अख्तियार दुरुपयोग अनुसन्धान आयागले एक हजार भन्दा बढी ठूला भ्रष्टाचारीमाथि छानबिन शुरु गरेपछि यतिबेला ठूला भ्रष्टाचारीहरु अख्तियारको मानमर्दन गर्न उद्यत हुन थालेका छन् ।
राजनैतिक प्रभाव देखाई भ्रष्टाचारमा लिप्त भएकाहरु सभासद, मन्त्री, संंस्थानका जिएम, सरकारी कार्यालयका उच्च पदाधिकारी
रहेको अत्यिारको छानबिनमा देखिएपछि यतिबेला ठूला भ्रष्टाचारीहरु आत्तिएर तिल्मिलाउन थालेका छन् । अख्तियारलाई छानबिन प्रक्रिया अगाडि बढाउन हतोत्साहित गर्ने उद्देश्यले उनीहरु संसदमा भएका दर्जन भन्दा बढी बेकामे समितिमा बोलाई नानाभााति प्रश्न गर्ने शाहस गर्दैछन् ।
आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर अख्तियार प्रमुखलाई बोलाई अख्तियारको अनुसन्धानमा बाधा पर्ने प्रपञ्चमा उनीहरु षड्यन्त्रपूूर्ण ढंगले लागेका देखिन्छन् । हाइड्रो्पावरको लाइसेन्स लिएर बर्षौदेखि काम नगर्ने, लागत इस्टिमेट भन्दा ज्यादा रकम राज्यकोषबाट खर्च गर्नेहरुको लाइसेन्स खारेज गर्ने, कारबाही प्रक्रिया अगाडि बढाउन खोज्दा संसदीय समितिहरु भ्रष्टहरुकै दबाबमा अख्तियारको उछितो काट्न लागेका छन् । १३ वटा जल विद्युत आयोजनाहरुको लाइसेन्स खारेज गर्न अख्तियारले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएपछि आफ्नो अधिकार क्षेत्र नाघेर केही दिन अगाडि अर्थसमितिले अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई स्पष्टीकरण दिन बोलायो । यहीबाट शुरु भयो अख्तियार र संसदीय समितिबीचमा विवाद ।
अख्तियार संसदको सुशासन समितिप्रतिमात्र जवाफदेही रहने स्पष्ट कानुनी व्यवस्था हुादाहुादै पनि आफू हिरो हुन र अख्तियारको अनुसन्धानलाई जानीजानी प्रभावित गर्ने उद्देश्यले बेकामे समितिहरुले अख्तियारलाई बोलाउने गरेको देखिन्छ । केही दिन अगाडि कृषि तथा जलस्रोत समितिले प्रमुख आयुक्त कार्कीलाई बोलाउदा कानुनले दिएको अधिकार प्रयोग गरी उक्त समितिमा उपस्थिति हुनु भएन । त्यसपछि उक्त समितिका संयोजक गगन थापाले सर्वाभौम सत्ता सम्पन्न संसदीय समितिले बोलाउदा नआउने भन्दै आपत्ति प्रकट गरे । थापाको अभिप्राय त्यसबेला सफा देखिएन । उनले कानुनलाई धोति लगाएर कथित सार्वभौम सत्ता सम्पन्न समितिको वकालत गरे । थापाले अख्तियार प्रमुखलाई बोलाउनुको एउटै अभिप्राय थियो त्यो हो उनीमाथि जल माफियाहरुको ललिपप र उपल्लो स्तरका भ्रष्टहरुको प्रभाव ।
यतिबेला मुलुकमा आम सर्वसाधारण नेपाली जनताले अलिकति आशा गर्ने संवैधानिक निकाय भनेकै अख्तियार दुरुपयोग अनुसन्धान आयोग हो । आÏनो काम कर्तव्यप्रति यहााका कुनै पनि निकाय इमान्दार छैनन् । जसरी हुन्छ उनीहरु लुट्न र नाजायज ढंगले कमाउनै व्यस्त देखिन्छन् । जनताबाट अुमोदन भएर गएका सभासदहरु सबैभन्दा तल्लो स्तरको काम गरी कमाउनैमा दौडधूपमा लागेका छन् । अख्तियारले आफनो प्रभाव विस्तार गर्न थालेपछि सभासदहरु भ्रष्टहरुसाग दह्रो
रकम लिएर अख्तियारको मानमर्दन उत्रिएका छन् । आÏनो काम कर्तव्य र अधिकार नबुझ्ने सभासदहरुले संसदका विभिन्न उपसमितिमा अख्तियार प्रमुखलाई बोलाउने जुन घृष्टता बारम्बार गर्दैछन् त्यसबाट उनीहरु आफै नांगिदैछन् । अख्तियारलाई भ्रष्टाचार गरेवापत जो कोहीलाई पनि पक्राउ गर्ने, थुन्ने, मुद्दा चलाउने अधिकार छ भने कुनै पनि संसदीय समितिलाई त्यस प्रकारका अधिकार छैन । अधिकारै नभएकाले वेÏवााकको तुजुग किन देखाउने ?
