धरान÷ धरान उपमहानगरपालिकाले खेलाडीहरुलाई प्रोत्साहन गर्ने कार्यलाई शुरुवात गरेको छ । खेलाडी राष्ट्रको गहना भएको भन्दै उपमहानगरपालिकाले खेलाडी प्रोत्साहनलाई प्राथमिकतामा राखेको हो ।
यसै क्रममा उपमहानगरपालिकाले खेलको माध्यमबाट धरानलाई चिनाउने व्यक्तित्व, वर्तमान खेलाडी र नेपालबाहिर खेल प्रदर्शन गरेर पदक जितेका खेलाडीहरुलाई हौसला स्वरुप प्रोत्साहन गरेको हो ।
उसु खेलको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनु हुने उसु प्रशिक्षक विकी राईलाई उपचार खर्च वापत १ लाख प्रदान गरेको छ । विगतदेखि नै मृगौलाका रोगी राईलाई मृगौला प्रत्यारोपणमा सहयोग पुगोस् भनेर उपमहानगरपालिकाले १ लाख रुपैया नगद सहयोग गरेको हो । पूुर्व खेलाडी समेत रहनु भएका राईलाई आर्थिक अभाव भएको कारण उपचारमा कठिनाइ भइरहेको भन्दै उपमहानगरपालिकाअन्र्तगतको धरान नगर खेलकुद विकास समितिले आर्थिक सहयोग
गरेको हो । भारतमा मृगौला प्रत्यारोपण गराउने तयारी गरिरहेको उहाँको कम्तीमा पनि २५ लाख खर्च लाग्ने जनाइएको छ ।
यसैगरी अन्तराष्टिूय कराते प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई समेत नगदसहित प्रोत्साहन गरेको छ । नेपालको तर्फबाट भारतको असाम राज्यको गुहाटीमा २०१९ जनवरी १९ र २० तारिखमा भएको दक्षिण एशियाली कराते च्याम्पियनसिपमा सहभागी
धरानका खेलाडीहरुले सबैभन्दा बढी स्वर्ण पदक जितेर टिम च्याम्पियन बनेका थिए । सो प्रतियोगितामा नेपालले १९ स्वर्ण, ८ रजत र ४ काँस्य पदक जितेर टिम च्याम्पियन बनेको थियो । सो प्रतियोगितामा सहभागी खेलाडीहरु सबै धरानका थिए । यस्तै, लखनाउमा आयोजित अन्तराष्ट्रिय करातेमा ७ स्वर्ण र २ रजत पदक जितेर नेपाल दोस्रो बनेको थियो । सो प्रतियोगितामा पनि अधिकांश धरानका खेलाडीहरु नै थिए । त्यसबाहेक बिशाखा पटनममा २ स्वर्ण र मुम्बईमा पनि २ स्वर्ण पदक विजेता खेलाडीहरुलाई उपमहानगरपालिकाले प्रोत्साहन पुरस्कार दिएको हो । पदक विजेतालाई एकमुष्ट ५० हजार प्रदान
गरिएको थियो ।
खेलाडीहरुलाई ऊर्जा प्रदान गर्नकै लागि उपमहानगरपालिकाले खेलाडीहरुलाई प्रोत्साहन गरिएको धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारीले बताउनुभयो ।
यस्तै बुढासु्ब्बा गोल्डप प्रवद्र्धनका लागि आयोजना
गरिएको प्रवद्र्धन कपमा धरान उपमहानगरपालिका प्रथम हुदै नगद ३० हजारसहित ट्रफी र प्रमाणपत्र ल्याएको थियो । विजयी हुने खेलाडीलाई जनही ३ हजार प्रदान गरिएको थियो ।
