कवि शिरोमणि साहित्य साधना समाजद्वारा दुई साहित्कार पुरस्कृत

धरान÷पुरानो पुस्तालाई सम्मान र नयाँ पुस्तालाई प्रोत्साहन ः हाम्रो अभियान भन्ने नाराका साथ आजभन्दा ७ बर्ष अगाडि गठन भएको कवि शिरोमणि साहित्य साधना समाज धरानले यसपटक फरक धारकी साहित्यकार धनकुटाकी झमककुमारी घिमिरे र केशव सुनामलाई पुरस्कृत एवम् सम्मान गरेको छ ।


सामाजले कवि शिरोमणि लेखनाथ पौड्यालको १३५ औं जन्म जयन्तिका अवसरमा आइतबार धुलिखेल समाजको अतिथि भवनमा आयोजित कार्यक्रममा घिमिरेलाई २५ हजार नगदसहित सम्मान पत्र र कवि केशव सुनामलाई १० हजार नगद सहित सम्मान पत्र प्रदान गरेको छ । घिमिरेलाई प्रदान गरिएको सम्मान स्वरुप रु २५ हजारमा कवि शिरोमणि साहित्य साधना समाजका तर्फबाट १० हजार, टीकाप्रसाद वस्तीका तर्फबाट १० हजार र सारा थापा स्मृति प्रतिष्ठानका तर्फबाट वीरेन्द्रसिंह थापाले ५ हजार गरी २५ हजार र कवि केशव सुनामलाई प्रदान गरिएको १० हजार बराह ज्वेलर्स इण्डष्ट्रिज प्रा.लिबाट प्रदान गरिएको थियो ।
कार्यक्रमको प्रमुख अतिथिमा प्रदेश नं. १ का प्रमुख गोविन्द सुब्बाको आगमनका विषयमा आफ्नो असन्तुष्टि व्यक्त गर्दै बराहका तर्फबाट कार्यक्रममा कसले पनि उपस्थिति जनाएका थिएनन् । सो अवसरमा धरान र धरान बाहिरका गरी २ सय जना कविहरुबीच कविता प्रतियोगिता भएकोमा १७ जना छानिएका थिए । जसमध्ये चारजनाको कविताले प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएको थियो । घिमिरे र सुनामलाई सम्मान गर्नुभन्दा अगाडि धरान १६ स्थित रहेको कवि शिरोमणि लेखनाथ पौड्यालको शालिकमा माल्यार्पणसँगै नेपाली साहित्यमा उहाँले पु¥याउनु भएको योगदानको चर्चा गरिएको थियो ।
कवि शिरोमणि साहित्य साधना समाजका अध्यक्ष शिद्धिकर्ण शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रा.डा. भीम खतिवडा, प्रा.डा गोपाल भण्डारी, भरतमणि भट्टराई लगायतले बोल्नु भएको थियो भने सञ्चालन भवानी शंकर भट्टराईले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया