धरान÷ प्रत्येक बर्ष आयोजना हुदै आएको पूर्वाञ्चल पुष्प व्यापार मेला मंगलबारबाट शुरु भएको छ ।
पाचदिनसम्म चल्ने मेलाको प्रदेश नं. १ पर्यटनमन्त्री जगदीश कुसैयतले गर्नुभयो ।
धरान ५ अमान बजारमा आयोजना भएको मेलाको उद्घाटनपश्चात मन्त्री कुसैयतले फूलको व्यापारले पनि प्रदेश नं. १ आत्मानिर्भर बन्ने बताउनुभयो । उहाले फूलको प्रवद्र्धन गर्न सके पर्यटन बढी भित्रिने बताउनुभयो । उहाले प्रदेश नं. १ लाई सम्बृद्ध प्रदेश बनाउन प्रदेश सरकार लागिपरेको बताउनुभयो ।
मेला आयोजक समितिका संयोजक प्रेमप्रसाद पराजुलीका अनुसार मेलामा अफिसियल स्टल १, प्रतिष्पर्धा स्टल १ र व्यवसायिक स्टल ३० गरी ३२ वटा स्टल रहेका छन् ् । मौसमी फूल, आलंकारिक बोट विरुवा, सुनाखरी लगायतका ा प्रजातिका फूलहरु मेलामा राखिएकोे उहाले बताउनुभयो ।
गत बर्ष पाचदिने मेलामा ६० लाख बराबरको कारोबार गरेकोमा यस बर्ष भने त्यो भन्दा बढी कारोबार गर्ने लक्ष्य लिएको फ्लोरिकल्चर एसोसिएनका लक्ष्य लिएको छ । १ न. प्रदेशलाई लक्षित गरी गर्न लागिएको मेलामा यस प्रदेशमा रहेका १४ जिल्लाका कृषकहरुले उत्पादन गरेको फूल प्रदर्शनीका लागि स्टलमा राखिएको छ ।
वैदेशिक फूलबाट आश्रित नेपालीहरु नेपालमै पनि फूलको उत्पादन गरेर छिमेकी मुलुक भारत तथा तेस्रो मुलुक निर्यात गर्ने सकिन्छ भन्ने कुरा जानकारी गराउन पनि यो पुष्पा व्यापार मेलाले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
उद्घाटन कार्यक्रममा धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारीले धरानलाई फूलको सहरको रुपमा धरान उपमहानगरपालिकाले समेत परिकल्पना गरेको बताउनुभयो । उहाले सफा सुन्दर धरानको पहिचान आगामी दिनमा फूलको शहरको रुपमा गराउने योजना अगाडि बढाइएको बताउनुभयो ।
२०४९ सालमा स्थापना भएको फ्लोरिकल्चर एसोसिएनले २०५१ सालदेखि भने निरन्तर क्षेत्रीय, राष्टिूय तथा अन्तर्राष्टिूय प्रदर्शनी गर्दै आइरहेको छ । नेपालमा वि.सं. २०११ सँलबाट सामान्य स्तरमा पुष्प व्यवसाय हाल नेपालमा ६ सय ९७ नर्सरी स्थापना भएको र करिब दुई अर्ब बराबरको करोबार भइरहेको छ । एक नं. पदेशमात्र हेर्ने हो भने ६० भन्दा बढी व्यवसायीहरुले १२ करोड बराबरको बार्षिक कारोबार गरिरहेको उनीहरु बताउछन । यस व्यवसायबाट २ हजार भन्दा बढीले रोजगारी पाएका छन् । मेला ५ दिनसम्म चल्ने आयोजकले जनाएको छ ।
