समाजसेवी एवम् प्रतिष्ठित व्यवसायी अटलको निधन

धरान/दर्जन भन्दा बढी सामाजिक संघ संस्थामा आवद्ध
धरानका प्रतिष्ठित व्यवसायी समेत
रहनु भएका श्यामसुन्दर अटलको निधन भएको छ ।
लामो समयदेखि अस्वस्थ रहनु भएका अटल रोटरी क्लब, पेट्रोलियम ट्यांकर व्यवसायी संघ, पेट्रोलियम डिलर एसोससिएन, ट्रक व्यवसायी संघ र सुनसरी उद्योग वाणिज्य संघमा आवद्ध हुनुहुन्थ्यो । पेट्रोल, ढुवानी, क्रसर उद्योग, मेसिनरी सम्बन्धी हेभी इक्युमेन्टको व्यवसाय सञ्चालन गर्दै आउनु भएका अटलको मंसिर २१ गते सोमबार विहान ३ बजे असमायिक निधन भएको हो ।
व्यवसायीक क्षेत्रमा पूर्वाञ्चलमै आफ्नो सम्मानित र बलियो उपस्थिति देखाउनु भएका अटल वि.सं. २०११ साल असोजमा धरानमा जन्मनु भएको थियो । उहााका १ श्रीमति, छोरा सञ्जय अटल र छोरी पृति विडला रहनु भएको छ ।

तपाईको प्रतिक्रिया