धरान÷पूर्व जुनियर पायनोर विद्यार्थी संगठनले प्रथम छात्र छात्रा विद्यालय स्तरिय बास्केटवल प्रतियोगिताको आयोजना गर्ने भएको छ । धरान उपमहानगरपालिका भित्रका विद्यालयहरु मात्र सहभागिता हुन पाउने प्रतियोगिता माघ ३ गते देखि सुरु हुने सोमवार पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले जानकारी गराए ।
बास्केटवल खेलाडी उत्पादनमा सहयोग प¥याउने उद्धश्यले विद्यालयलाई लक्षित गरि प्रतियोगिताको आयोजना गर्न लागेको प्रतियोगिताका संयोजक तथा जुनियर पायनोर पुर्व विद्यार्थी संगठन सदस्य समेत रहेका चिरन्जीवि गिरिले बताउनुभयो । प्रतियोगितामा छात्र १४ र छात्रा १४ टिमको सहभागिता रहनेछ । प्रतियोगिता धरान १९ स्थित हरियाली सामुदायीक वनमा रहेको बास्केटवल कोर्टमा सम्पन्न हुनेछ । प्रतियोगिता आयोजनामा जिल्ला बास्केटवल संघ, सुनसरी र धरान बास्केटवल संघ, धरानको विशेष सहयोग रहने पूर्वाञ्चल बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राईले बताउनुभयो । धरानमा अहिले दर्जन भन्दा वढि खेलाडिहरुले विद्यालयमा प्रशिक्षकको रुपमा काम गरिरहेको छ भने दर्जन भन्दा वढि खेलाडि विद्यार्थीहरुले छात्रवृत्तिमा अध्ययन समेत गरिरहेको छ । खेलाडी उत्पादनको स्रोतको रुपमा रहेको विद्यालय स्तरिय प्रतियोगिताको आयोजनाले बास्केटवल खेलाडि उत्पादन संगै व्यवसायिक वन्नमा मद्धत पुग्ने चाम्लिङले बताउनुभयो । प्रतियोगिता आयोजनाको लागि अनुमानित वजेट १ लाख २० हजार रुपैया रहेको
छ । स्वदेश र विदेशमा वस्ने जुनियर पायनोर पुर्व विद्यार्थी, संघ संस्था लागायत वाट प्रतियोगिताको लागि आर्थिक संकलन गरिने संयोजक
गिरिले जानकारी दिनुभयो ।

