खेम अधिकारी
राजधानी÷मंसिर २८ गते देखि शुरु भएको नेपाली काँग्रेसको महासमिति वैठक पार्टी सुदृढिकरण, राजनैतिक मुद्दा, सांगठनिक संरचना, पार्टीभित्रको निर्वाचन पद्धति, पदाधकारी मनोनयनको मापदण्ड, विधानमा समायानुकूल परिवर्तन आदिमा भन्दा पनि नेतृत्व आÏनो गुट, उपगुट जोगाउनमै व्यस्त देखिए ।
बल्ल बल्ल उन्यू फुल्यो गुएँलाको गन्ध भनेझै महासमिति बैठकले पार्टीलाई नयाँ दिशा दिनेछ भनेर मुलुकभरिबाट काठमाण्डौ पुगेका महासमितिका सदस्यहरुले अफूहरुलाई तालीमात्र पिट्न बोलाइएको भन्दै नेतृत्वप्रति आक्रोस पोखेका छन् । महासमितिको बैठकबाट गाउँ तथा जिल्ला फर्किदा के सन्देश लिएर जाने भन्ने कुरामा उनीहरु अन्यौल देखिएका छन् ।
उद्घाटनका क्रममा नेतृत्व बीचमा कुनै मतभेद नरहेको सन्देश दिन पार्टीका प्रभावशाली नेता तथा उपसभापति विजयकुमार गच्छदारले पार्टी सभापति शेरबहादुर देउवा र
बरिष्ठ नेता रामचन्द्र पौड्याललाई हामी मिलेक छौं भन्ने सन्देश दिन उठेर हात हल्लाउन लगाएका थिए । उनीहरुले पनि त्यसै गरे तर त्यो सन्देश उद्घाटन सत्रभरि मात्र रहयो । उनीहरु आÏनै गुटको मलजलमा लागि हाले । गुट उपगुटलाई लिएर कोठे बैठकमा व्यस्त भए । त्यसले कार्यकर्तालाई थप निराश बनायो । महासमितिको बैठकमा युवा नेतृत्वहरु समेत सशक्त रुपमा अगाडि आउन सकेनन् । विश्वसप्रंकाश शर्मा, गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ्ग, गुरु घिमिरे लगायतका युवा नेतृत्वले कुनै चमत्कारिक योजनाहरु पस्कन सकेनन् । अब पुराना पुस्ताले विश्राम लिनुपर्छ भन्ने बाहेक आगामी दिनमा पार्टीलाई हाक्ने योजना उनीहरुसँग सून्य देखियो ।
धर्म निरपेक्षता हँटाउने अभियान
नेपाली काँग्रेसको महासमिति बैठकमा हिन्दु धर्मको बहसले इन्ट्री पाएको छ । परापूर्वकालदेखि विश्वको एकमात्र हिन्दू राष्ट्रका रुपमा रहेको नेपाललाई तत्कालीन अवस्थामा बाह्य प्रभावका कारण काँग्रेसले पनि धर्म निरपेक्षतामा सहमति जनाए तापनि हाल आएर उक्त कदम र निर्णय गलत थियो भन्दै पार्टीले हिन्दु धर्मलाई आत्मसात गर्नुपर्ने अधिकांश महासमिति सदस्यहरुले आफनो मत जाहेर गरेका छन् ।
नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाले हिन्दु धर्मको बहस महासमितिको बैठकमा इन्ट्री गराउनु भएको हो । महासमितिको बैठक अगावै उहाँले देशका विभिन्न स्थानमा भएका पार्टीका कार्यक्रमहरुमा हिन्दु धर्मका पक्षमा बोल्र्दैै आउनु भएको थियो । नेपाली काँग्रेसले हिन्दु धर्मलाई संविधानमै राख्नुपर्ने, काँग्रेसले हिन्दु धर्मको एजेन्डा बोकेर हिड्नुपर्ने, हिन्दु धर्मका लागि जनमत संग्रह गरिनुपर्ने धारणा महामन्त्री कोइरालाले राख्दै आउनु भएको थियो ।
हिन्दु धमकै पक्षमा वहुमत नेपाली काँग्रेस महासमिति सदस्यहरुले नेतृृत्वलाई दबाब दिन लभिङ्ग शुरु गरेका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी, पूर्व मन्त्री लक्ष्मण घिमिरे, शंकर पाण्डे, शुक्रराज शर्मा, लोकेश ढकाल लगायतका प्रभावशाली युवा नेताहरुले यसको अभियानलाई तिब्र बनाएका छन् । महासमिति बैठक स्थल प्रवेश द्वारमै हिन्दु धर्मका पक्षमा हस्ताक्षर अभियान समेत सञ्चालन गरिएको
थियो । आइतबार सम्ममा एक हजार भन्दा बढी महासमिति सदस्यहरुले नेपाललाई हिन्दु राज्य कायम गरिनुपर्ने पक्षका हस्ताक्षर गरिसकेका छन् । तर नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले सो अभियानप्रति असहमति जनाउदै राप्रपाको उदाहरण दिएका थिए । राप्रपाले हिन्दु धर्म बोकेर हिडे तापनि निर्वाचन किन मुसो भयो भनेर उनीहरुले विरोध जनाएका थिए ।
निर्वाचन प्रक्रियामा अन्यौल
नेपाली काँग्रेसको महासमिति बैठकमा गुट उपगुटमा विभाजिन नेताहरु तिनै गुट र उपगुटको प्रभावमा परेका छन् । मंसिर २८ गतेबाट शुरु भएको बैठकको मुख्य एजेन्डा बनेको पदाधिकारी चयन प्रक्रिया अनिर्णयको बन्दी जस्तो भएको छ ।
सबै पदाधकारीको निर्वाचन गर्ने कि मनोनयन कोटाबाट पनि छुट्याउने भन्ने कुरामा नेतृत्वमा विवाद देखियो । बैठक शुरु भएको तेस्रो दिन पनि पार्टीको विधान मस्यौदा प्रस्तुुत गर्न नेतृत्वले नसकेपछि सहभागी महासमिति सदस्यहरु आक्रोसित बनेका थिए । नियमत महासमिति बैठक शुरु हुनासाथ सहभागी सदस्यहरुलाई एकएक प्रति उपलब्ध गराउनुपथ्र्याे । महासमिति बैठकको मुख्य एजेन्डा नै संघीय संरचना अनुसार पार्टीको विधान परिमार्जन तथा संसोधन गर्नु हो । महासमिति बैठकमा यो कुराले प्रवेश नै नपाई संस्थापन पक्षले सिंहदबारको संसदीय दलको कार्यालयमा केन्द्रीय समितिको बैठक सोमबार बोलाएपछि सदस्यहरु नेतृत्वको आलोचना गर्दै आक्रोसित भएका थिए ।
इतर पक्षको धारणा निर्वाचन
महासमितिको बैठकमा संस्थापन पक्ष (शेरबहादुर देउवा) र इतर पक्ष (रामचन्द्र पौड्याल) बीचकै असहमति र रस्साकस्सीले महासमिति बैठक तोकिएको समय भन्दा केही दिन लम्बिने देखिएको छ ।
पौड्याल पक्षबाट सहमति जुटाउनका लागि वार्ताको संयोजक जस्तै बनेका नेता अर्जुन नरसिंह केसी सबै पदाधिकारी निर्वाचन प्रक्रियाबाटै आउनुपर्ने अडानमा हुनुहुन्छ भने संस्थापन पक्ष यो कुरा मान्न तयार देखिदैन । संस्थापन पक्षले मनोनित पदाधिकारी भनिए तापनि केन्द्रीय कार्य समितिबाट निर्वाचित भएर आउने भएकोले त्यसलाई निर्वाचनकै फरक मोडलको रुपमा लिनुपर्ने अडान राखेको छ ।

