गणतन्त्र नेपालको राजनैतिक दलका नेता, सांसद, मन्त्री, मातहतका कार्यालय प्रमुख, पहुँचवालाहरुको पोल्टा भर्ने माध्यममात्र भएको छ ।
पछिल्ला दिनमा गणतन्त्र नेपाली राजनीतिमा ह्वास्सै गन्हाउन थालेको छ । नेपाली जनतामा गणतन्त्र सुभाषमय होला भन्ने अपेक्षा थियो तर ठीक उल्टो भएको छ । यसको प्रमुख कारण मुलुकले सही नेतृत्व नपाउनु नै हो । कुनैपनि व्यवस्था आफैमा खराब हुँदैन तर त्यसलाई कार्यान्वयन गर्ने खराब भइदिँदा व्यवस्था परिवर्तनले मात्र मुलुकको किास र नागरिकका समृद्धि एकादेशको कथा बन्न पुग्छ ।
नेतृत्वको नालायकीपन र सत्ता सञ्चालकको अदुरदर्शीताले वास्तवमै गणतन्त्र अफापसिद्ध प्रमाणत हुन थालेको छ । यति बर्ष जेल बसेको, यतिबर्ष जनयुद्ध लडेको भन्ने धक्कु लगाएर जनतामा हावादारी आश्वासन बाँडेर सत्तासीन भएको वर्तमान सरकार सम्भवत ः इतिकासमै निकम्बा सावित भएको छ । जेल जीवन र जनयुद्धका कथा भँजाएर अब पुग्नेवाला छैन । तत्कालीन अवस्थामा जे जस्ता कारणले ती जेल बसे, तथित जनयुद्धका नाममा जो जति निअपराध, निहत्था व्यक्तिको हत्या भयो, भौतिक संरचना ध्वस्त पारियो त्यो अपराध थियो । सहनशीलता भएका नेपाली जनताले उनीहरुका अपराधप्रति आँखा चिम्लेर सत्ताको साँचो सुम्पिए । चोरलाई साँचो दिँदा चोरीमा कमी आउने अपेक्षा नेपाली जनतामा थियो ।
तर समय चक्र यसरी अगाडि बढ्यो चोरीमा कमी आएन झन झन बढ्यो । जनतबाटै मत लिएर जनतामाथि नै घोडा चढ्ने प्रवृति हावी भयो । लाज सरम पचाएर हिजोका शासकलाई माथ गर्ने गरी कथित अपराधिक इतिहास भएकाहरुले आज राज्य स्रोतको यसरी दोहन गरेका छन् न त हिजो कसैले गरेका थिए नत भोलि कसैले गर्लान् । वर्तमान केपी ओली सरकारका २४ जना मन्त्री मध्ये २३ जनाले इन्धनमा मात्र दोहोरो सुविधा लिएको, आÏनै खल्तीमा हाल्ने गरेको, महँगा गाडीहरुको सुविधा लिने गरेको जस्ता प्रसंग एकपछि अर्को गरेर बाहिर आउन थालेपछि नेपाली जनताको नजरमा सबै घृणाका पात्र बन्दै गएका छन् । झण्डै एक बर्षद ेखि राज्यको ढुकुटीबाट पनि तेलको सुविधा लिने र आÏनै मन्त्रालय र मातहतका कार्यालयबाट समेत तेल (इन्धन )वापतको रकम बुझ्ने चरित्रले मन्त्रीहरु सर्वाङ्ग नांगिएका छन् ।
यतिमात्र होइन राजधानीमा आलिशान भवन भएका र आÏनै घरमा बस्दै आएका मन्त्री सांसदहरुले समेत घर बहाल रकम बुझ्दै आएका छन् । यसमा आफूलाई बडो आदर्शवादी बताउने पूर्व सभामुख सुभाषचन्द्र नेम्बाङ्गदेखि लिएर वर्तमान सभामुख कृष्णबहादुर
महरासम्म रहेका छन् । अर्थात एउटै प्रयोजनका लागि दोहोरो तेहोरो सुविधा लिएको प्रति तिनलाई अलिकति पनि ग्लानी देखिएन । उल्टै आफ्नो बैंक खातामा रकम जम्मा भएको, त्यो तेल कस्ले हालिदियो आफूहरुलाइ थाहा नभएको प्रतिक्रिया दिँर्दै हिडेको पाइयो । के जनप्रंतिनिधिको चरित्र यस्तै हुन्छ ? पाउने भन्दा बढी रकम आÏनो बैंक खातामा कहँबाट आयो भन्ने कुरामा यिनले सामान्य चासो समेत
राखेको पाइएन । गणतन्त्रको उपलब्धी यो मुलुकको नियति नै लुटिनु हो । नेपाली जनता पराई एवम् वाह्य जगतबाट लुटिएको छैन । विभिन्न भेषमा यहीकै राजनैतिक दल, सरकारबाट लुटिएको छ भन्ने अन्यथा हुँदैन । वर्तमान अवस्थमा रहेका दलका नेताहरुको वैभव र विगतको अवस्थालाई तुलना गर्दा आकाश जमीनको फरक छ । आखिरी अहिलेको वैभव कसरी प्राप्त भयो ? न तिनले जीवनमा अर्थोपार्जनका लागि कुनै व्यवसाय गरे, न तिनका पैतृक सम्पत्ति प्रशस्त थियो न तिनले कही जागिर खाए । तर पनि तिनका वैभव अपत्यारिलो छ । नेपाल भन्दा पछि परेका देशहरु आज विकसित
राष्ट्रमा परिणत भइसकेका छन् तर नेपाल दातृ निकायको अनुहार टिठलाग्दो ढंगले नियाल्नमै सीमित छ । यथार्थमा भन्ने हो भने केवल व्यवस्था परिवर्तनकालागि मात्र सडकमा ढुंगा हान्न सक्षम भयौै बाँकी कुरामा दृष्टि पु¥याउनु पर्ने वर्गले दृष्टि पु¥याइ दिएनन् ।

