धरानमा रात्रीकालीन बजार असभ्भव

धरान÷ धरान उपमहानगरपालिकाले धरान १५ बगरकोटलाई नाइट लाइफ (रात्रीकालीन बजार) बनाउने अगाडि सारिरहेका बेला प्रहरी प्रशासनले भने सुरक्षामा चुनौति थपिने बताएको छ ।
अहिलेको सुरक्षा संयन्त्रले धरानको समग्र सुरक्षाई हेर्ने भएकोले बगरकोटलाई मात्र लक्षित गरी सुरक्षा संयन्त्र खटाउन नसकिने भएकोले नाइट लाइफ सञ्चालनका लागि सुरक्षा चुनौत थपिने इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक सुमन तिम्सिनाले बताउनुभयो ।
धरानको चेकपोष्ट, स्थायी प्रहरी पाष्ट लगायत इलाका प्रहरी कार्यालय गरी अहिले १ सय ४१ जना दरबन्दी
रहेको बताउदै यो मेन पावरले धरानको अति संवेदनशील क्षेत्र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पुतली बजार, जिरो प्वाइन्ट, चिण्डे डाडा, निशान डाडा, एकान्त ठाउका पार्कहरु र धार्मिक स्थलहरुको सुरक्षा हेर्नुपर्ने भएकोले पनि यही मेनपावरले तिम्सिनाले बताउनुभयो । उहाले भन्नुभयो ‘धरान र इटहरी दुवै उपमहानगरपालिका हो, तर धरानमा इटहरी भन्दा २९ जना कम छन । त्यसमा पनि छुट्टै ठाउलाई भनेर सुरक्षा संयन्त्र खटाउन मुस्किल छ ।’
बगरकोटलाई रात्रीकालीन बजार सञ्चालन गर्न स्थानीय तहबाट नै नगरप्रहरी थप गरी थप जनशक्ति तयार गरेर नेपाल प्रहरीसंग समन्वय गरेमा सम्भव हुने डिएसपी तिम्सिनाले बताउनुभयो । उहाल ‘स्थानीय तहबाट नगर प्रहरीको म्यान पावर थपेर प्रहरीको सहकार्यमा सुरक्षा प्रबन्ध मिलायो भने त्यो सम्भव हुने बताउनुभयो ।
उहाले बगरकोट अन्य स्थानको भन्दा सुरक्षाको दृष्टिकोणले चुनौति रहेको पनि प्रष्ट पार्नुभयो । उहाले सबै होटल व्यवसायीहरुलाई राति ११ बजे सम्ममा सबै होटलहरु बन्द गराउन होटल व्यवसायीहरुलाई आग्रह समेत गर्नुभयो । अबेरसम्म होटल सञ्चालन हुदा ठूलो दुर्घटना हुन सक्ने बताउदै शान्ति सुरक्षा कायम राख्न प्रहरीलाई सहयोग गर्न उहाले आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया