खानामा स्वच्छता कायम गरेको भन्दै गोरखा डिपार्टमेन्ट स्टोरद्वारा सञ्चालित गोरखा किचनलाई हरियो स्टिकर जापानिज उत्पादनका कस्मेटिक, किचन आइटमका मिनी सो आइतबारदेखि विराटनगरमा सञ्चालन हुदै

धरान÷खाद्यमा स्वच्छता अति उत्तम भन्दै नेपाल सरकार कृषि तथा पशु विकास मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको खाद्यान्न प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीले गोरखा डिर्पाटमेन्ट स्टोरद्वारा सञ्चालित गोरखा किचनलाई आइतबार हरियो स्टिकर प्रदान गरेको छ ।
गोरखा डिपार्टमेन्ट स्टोरको चौथो तलामा धरानमा सञ्चालित गोरखा किचन अनुगमन गर्न गएको डिभिजन कार्यालयको टोलीले गोरखा कचनको अवलोकन
गरेपश्चात हरियो स्टिकर प्रदान गरेको
हो । अत्यन्तै सफा, खानामा गुणस्तरियता र स्वच्छता कायम गर्ने होटललाई गुण नियन्त्रण कार्यालयले हरियो स्टिकर दिने गरेको छ । गुण नियन्त्रण कार्यालयले खाद्यमा स्वच्छता ‘क’ अति उत्तम भन्दै माघ २० गतेदेखि २०७६ माघ २० गतेसम्म जारी रहने गरी प्रदान गरिएको स्टिकरमा जनाएको छ ।
गोरखाले स्थापनासँगै किचनको अवधारणा ल्याएको हो । किचन खुलेसँगै धरानका अधिकांश स्थानीयहरु खाना खान गोरखा किचन नै पुग्ने गरेका छन् । साधारण खाना रु ५०, चिकेन खाना ९० , थकाली खाना र नेपाली थालीको स्वादिष्ट खानाले धरानेहरुलाई मात्र होइन अन्यत्रका मानिसलाई समेत गोरखा किचनको खानाले लोभ्याएको छ । खानासँगै देैनिक रुपमा
परिवर्तन हुने स्पेशल मेनु ग्राहकका लागि थप आकर्षण भएको छ । चाइनिज, इण्डियन लगायतका
परिकार गोरखाका थप आकर्षक आइटम हुन् ।
अगुमगन टोलीमा धरान उपमहानगरपालिकाका बजार अनुमगन अधिकृत दिवस अधिकारी, खाल्न प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीका प्रमुख विक्रम लिम्बु, इलाका
प्रहरी कार्यालयका सहायक प्रहरी निरीक्षक रुद्र तामाङ्ग सहितको टोलीले गरेको अनुगमन टोली आफै गोखाको स्वच्छता देखेर आश्चर्यचकित भएका थिए ।

धरानमा मिनी सो चाडै सञ्चालन हुदै

सम्पूर्ण जापानिज उत्पादनका कस्मेटिक तथा किचन आइटमका लागि अब उपभोक्ताहरुले चारतिर दौडिनु नपर्ने भएको छ । अत्यन्तै गुणस्तरीय जापानी उत्पादनका कस्मेटिक सामान अब चाँडै नै धरानमा रहेको गोरखा डिपार्टमेन्ट स्टोरमा उपलब्ध हुने भएको छ ।
जापानिज कस्मेटिक्स आइटम र किचेन आइटमका लागि गोरखा डिपार्टमेन्ट स्टोरले पूर्वाञ्चलमा डिलरसीप लिइसकेको स्टोरका सञ्चालक बलराम आचार्यले जानकारी दिनुभयो ।
स्टोरले पूर्वाञ्चलमा पहिलो पटक विराटनगरको सेन्ट्रल भित्र आफ्नो सो रुम सञ्चालनमा २७ गते ल्याउने भएको छ । विराटनगर भन्दा पहिला धरानमा सञ्चालनमा ल्याउने योजना भएपनि विविध प्राविधिक कारणले ढिलाई हुन गएको सञ्चालक आचार्यले बताउनुभयो यद्यपि आगामी दुई महिनाभित्रमा स्टोरले धरानमा समेत सञ्चालनमा ल्याउने जनाएको छ । डिपार्टमेन्ट स्टोरका म्यानेजर श्रीप्रसाद गौतमका अनुसार अहिले विराटनगरमा सामानहरु डिस्प्ले गर्ने काम धमाधम भइरहेको छ । विहान ८ बजेदेखि खुल्ला रहने मिनी सो बेलुका ८ बजेसम्म सञ्चालन वा खुल्ला हुने पनि उहाँले जानकारी दिनुभयो ।

गोरखाको स्वादिष्ट बेकरी उत्पादन पूर्वाञ्चलमा लोकप्रिय

गोरखा डिपार्टमेन्ट स्टोरबाट उत्पादन भएको विभिन्न स्वादका गोरखा वेकरीको माग पूर्वाञ्चलमा ह्वात्तै बढेको छ । आफनै गोठको सुद्ध गाई वस्तुको दूध, घ्यूबाट दर्जनौ प्रकारका मिठाइ र वेकरीको माग धान्न धौ–धौ पर्न थालेको स्टोरका सञ्चालक बलराम आचार्यले बताउनुभयो । बेकरीमा सुजी पप, कोकोनट विस्कुट, हेल्दी ब्रेड, गोरखा कोकोनट, फुट केक, ब्लाक फरेस्ट भेनिला पेस्टी, पाइनापल पेष्टी, गोरखा कुकिज, सुजी टेष्ट, चटपट विस्कुट, क्यावरी रोल, जाम रोल, टिफिन केक, तिल विस्कुट, वर्थ डे केक, आदि रहेका छन् । हाल आफूले उत्पादन
गरेका मिठाई र बेकरी डिपार्टमेन्ट स्टोरले इटहरी र विस्तारित शाखा विराटचौकबाट ग्राहकहरुलाई उपलब्ध गराइरहेको छ भने इनरुवा, झुक्का, धरान, दुहवी, विराटनगर, पथरी, बेलबारी, उर्लाबारी, दमक लगायतका स्थानमा समेत सप्लाई शुरु गरेको छ ।

जाडो मौसमसंगै न्यानो कपडा लिनेको भीड

गोरखा डिपार्टमेन्ट स्टोरको चौथो तलामा शनिवार स–परिवार भेटिएकी धनकुटा पाख्रीबासकी सदिक्षा नेपाल जेब्रा क्रसिक व्यागमा ज्याकेट, स्विटर लगायतका न्याना कपडा मिलाएर राख्दै थिइन् । उनीसँगै आएका परिवारका अन्य सदस्य उनलाई सहयोग गरिरहेका थिए ।
त्यतिविघ्न कपडा खरिद गरेको देखेपछि यो पंक्तिकारलाई नसोधी चित्तै बुझेन । यतिका कपडा प्रयोगकै लागि खरिद गर्नुभएको हो या विक्रीको लागि ? प्रत्युत्तरमा उनले मुस्कुराउदै भनिन् आÏनै परिवारका लागि हो । शनिवार श्रीमानको समेत विदा भएकोले आफूलाई चाहिने आवश्यक सरसमान खरिद गर्न गोरखा डिपार्टमेन्ट स्टोरमा आएकी हुँ । यतिबेला गोरखा डिपार्टमेन्ट स्टेरमा न्याना कपडा खरिद गर्नेहरुको अत्याधिक भीड बढेको छ ।
यसपटक जाडो केही ढिलो शुरु भएकोले मंसिर पौषमा न्याना कपडा खरिद गर्नेहरुको खासै भीड थिएन । तर केही दिन यता एक्कासी जाडो बढ्न थालेपछि न्याना कपडा खरिद गर्नेहरुको भीड बढेको गोरखा डिपार्टमेन्ट स्टोरका सुपर भाइजर खेम खत्रीको कथन छ । स्वदेशी तथा विदेशी ब्राण्डका आफूले चाहे बमोजिम रेडिमेट स्विटर, कोट, ज्याकेट, मोजा, टोपी लगायतका न्याना कपडाहरुका लागि नेपालबाट मात्र नभएर भारतका विभिन्न स्थानबाट समेत ग्राहकहरु आएको सपुरभाइजर खत्रीले भन्नुभयो । यसका अलवा डिपर्टमेन्ट स्टोरको पाँचौ तलामा समेत ग्राहकहरुको उस्तै भीड देखिन्छ । भर्खरै जन्मिएका बच्चादेखि १४ बर्ष उमेर समुहका नानीहरुका लगि चाहिने सम्पूर्ण कपडाहरु उक्त तलामा रहेकोले अभिभावकहरु उक्त तलामा भीड हुने गरेको छ । स्वदेशीँसगै खासगरी सिंगापुर, थाइल्याण्ड, हङकङ लगायतका मुलुकबाट आयात गरिएका नानीहरुको अत्यन्तै न्यानो र भुवादार कपडमा अभिभावहरु आकर्षित हुने गरेका छन् ।

तपाईको प्रतिक्रिया