कालापानी मेला आगामी पौषको दोस्रो साताबाट

धरान÷आफ्नो ठाउको प्रचारप्रसार गर्नकै लागि पछिल्लो समय मेला तथा महोत्सव लगाउने चलन बढ्दै गएको छ ।
आफ्नो ठाउको सांस्कृतिक पहिचान, धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गरी पर्यटकीय गन्तव्य स्थल निर्माणका लागि यस्ता महोत्सव तथा मेलाको आयोजन गर्ने गरिएको छ ।
यसै अवसरमा स्थानीय स्तरका धार्मिक पर्यटकीय स्थलको प्रचारप्रसारसँगै साँस्कृतिक परम्परालाई जीवन्तता राख्न केराबारी गाउपालिकाको कालापानीमा आगामी पुष १५ देखि २१ गतेसम्म कालापानी धार्मिक तथा सांस्कृतिक मेलाको आयोजना गरिने भएको ।
२५ बर्ष पछि लाग्न लागेको सो मेला विगतमा पौषे मैलाको लगाइने गरिएको थियो । तर देशको संक्रमणकालीन अवस्था, द्वन्द्वकालीन अवस्थालाई मध्यनजर गरी २०५१ सालदेखि पौषे मेला बन्द भएको थियो अहिले यसैलाई परिस्किृत गरेर प्रत्येक बर्ष उत्सवकै रुपमा मनाउन लागिएको मेला आयोजक समितिका संयोजक प्रकाश श्रेष्ठले बताउनुभयो ।
सुनसरी, मोरङ र धनकुटाको संगम स्थलको रुपमा परिचित साविक याङशिला गाविस हाल केराबारी गाउपालिका वडा नंं ६ कालापानीमा मधेशका फाटलाई दृश्यावलोकन गर्न सकिने टाकुरे डाडा, दुम्सेढुंगा, जगरे डाडा, तोपथुम्का, याङशिलाका साथै बाह्रै महिना हुस्सेले ढाक्ने चिउरी भन्ज्याङ जस्ता आकर्षक स्थलका साथै आदिवासी जनजातिको वाहुल्यता रहको यस ठाउको ढोलनाच, हुर्रा नाच, साकेला नाच, सेलो नाच लगायतका सांस्कृतिक पहिचान झल्काउने परम्परागत नाचहरुका प्रचारप्रसार स्वरुप मेला आयोजना गर्न लागिएको मेला आयाजक समितिका संयोजक श्रेष्ठले बताउनुभयो ।
देशका संक्रमण अवस्था, द्वन्द्वकालीन समयका कारण असुरक्षाको महसुस गर्दै रोकिएको मेलालाई धार्मिक र साँस्कृतिक महत्व झल्काउन संस्थागत गर्दै लान महोत्सवको आयोजना गरिएको केराबारी गाउपालिका वडा नंं ६ कालापानीका वडाअध्यक्ष उपेन्द्र लुंगेली मगरले बताउनुभयो ।
मेलामा राष्टिूय तथा स्थानीय कलाकारका प्रस्तुतिसँगै स्थानीय सांस्कृतिक नाचगान समेत प्रस्तुत गरिने आयोजकले जनाएका छ । मेला समपन्न गर्न १५ लाख रु्रपैया लाग्ने आयोजक कालापानी धार्मिक तथा साँस्कृतिक मेला व्यवस्थापन समितिले जनाएका छ ।

तपाईको प्रतिक्रिया