धरान÷किराँत राई यायोख्खा जिल्ला कार्यसमिति सुनसरीको शनिवार सम्पन्न आठौ जिल्ला अधिवेशनले बलराम राईलाई आगामी तीन बर्षे कार्यकालका लागि निर्विरोध अध्यक्षमा निर्वाचित
गरेको छ ।
धरान १० स्थित किरात राई यायोख्खाको सभा भवनका सम्पन्न अधिवेशनमा जिल्लाका १ सय १६ प्रतिनिधिहरुको सहभागिता रहेको थियो । जिल्लाका २७ वटा प्रारम्भिक कमिटीबाट दुइ÷दुई जनाका दरले ५४ जना, दुइवटा उपमहानगरपालिकबाट १०÷१० जना, ६ वटा भातृ संस्थाबाट दुई दुई जनाको दरले १२ जना, जिल्ला कार्यसमितिका आजीवन सदस्यबाट १५ जना र जिल्ला कार्यसमितिबाट २३ जना गरी कुल १ सय ४९ जना मतदाता भए पनि मतदानमा १ सय १६ जनाले मात्र मतदान गरेका थिए ।
नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा नरेश चन्द्र राईले ८५, हिन्दुहाङ्ग राईले ६७ र रेवत रमण राईले ६२ मत प्राप्त गर्नुभएको थियो । दुई जना उपाध्यक्ष रहने यायोखको विधान बमोजिम हिन्दुुहाङ्ग राई र नगेशचन्द राईलाई निर्वाचत घोषित गरिएको थियो । यसैगरी सचिवमा राजेन्द्र राई निर्विरोध निर्वाचित हुनु भएको थियो भने सह–सचिवमा नविन राई, चन्द्रकला राई, शम्भु पृथक राई,निर्वाचित हुनु भएको थियो । यसैगरी कोषाध्यक्षमा सुनिता राई, सह–कोषाध्यक्षमा उपेन्द्र चाम्लिङ्ग राई निर्वाचित हुनुभएको नव निर्वाचित सचिव राजेन्द्र राईले जानकारी दिनुभयो । यसैगरी सदस्यहरुमा रमेश राई, झुमा राई, सत्येन्द्र राई, मेनुका राई, केशव राई, इन्दिरा राई, चन्द्र वान्तवा राई, यलमहाङ्ग राई, अमितकुमार राई, प्रदीप राई, चन्द्रकुमार राई, दुर्गाकुमारी राई, नन्दकुमारी राई, सविता राई, नुनिहाङ्ग राई, गोपाल राई निर्वाचित हुनु भएको छ ।
