यातायात व्यवसायी राष्ट्रिय महासंघमा घिमिरे

धरान÷नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अन्तर्गत सुनसरी जिल्ला समन्वय समितिको अध्यक्षमा धु्रवराज घिमिरे सर्वसम्मत निर्वाचित हुनु भएको छ ।
त्रिरत्न यातायात प्रा.लि.का अध्यक्ष समेत रहनु भएका घिमिरे सोमबार पूर्वाञ्चल यातायात व्यवसायी संघमा भएको सुनसरीका सम्पूर्ण यातायात व्यवसायीहरुको भेलाले सर्वसम्मत महासंघको सुनसरी समन्वय समितिको अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रदेश संयोजक सरोज श्रेष्ठको उपस्थितिमा ११ सदस्यीय सुनसरी समन्वय समिति गठन भएको हो । समितिको उपाध्यक्षमा नन्दु लम्साल, सचिवमा धनबहादुर श्रेष्ठ, कोषाध्यक्षमा राम परियार निर्वाचित हुनु भएको छ । यसैगरी सदस्यहरुमा गणेश विष्ट, राम तामाङ्ग, गौतम श्रेष्ठ, हेमबहादुर श्रेष्ठ, शिवकुमार पोख्रेल, विकेश श्रेष्ठ, प्रमोदकुमार श्रेष्ठ निर्वाचित हुनु भएको छ भने बरिष्ठ सल्लाहकारमा नरेन्द्र पोमो, तिलक राई र सन्तोष खड्का चयन हुनु भएको छ ।

तपाईको प्रतिक्रिया