पूर्वाञ्चल इन्जिनियरि· क्याम्पसका विद्यार्थीद्वारा नया प्रविधिको प्रदर्शन

धरान÷ विद्यार्थीहरुको वृत्ति विकासमा सहयोग पुगोस भन्ने उद्देश्यले प्रत्येक बर्ष आयोजना हुदै आएको प्रोजेक्ट प्रदर्शनी पूर्वाञ्चल इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले यस बर्ष पनि प्रदर्शनी गरेका छन ।
क्याम्पसमा अध्यनरत ७ वटा फ्याकल्टीका विद्यार्थीहरुले आ–आफ्नो फ्याकल्टवाइन आफूले आविस्कार गरेका कुराहरुलाई प्रदर्शनीमा राखेका हुन् ।
धरान ८ क्याम्पसकै हाताभित्र आयोजना गरिएको प्रदर्शनीमा क्याम्पसमा अध्यनरत आर्केटेचर, सभिल इन्जिनियरिङ्ग , इलेक्ट्रीकल, इलेक्टूोनिक्स एण्ड कम्युनिटी, कम्प्युटर, मेकानिकल र एग्रकल्चर फ्याकल्टीमा अध्ययनरत विद्यार्थीले आ आफ्नो क्षेत्रका अत्याधुनिक प्रोजेक्टहरु प्रदर्शन गरिएको हो ।
इन्जिनियरिङ्ग कलेजमा अध्ययनरत सात वटा फेकल्टीले बनाएका प्राजेक्ट प्रदर्शन गराउने तथा पहिलो बर्षमा अध्यनरत विद्यार्थीहरुले भने पेपरमा आफ्नो कन्सेप्ट लेख्न लगाउने र विजतालाई पुरस्कारको घोषणा गरिने कार्यक्रम रहेको फोर्सका केन्द्रीय सचिव बद्री कार्कीले बताउनुभयो । प्रदर्शनसीसंगै उनीहरुले हाउजिङ्ग समेत खेलाएका छन् । हाउसिजबाट उठेको रकममाध्ये ५ हजार रुपैया बराबरको सडक बालबालिकालाई न्यानो लुगा वितरण गर्ने सचिव कार्कीले बताउनुभयो ।
प्रथम बर्षका उतारेका कन्सेफ्टमध्ये उत्कृष्ट कन्सेफ्टलाई रियल प्रोजेक्टमा उतार्न सम्पूर्ण फन्डिन गर्ने् र पुरस्कृत गरिएको सचिव कार्कीले बताउनुभयो । बर्षेनी हुने यस्ता कार्यक्रमले आफूहरुको क्षमतालाई अभिवृद्धि गर्न सहयोग पुगेको इलेक्ट्रीेकल दोस्रो बर्षमा अध्ययनरत विद्यार्थी सविन बस्नेतले बताउनुभयो । अहिले नेपालमा सडक बत्तीको दुरुपयोग बढेको बताउदै आफूले प्रदर्शन गरेको यो प्रविधिले अनावश्यक यस्ता बत्तीको नियन्त्रण गर्ने बताउनुभयो । उहाले यसमा सडकमा गाडी दौडिदा बत्ती बल्ने र सवारी साधन कटिसकेपछि आफै बत्ति निभ्नेदेखि लिएर ट्यांकीमा मोटरमार्फत पानी तान्दा भरिएपछि आफै बन्द हुने प्रविधि बनाएको बताउनुभयों ।

 

तपाईको प्रतिक्रिया