सातो खाइदेछन्
उट्पट्याङ गफ जोतेर जोकरहरुलाई पनि फिक्का बनाइदेका पर्धानमन्तरी खप्रओको अस्तिका दिन वाउदेउ र घनश्याम भुसालले सातै उडाइदेछन् । अरुलाई गफ देको जस्तै सम्झेर बाउदेउ र भुसाललाई पनि गफ दिने हुँदा विचरा खप्रओको कन्तविजोग नै भे’छ । उहिताकी बुहारी घ्यू घटमास खाएकी । निर्वाचन हारेर वल्लो घाट न पल्लो तिरका भएका बाउदेउले खप्रओलाई उल्लीविल्ली बनाएछन् । गौतमले उठाएका कुरालाई छवि नै नभएका छविलाल प्रचण्डाउ बन्या र तुक्का जोडेरै पर्धानमन्तरी र अध्येक्षे पड्काएका खप्रओ त वाल्लै
परेछन् । पार्टीमा उठाएका कुरामा मजाक गर्ने ? मलाई व्यंग्य गर्ने भन्दै वाउदेउ उफ्री नसक्दै भुषालले पनि गज्ज्बैले थर्काएछ् । थुक, रगत, खकार, बीर्य टेष्ट गरेर मेरो गुटको हो कि होइन भनेर छुट्याउने ? खप्रओ गुटको मात्र नेता हो भने त्यस्ता अध्येक्षेलाई मान्दिन । हुती भए कारबाही गरेर
देखाउ सम्म पो भन्देछन् । पछि ओलीका नन्दीभृंगीहरुले थामथुम पारेछन् । हुन त नेक्पा भन्या दूध र मोही मिसिएर बनेको सड्दै गएको र गुही गन्ध आउन थाल्या पार्टी बन्दै गएको भन्छन् । हो कि क्या हो ? नत्र बाउदेउ र भुषालले त्यति साह«ो त भन्नु नपर्ने हो ।
लारायनकाजीको पड्काई
गुही गन्धीको सुभाष आउँदै गरेको पार्टीका प्रवक्ता लारायनकाजी पनि कहिलेकाहँी गज्जबैले पड्कदा रै’छन् । अस्तिका दिन उन्लाई के सनक चल्यो कुन्नि सरकार र पार्टी दलाल, पूँजीपतिले चलाउछन् भनेर प्वाक्कै बोल्देछन् । उन्को कुरा सुनेर घण्टाघर त एक दिन अलमलमा प¥यो । लारायन काजीले त्यस्तो के बोल्या होलान् भनेर । केही कुछ नभई त्यसै बोल्या त पक्कै हैनन् होला ? बोलीको राजमा बलात्कारी र हत्यारा बत्ती बालेर खोजेपनि भेटिदैनन् भ्रष्टाचारीले ग्वाम कि ग्वाम बजाएका छन् । सुन मालिककहरुाई फूल माला लगाएर रिहा गरिन्छ, ओली ब्राण्डको वाइनमा मुन पुत्रीको मिठासमा मन्त्रीहरु झुमेका छन् । हैन लारान काजीले ठीकै भन्या हो कि क्या हो । सरकार त ओली र छविलाल दुवैले चलाएको होइनन् जस्तो छ । लारायन काजीले भन्या कुरा सोह«ैआना जायज हो जस्तो पो छ ।
इन्धनको माल गोजीमा
भोलि के हो कसो हो ? फेरि निर्वाचन जितेर सत्तामा पुगिएला नपुगिएला । अहिल्यै यसो लामा हात नगर्ने हो भने भोलि आÏना सात पुस्तासम्म नाप्लान भन्ने के ग्यारेन्टी । त्यै भे’र यतिबेला नेपालका मन्तरीहरु अक्टोपस जस्तै चारैतिरबाट आÏना लागि सोहोर्ने धन्दामा लाग्या छन् । सोहोर्ने पनि गति छडेरै चाहिँ अलि भएन । सोहोर्ने धन्दोमा साइकल मन्त्रीदेखि संसदका थुतुनेसम्म लाग्या छन् रे । अब हेरम न राज्येको इन्धनबापत ड्याम्मै खर्च दिँदो रै’छ । तर खप्रओका २३ जना मन्तरीहरु मन्त्रालय र सम्बन्धित माने मातहतका कार्जालयबाट तेल हालेर मन्त्रालयको पैसा दागै नलगाई गोजीमा घुसार्दा रै’छन् । आम्मामा आइडिया पनि कस्तो कस्तो हौ ? इन्धनमा त दोहोरो माल पड्काउँदा रै’छन् । हुन यिन्ले दोहोरो मात्र हैन् तेहोरो, चौबरो सम्मकै फाइदा लिन्छन् । आखिरी मन्तरी न
परे । ठोक्न मादल ठोक मौका परे बोक भन्या यही हो ।
कसले भन्छ विकास भएन ?
नेपालका केही उल्लुहरुको कुरा सुन्दा घण्टाघरलाई त्यसै त्यसै जंग चलेर आउँछ । आफ्नै टोड्का अगाडि कत्रा कत्रा काम भा’छ तर पनि केही भा’छैन भनेर एकथरि उल्लुहरु किन उफ्रिएका होलान् ? कुनचाहिँ उल्लुले भन्या हँ देशको विकास र प्रगति भा’छैन भनेर ? २०४८ सालको संसदीय चुनाउमा जितेसी’ हाम्रा मन्तरीहरु विचरा चप्पल लगाएर काठमाण्डौ पुग्या थे । उन्को पहिलेको अवस्था र अहिलेको अवस्था केलाउँदा पनि थाहा हुन्छ । २०४६ सालमा राष्ट्रपति विद्या भण्डारीको अवस्था र अहिलेको अवस्था केलाउँदा पनि थाहा हुन्छ । प्रचण्डाउ, बर्षमान, ओमसरी, कृष्ण महराको प्रगति र विकासले २१ औ शताब्दीलाई माथ गरिसक्या छ । उनेरले क्रान्तिकराी छलाङ्ग मारिसक्या छन् । बहुदलीय जनवाद र महान जनयुद्धको Ïयुजनबाट प्रतिपादित नयाँ क्रान्तिकारी दर्शनको अध्ययन नै नगरी हावामा विकास भएन, पं्रगति भएन भनेर फलाक्ने स्वाँठेहरुमत्र हुन् । देशको किास र प्रगतिको कुरा गर्नेहरु त मूर्ख मात्र हुन् । आÏनो विकास नगरी कसैले देशको विकास
गर्छ ? अबुझहरु †
के खुशीमा नाच्या त ?
केही दिन अगाडि पूर्व राजा ज्ञानेन्द्र साह आफ्नो पारिवारिक जमघटम यसो हात उठाएर नाचेछन् । ज्ञानेन्द्र नाच्दा प्रचण्डाउलाई कम्ता डाह भएन । डाह हुनु पनि स्वभाविक हो । ज्ञानेन्द्र के खुशीमा नाचेको, किन नाचेको भनेर तिन्ले दुई चार जना खैजडी सञ्चारकर्मी भेला पारेर फलाकेछन् । नाच्ने,गाउने सबै काम त प्रचण्डाउकै हो । प्रचण्डाउले बानेश्वरको सडकमा रेखा थापासँग छमछम्ती नाचेको कम्ता सुहाएको थिएन ? फाटेको हाफपेन्ट लगाएर रेखाले नाच्दा पचण्डाउले फन्को मारेको कस्ले बिर्सेको छ र ? आफू एकसे एक हिरोइनहरुसँग नाच्न सक्षम हुँदाहुँदै ज्ञानेन्द्र साहले नाचेको देख्दा प्रचण्डाउको मन कटक्क नखाने कुरै हुँदैन । कमसेकम पारिवारिक जमघटमा नाच्दा म नाचु की ननाचु भनेर प्रचण्डाउलई सोधिदिएको भए हुन्थ्यो पूर्व राजाले । नसोधी नाचिदिए । त्यही नेर गल्ति भएछ ।
नानीभन्दा आची ठूलो
हाम्रा पर्धानमन्तरी खप्रओको चालामाला देख्दा घण्टाघरलाई आजकल उदेक लाग्न थाल्या छ । हैन है सनकै
भरमा काम गर्छन् कि हनुमानले दिएको सल्लाहमा गर्छन् पत्तै पाउन मुस्किल परिसक्या छ । अब हेरम न नेपालाँ भारु एक सयदेखि माथिका नोटमा नि पर्तिबन्ध लगाइद्या भे पनि हुन्थ्यो । अर्काको देशको नोटमा पर्तिबन्ध लगाएर ठूलै युद्ध जिते झै ग¥या छन् हाम्रा पर्धानमन्तरीले । पर्तिबन्ध लगाए नि भारुको ५ सय, १ हजार, २ हजारको नोट खुइँ खुइँ चलेकै छन् । बरु आÏनै देशको ५ सय, १ हजारका नोटमा पर्तिबन्ध लगाएका भए जन्ताले वाह † वाह † गर्ने थिए । तस्कर, भ्रष्ट, सचिव, मन्त्री व्यापारीको घराँ ५ सय र १ हजारका नोट
बोरामा खादेर राख्या छन् । कमसेकम कालो धन कोसँग बढी छ भन्ने कुरा छ जन्ताले थाहा पाउथे ? उँदो बगाएर उँभो खोज्न जानुजस्तो के ताइन तुईको निर्नय ग¥या होला ?
मुखमा हान्नु जस्तो
नेपालका नेता र मन्तरीले झुट बोलेको अब नेपाली जन्तालाई सामान्य जस्तै लाग्न थाल्या छ । सद्धे कुरा कहिल्यै गर्ने होइनन । सद्धे कुरा गरे पनि अब त झुट बोलेकै जस्तो लाग्न थाल्या छ । दुई तिहाई वहुमतको सरकारले झुटो नबोल्या कि भन्ने लाग्या थ्यो । नहुँदो रै’छ । लागेको बानी कहाँ जाँदो रै’छ र ? अब हेरम न निर्मला पन्तको हत्या र बलात्कारको आरोपमा रक्षेमन्त्री ईश्वर पोख्रेलले हत्यारा पत्ता लागिसक्यो भनेर कम्ता फुकेनन् । प्रहरी
महानिरीक्षकले आफै बयान लिएका रे भनेर कम्ता पर्चार गरिएन । कुखुरा चोर भाङ्ग धतुरो खानेलाई धम्की दिएर हत्यारा र बलात्कारी बनाउन खोज्या थे त्यही पनि गेल भैस पाइनमे पर्रुसहित भएछ । अब कस्लाई अँठ्याउलान् ? अब बाख्रा चोर, पकेटमार, तासे, जुवाडेलाई अँठ्याएर अर्को नाटक मञ्चन गर्लान् । थुइक्क भातमारा हो ?
अन्तेमा
हाम्री राष्ट्रपति विद्या भण्डारीलाई अस्तिका दिन साह«ै चित्त दुखेछ । सामाजिक सञ्जालले पितृ बुझाउने गरी विचरीका बारेमा तथानाम लेखेपछि उन्ले चित्त दुखाएकी रे । साइकल चढने हैसियत नभाकी
राष्ट्रपतिलाई खप्रअेले हेलिकोप्टर किन्दिए, प्रहरी प्रतिष्ठानको भवन, जग्गा हड्पेर हेलिप्याड बनाइदिने रे, के के हो के के । यतिमात्र नभएर अरु पनि थुप्रै लेख्या छन् । यसले राष्ट्रपतिको चरित्र हत्या भयो, मेरो चरित्र हत्या गर्दा नि आÏनै दलका मन्त्री सांसदले बोल्देनन् भनेर विचरीले चित्त दुखाइछन् । हैन हौ जस्को चरित्र हुन्छ उस्को पो चरित्र हत्या हुन्छ त । राष्ट्रपतिले के भन्या होला ? ढुक्कसँग बस्नु नि † जे जे दिन्छन् खप्रअोबाले खुतुखुतु लिनु नि । ट्याउँ ट्याउँ बोलेर किन जग हँसाउनु ? खै कुरा बुझ्या ?

