नागरिक समाजद्वारा केसीको माग पूरा गर्न आग्रह

धरान÷माथेमा प्रतिवेदन र विगतमा सरकारले प्रा.डा. गोविन्द केसीसँग गरेका सम्झौता हुवहु लागू गर्न नेपाल नागरिक समाज सुनसरी शाखाले सरकारसँग माग गरेको छ ।
समाजले आइतबार एक विज्ञप्ती प्रकाशित गरी राष्ट्रिय चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी नेपाल सरकारसँग भएको सम्झौता सहमति अनुसार राष्ट्रिय चिकित्सा शिक्षा विद्येयक नआएको भन्दै पूर्वी नेपालको इलाम जिल्लाको सदरमुकाममा १६ औं अनसन शुरु गर्नुभएकोमा आफूहरुको ध्यानाकर्षण भएको छ ।
आम नगारिकका छोराछोरीले पनि चिकित्सा शिक्षा अध्ययन गर्न पाउनुपर्ने, प्रदेश र दुर्गम क्षेत्रमा पनि मेडिकल कलेज स्तरीय सेवा प्रदान गनर्,े अस्पताल खोल्नुपर्ने जस्ता केसीका मागहरु जायज भएको हुँदा नेपाल नागरिक समाज डा.केसीको माग र आन्दोलनप्रति ऐक्यवद्धता जनाउँछ । समाजमा अध्यक्ष प्रेमप्रसाद पौड्याल, सचिव विजय अछामी, प्रमुख सल्लाहकार किशोर राईद्वारा हस्ताक्षरित विज्ञप्तीमा अगाडि भनिएको छ राष्ट्रिय चिकित्सा क्षेत्र सुधारका लागि एक अभियन्ताले पटक पटक सत्याग्रह बस्नुपर्ने अवस्था सिर्जना हुनु राष्ट्रकै लागि वेइजत, बेइमानी हुने हुँदा विगतका लिखित सम्झौता अनुरुप चिकित्सा शिक्षा विद्येयक ल्याएर डा. केसीका जायज माग पूरा गर्न हामी जोडदार माग गर्दछौं ।

तपाईको प्रतिक्रिया