शिक्षक तथा विद्यार्थीहरुद्वारा मनोरञ्जनका अलावा बर्षभरिको एकाडेमीक प्रदर्शन

धरान÷बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र रहेको दिल्ली पब्लिक स्कूलले चौथो हिउँदे मेला ९धष्लतभच अबचलष्दब०ि गत शुक्रबार भव्य रुपले सम्पन्न गरेको छ ।
विद्यालयले यस भन्दा अगाडि मालिनिस्था, कल्चर एण्ड एकाडेमिक फेस्ट, जम्बोरी जस्ता हिउँदे मेला सम्पन्न गरिसकेको छ भने गत शुक्रबार सम्पन्न युफोरिया २०१८ सम्पन्न गरेको हो ।


कार्निवल मेलामा बृटिश काउन्सिलका एघारवटा प्रजोक्टहरुको प्रदर्शन गरिएको थियो । जसमा सेभवाटर सेभ लाइफ, जापानिज भाषा, सेफटी एण्ड सेक्युरिटी, से नो टु ड्रग्स, वल्ड टु वर्डस रिलिजिएस टलरेन्स अर्थात विश्व धार्मिक सहिष्णुता, सौर्य ऊर्जा, रोवोटिक्स, इस्ट मिट्स वेस्ट, हेल्दी मुड हेल्दी लाइफ, बुक रिभ्यु करेन्सी रहेका थिए । यसका अलावा केमेष्ट्री, कमर्श, वायोलोजी, आर्ट ग्यालेरीका सम्बन्धमा शिक्षक तथा विद्यार्थीहरुद्वारा अत्यन्तै मेहनतका साथ बर्षभरिका कार्यहरुको प्रस्तुति गरिएको थियो ।
दिल्ली पब्लिक स्कूलकी भाइस प्रिन्सिपल सन्ध्या बशिष्टका अनुसार यस पटकको कार्निवल मेलामा विद्यार्थीहरुले असाध्यै मेहनत गरेका थिए । उनीहरुको प्रदर्शनबाट अन्य विद्यालयबाट अवलेकन गर्न आएका विद्यालय सञ्चालक, शिक्षक शिक्षिका, प्रिन्सिपलहरु समेत युफोरिया अर्थात अत्यन्तै खुशी भएका थिए । मेलामा गेम्स, साइकल दौड, घोडचढी दौड प्रर्दशन गरिएको थियो । खानपिन, गाना, बजाना बाहेक
गरिएको एकाडेमिक प्रदर्शनीले मेलालाई थप आकर्षक बनाएको थियो । मेलामा विद्यालयका शिक्षिकाहरुले माइतिभरको लोकप्रिय गीत यही हो मेरो प्राणभन्दा प्यारो माइती घर–माइती घर भन्ने गीतमा गरेको नृत्यले सहभमागीहरुमा
भरपुर मनोरञ्जन प्रदान गरेको
थियो । यसैगरी विद्यार्थीहरुले युक्रेनियन, जापानिज डान्स, नेपाली लोक डान्स, इण्डियन क्लासिकल डान्स, पश्चिमा नृत्यमा आफना प्रस्तुतिहरु प्रस्तुत गरेको दिल्ली पब्लिक स्कूलका नेपाली विभागका प्रमुख हेमचन्द्र वस्तीले बताउनुभयो ।
कार्निवल मेलामा धरान ३ स्थित सरस्वती बाल अनाथाश्रमका विद्यार्थीहरुलाई समेत सहभागी गराइएको थियो । मेलाको प्रमुख अतिथि भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानका एआइरुम एवम् इसिएचएस प्रमुख राघविन्दर सिंह रहनु भएको थियो भने मेलामा विद्यालयका प्रिन्सिपल पि.के. शंकरा लिंघमले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
त्र

तपाईको प्रतिक्रिया