८ केजी न्यूनतम वजनसँगै सबै प्रकारका टेष्टमा ३२ अंक ल्याउनुपर्ने मापदण्ड राखिएको छ । फिजिकलमा रन, जिक, प्याक, विनर नाइन फिट डिजका प्रक्रिया सँगै २१ फ्रेबुअरीमा लिखित परीक्षा हुने भएको छ । सबै प्रक्रिया पूरा भएपछि मेडिकल परीक्षा पश्चात उत्तीणर््ा युवाहरुलई भारतको जिआरडी घुममा तालिमका लागि बोलाइने सुवेदार मेजर
कृष्ण थापाले जानकारी दिनुभयो ।
भारतीय सेनामा नेपाली युवाहरुको आर्षण बढ्नुको प्रमुख कारण कुनै परिवारमा एक जना भारतीय सेनामा आवद्ध व्यक्ति हुँदा त्यो
परिवार तीन पुस्तासम्म सेटल हुनु पनि हो । औषधोपचार, नानीहरुका लागि शिक्षा, आवास सहयोग, उच्च शिक्षाका लागि अवसर, विवाह खर्च लगायत दर्जनौ लोककल्याण्कारी योजनाहरु बाबु, आमा र तिनका सन्तानले समेत उपयोग गर्न पाउँछन् । पछिल्लो समय भारतीय सेनामा कार्यरतहरुको तलब सुविधासमेत उच्च रहनु आकर्षणको थप कारण बन्न पुगेको छ ।

अहिले धरानको प्रहरी मैदानमा भारतीय सेनामा नेपाली युवाहरुको भर्ना जुन शुरु भएको छ यसलाई यहाँले कसरी लिनु भएको छ ? यसको मापदण्ड कस्तो हुन्छ ? कतिजना युवाहरुले भारतीय सेनामा यहाँबाट जाने अवसर पाउँछन् ?
–भारत सरकारले एक बर्षको अवधिमा नेपालबाट ६ पटक रिक्रुट अर्थात ¥यालीका लागि कार्यक्रम ल्याउँछ । त्यसका लागि अफिसरहरु दुई स्थानबाट आउँछन् एउटा दार्जीलिङ्ग र अर्को गोरखपुरबाट । ६ पटकमा सबै अञ्चललाई दुई पटक कभर गर्छौ । भ्याकेन्सीका लागि कुनै समस्या छैन । जति पास हुन्छन् अर्थात तोकिएको मापदण्ड पूरा गरेका सबैलाई हामी यहाँबाट लैजान्छौं । कुनै कोटाको प्रावधान छैन । युवाहरु १७ बर्षदेखि २१ बर्षका हुनुपर्छ । यहाँ आएपछि पहिला उनीहरुको रनिङ्ग हुन्छ । जुन रनिङ्ग १.६ किमी दौडेपछि अन्य परीक्षणहरु हुन्छन् । शारीरिक परीक्षण पश्चात अन्य परीक्षण हुन्छ । युवा जसले आफूलाई तन्दुरुस्त राख्छ उसका लागि परीक्षणमा कुनै समस्या आउदैन । अत्यन्तै सरल ढंगले पास हुन्छन् । त्यपिछि यहाँबाटै मेडिकल टेस्ट हुन्छ । धरानमा यो सुविधा छ । तर बाँकी स्थानबाट भारतीय सेनामा भर्ना हुने युवाहरुलाई गोरखपुर लिएर जान्छौं । मेडिकल भएपछि उनीहरु सेलेक्ट भएर आ–आÏनो सेन्टरमा ट्रेनिङ्गका लागि पठाउँछौं ।
भारतीय सेनामा जातको आधारमा पनि कोटा छुट्याएको होला । जस्तै राईबाट यति, गुरुङ्गबाट यति, लिम्बुबाट यति, मगरबाट यति, शेर्पाबाट यति, क्षेत्री बाहुनबाट यति भन्ने होला, यस सम्बन्धमा अलिकति प्रष्ट पारिदिनुस् न ?
–भारतमा पल्टनको बनावट जुन छ त्यसमा नेपालको जस्तो अर्थात वृटिश आमीले जस्तो बनाएको छ त्यस्तै छ । हाम्रो पल्टनमा त्यही हिसाबले विभाजन भएको छ । गुरुङ्ग, मगर राई, लिम्बु पल्टन छ । क्षेत्री ठकुरी पल्टन छ तर सबैलाई माका दिनका लागि हामीले क्याटोगोरीमा फिट हुँदैन तिनलाई अन्य जातकोमा लिन्छौं । यसबाट सर्बैले मौका पाउँछन् । भलै गुरुङ्ग मगर पल्टनमा अन्य जातका केटाहरु पनि जान्छन् । अब जातको आधारमा भन्दा पनि योग्यताको आधारमा जान पाउँछन् । सबैलाई हामी मौका दिन्छौं ।
नेपालबाट गएका युवाहरुले भारतमा गएर सेनामा जुन काम गरिरहेका छन । उनीहरुको कामबाट भारत सरकार कतिको सन्तुष्टि छ ?
–भारतीय सेनामा गोरखा पल्टनको नाम सबैभन्दा अग्रस्थानमा छ । गोरखा पल्टनले हरेक ठाउँमा आफ्नो प्रतिष्ठा कायम गरेको छ । कम्पीटिसनमा,सेवा गर्ने मामलामा, लडाई गर्ने सवालमा सबैमा अगाडि छन् । कुनै पनि र्फोसमा वा युनिटमा जति बेला गोरखा पल्टन हुन्छ त्यहाको कमाण्डले सदैव खोज्छन् टास्किङ्ग दिनका लागि । गोरखा पल्टनले टास्कले काम गरेर बढी काम गरेका हुन्छन् । त्यसैले हामीले गोरखा पल्टन भर्नाका लागि कहिल्यै कम्ती गरेका छैनौं त्यसलाई बढाउँदै लगेका छौं । अब हामीले एउटा नयाँ पल्टन अरेन्ज गरिसकेका छौं । टज्ञनच नया एरेन्ज गरेका छौं । यसले गोरखा पल्टनको संख्या अझ बढ्छ । पहिला ३९ थियो अब ४० भएको छ   ।
अहिलेका नेपाली युवाहरुमा भारतीय सेनाप्रतिको आकर्षण अत्यन्तै बढिरहेको छ । भारतीय सेनामा नेपाली युवाको आकर्षण बढ्नुको कारण के होला ?
–आकर्षणको कुरा नेपालका युवाहरुमा कस्तो छ भने यहाँका युवाहरु सकभर बाहिरै गएर काम गर्न चाहन्छन् । सबै बाहिरै गएर काम गर्न खोज्छन् । त्यो चाहे भारतीय सेनामा होस, चाहे वृटिश आर्मीमा होस् या अस्ट्रेलिया, क्यानाडा, साउदी,मलेशिया आदिमा । जब अलिकति बुझ्ने हुन्छन् त्यसैबेला उनीहरु म त बाहिर जान्छु भन्छन् । भारतीय सेनामा आर्कषण बढ्नुको  विविध कारण छन् । भारतीय भूपूहरु सेवा निवृत्त भएर जब यहाँ आउँछन् र उनीहरुलाई यहाँका युवाहरुले देख्छन्, उनीहरुको लाइफ स्ट्यान्डर्ड,  जुन उनीहरुको लवाई खवाई, ड्रेस लगाउँछन् बोलीचाली आदिबाट युवाहरु अकर्षित हुन्छन् । उनीहरु सोच्छन् म पनि यस्तै हुन्छु । यसमा हाम्रा भूपूहरुको धेरै ठूलो भूमिका छ । अर्कोतिर भरतीय सेनामा पे स्केल जुन छ त्यो अत्यन्तै राम्रो छ । यहाँबाट गएका युवाहरु प्रारम्भमै ३५ हजार भारु पाउँछन् । अन्य सेवा सुविधा पनि धेरै छ । यो पनि एउटा कारण हो भारतीय सेनामा नेपाली युवाहरुको आकर्षण बढ्नुमा ।

तपाईको प्रतिक्रिया