घण्टाघरबाट हेर्दा

ढाकछोप समिति
विचित्रको देश भनेर अब नेपालले चाँडै ग्रिनिज बुकमा नाम लेखाउने पक्का भा’छ । यसको सम्पूर्न श्रेयचाहिँ कमाउनिष्ट सरकारका पर्धानमन्तरी खप्रओलाई जाने निश्चित छ । जे होस् सबैले उखान टुक्के भनेर खिसीटेउरी गर्थ आखिरी खप्रओ भन्या खप्रओ नै हुन् । संसदीय उपसमितिले वाइवडी जहाज प्रकरनमा ४ अर्ब ३५ करोड नागरिक उड्यायान मन्तरी रविन्द्र अधिकारी, पूर्वमन्तरी जीवनकुमार शाही, जितेन्द्र देव, महाप्रबन्धक सुगतरत्न कंसाकार लगायतले झ्याम्मै बजाए भनेर कार्बाही गर्न सिफारिस गरेसी खप्रओले नयाँ जुक्ति निकालिहालेछन् । जाबो संसदीय उपसमितिले गरेको सिफारिस कस्ले मान्ने ? झन कमाउनिस्ट सरकारले त मान्ने कुरै भएन । त्यसैले तुरुन्तै अर्को ढाकछोप समिति गठन गर्दैैंछन् । आजसम्म संसाराँ ढाकछोप समिति गठन भा’कै थिएन । अब सरकारले आफ्ना मान्छे, आसेपासेहरुले जस्तोसुकै गल्ति गरे नि ढाकछोप समिति गठन गरेर जोगउने आइडिया निकाल्या छ । अब ढाकछोप समितिले वाइवडीमा ४ अर्ब ३५ करोड बजाउनेलाई गंगाजल छर्केर चोख्याउने निश्चित छ । भोलि कमाउनिस्ट सरकारले थालेको
परम्परा अरु देशले नि अनुशरण गर्दै जालान् ? अनि ग्रिनिज बुकमा नाम नलेखिने त कुरै भएन । संसारै चकित हुने असल परम्पराको थालनी गरेकोमा हाम्रा पर्धानमन्तरी खप्रओ्लाइ बधाई त दिनैपर्छ ।
भुक्ने मात्र हुन्
लाँग्रेस सभापति माने स्यालबहादुर काजीले अस्तिका दिन विराटनगरमा आएर भनेछन् सबै लाँग्रेसी कार्जेकर्ता संघर्षका लागि तयार हुनु । घण्टाघरलाईचाहिँ अब लाँग्रेसले संघर्ष गर्ला जस्तो साह«ै लाग्या छैन । अहिले लाँग्रेस सत्तामा हुन्थ्यो र रविन्द्र अधिकारी पर्यटन
मन्तरी भा’भे खप्रओ र प्रचण्डाउका  छाउराहरुले सडक गर्मागर्म बनाइसक्थे । रविन्द्रे चोर मन्त्री छोड, रविन्द्र चोरलाई कारबाही गर भनेर सडकमा टायरको कालो धुँवा, सडकमा गुडेका सवारी साधनको मर्मत गरिसक्थे । धन्न कमाउनिस्ट सरकारले अहिले त्यस्तो स्वर सुन्नु प¥या छैन । काँग्रेस सप्रिया हो कि ह्याउ नभएर थन्किया हो भेउ पाउनै गाह«ो भा’छ । फेरि ती हडबडे काजीले संघर्ष गर्नुलाई तयार बस भन्दैमा कोही तयार होलान् जस्तो छैन । काजी उही भुक्ने मात्र हुन् ।
थुतुनोमा कालो मोसो
वैधवाका कार्जकर्ताले अस्तिका दिन गज्जबकै काम गरेछन् । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारको थुतुनोमा कालो मोसो दल्देछन् । विचारालाई अफिसाँ गएर कालो मोसो दल्लेसी
कंसारको थोपडा भाइरल भएछ । किन नहोस त सुकुमार परेको अनुहार पेटभरी वाइवडी जहाजको पैसा भा’का मान्छेको अनुहार एकाएक विग्रेसी भाइरल त बन्ने नै भयो । अब विचराले थुतुनो कसरी देखाउनु होला ? वाइवडीको सिदा खाने अरुलाई पनि स्वगत गर्नु जुत्ताको माला, कालो मोसो बोकेर हिड्या छन् रे वैधाउका कार्जेकर्ता । दह«ै स्वागत पाइने छनक देखेसी’ अहिले अरु घ्याम्पेहरु अण्डरग्राउण्ड भा’छन् रे । वाइवडीको मात्र हैन अरुपनि धेरै वडीको सिदा खानेहरु यतिबेला सिंहदरबार र वाल्वाटारतिर शरण लिएर बस्या छन् रे । लौन वैध वा आÏना कार्जेकतालाइ गौडा ढुकेर भएपनि स्वागत गर्न भनिसियोस् ।
काउछो भीम रावल
पर्धानमन्तरी भीम रावलका लागि यतिबेला नेकपाकै नेता भीम राउवल काउछो भएर निस्एिका छन् । रावल बोल्यो पर्धानमन्तरीलाई कन्याई शुरु हुन्छ । निर्मला हत्य काण्ड, टीकापुरमा आठजना जिउँदै जलाउने रेशम चौधरीको सपथ ग्रहण, ३३ केजी सुन प्रकरणमा रावलले पर्धानमन्तरीलाई कहिल्यै साथ दिएनन् । जहिल्यै पनि धोती खस्कने गरी विरोध ग¥या छन् ग¥या छन् । के मा चित्त बुझेन छ रावलाई कुँिन्न ? रावललाई राम्ररी थाहा छ अपराधीहरुले चलाको देशमा सम्मान अपराधीलाई नै गरिन्छ अपराध विरुद्ध उत्रने जोकोहीलाई तह लगाउन जल्लादहरुकै प्रयोग गरिन्छ । रावल बोलेसी विचरा पर्धानमन्तरीको मुढै खराब हुन्छ रे । आÏनै पार्टीका भित्री नि कहीँ त्यस्तो हुन्छ ? सर्कार आÏनै छ, खप्रओ आÏनै हुन् । कोठामा बसेर सट्याकसुटुक कुरो मिलाउनु नि । डंगा पिटेर केही हुँदैन क्यारे ।
मेलाम्ची तुहियो
खानेपानी मन्तरीले केही दिन अगाडि बडो फुइँ लगाएकी थिइन् मेलाम्चीको पानी पौषभित्रमा राजधानी आइपुग्छ । ढिलासुस्ती गर्नेलाई कारबाही गरिन्छ । पानी मन्तरीका कुरा पानीमा अपानवायु छोडेजस्तै भयो । अखिरी प्रचण्डाउकी बुहारी न परिन् । प्रचण्डाउ पनि आकाश पाताल एक गराउन थुतुनो चलाउने त हुन नि † ससुराको सिको बुहारीले गर्नै प¥यो । अब हेरम न मेलम्चीका ठेकेदारसँग पाँचखोका कमिशन मागेसी विचरो ठेकेदारले के गर्ने ? धोती सिउरेर ठेकेदार भागेसी मेलम्ची चुहिएको छ । पानी मन्तरीको धक्कु सानो थिएन कहिले हिमालको पानी बाहिर सप्लाई गर्छम भन्ने कहिले के भन्ने । दुर्ईदशकदेखि घसिन थालेको मेलाम्ची अहिले आएर चरपटनै नगरी थन्किनु पुग्या छ । विचरा मेलाम्चीका ठेकेदारलाई दुहुनु सम्म दुहेका रै’छन् । कुण्डले मुण्डलेले नि चन्दै माग्ने, मन्त्रालयका सचिव पनि पैसै माग्ने, मन्त्री पनि पैसै माग्ने । अनि टिएपी नगरेर विचरा के गरुन ?
विश्राम नलिने रे
अम्रिकातिर युवाहरुले देश चलाउँछन् बूढाहरुलाई पेन्सन दिन्छन् नेपालमाचाहिँ बूढाहरुले देश चलाउँछन् र युवाहरुलाई टेन्सन दिन्छन् भन्ने हो कि क्या हो । नेप्लिज लाँग्रेसका ७० नाघेका घोर्ले र बाख्रे नेताहरु प्रसस्तै छन् । अब
राजनीतिबाट सन्यास लिइदिनु प¥यो भनेर युवाहरु रोइकराई गरिरा’छन् । तर बूढाहरु ज्यान गए पनि नछोड्ने भन्दै छन् । अस्तिका दिन नेप्लिज लाँग्रेसका नेता रामचन्द्र पौड्यालले भन्या जबसम्म काँग्रेस मतबुत बन्दैन तबसम्म सन्यास लिन्न । न काँग्रेस मजबुत बनोस् न बूढाहरुले सन्यास लिनुप¥यो । क्या गज्जबको आइडिया निकाले पौडयाल बाजेले । पौड्याल बाजेको आइडियाले युवाहरु सेन्ट्रीÏयाल्ट ।
बोल्छन् कहिलेकाही“
नाम मात्रको नयाँ शक्ति पार्टीका संयोजक बाउराम बाजेले पनि कहिलेकाहीँ त राम्रै गफ गर्छन् । आखिरी नेपालका नेताहरुले गफ गर्ने त हो नि केही लछारपाटो लगाउने हैनन् । अस्तिका दिनबाजेलाई कहाँबाट फु¥यो कुन्नि निर्मला पन्तका हत्यारलाई
सरकारले नै हो भन्देछन् । संसारमा कही पनि पनि प्रहरीले मृतकको कपडा धुइदिएको इतिहास छन रे कुरो त ठीकै भने मृतकको कपडा संसारका कुनैपनि पुसिले धोइ पखाली गर्दैनन् । नेपालाँचाहिँ यस्तो हुँदो रै’छ । धोई पखाली गरेसी प्रमाण सिनित्तै हुन्छ । प्रमाण सिनित्त भएसी न अपराधी अठ्याउनु प¥यो न बयान लिनु प¥यो । आखिरी नेपालका दक्षे प्रहरी न परे । त्यति गर्दैसी ठूला बडाका छोराछोरी पनि जोगिए । खप्रओ सरकारले अनुसन्धानमा खटिएका प्रहरीलाई बर्खास्तको नाटक न ग¥या हो । रेशम चौधरीलाई त जेलबाट ल्याएर संसदमा सपथ गराउने दुई तिहाइको सरकारले निलम्बनमा परेकाहरुलाई सुनपानी छर्केर चोख्याई हाल्छ ।
कालोमोसो दल्दिए हुन्छ
नेकपा प्रवक्ता लारायनकाजीले भन्या भ्रष्टाचारीलाई कारबाही गर्न अब अख्तियार चाहिँदैन रे । भ्रष्टाचारी भेट्यो कि कार्जालयबाट बाहिर निकालेर कालोमोसो दल्दिए हुन्छ रे । कुरा त गज्जबै गरेछन् । त्यो वाइवडी खरिद काण्डमा संलग्नलाई अब कालोमोसो दल्न छुट हुने हो कि क्या हो ? तिनेरलाई जहाँ भेटे पनि कालो मोसो दल्दे हुन्छ क्यारे हैन लारायनकाजी ज्यू ? यहाँ भ्रष्टाचार गर्ने नै शक्तिशाली छन् । क–कस्का मुखाँ कालो मोसो दल्ने ? सत्तामा बस्ने, राजनीति गर्ने, कर्मचारी सबै भ्रष्ट नै छन् । कालो मोसो दल्दा दल्दा हैरान ।
फलानोचाहिँ सद्धे होला भन्नु प¥या छैन । अनुहार देख्यो कि ठँस ठँस्ती भ्रष्टाचारकै गन्ध आउँछ । कि कसो हौ ?

तपाईको प्रतिक्रिया