मोरङको कालापानीमा सर्पदंश उपचार सेवाको निर्माण शुरु

धरान÷विकट स्थानमात्र हैन सुविधा सम्पन्न सहरका छेउमा रहेका केही स्थानमा अझै उपचारको पहुच सहज रुपमा पुगेको पाइदैन ।
यस्तै स्थान मध्ये साविक मोरङ याङशिला हालको केराबारी गाउपालिका वडा नं. ६ कालापानीका सर्वसाधारणले सर्पको डसाइकै कारण बर्षेनी धेरैले ज्यान गुमाउनु परेको छ । सर्पले डसीहाले नजिकै धरान उपमहानगरपालिकाको बीपी
कोइराला स्वास्थ्य विज्ञान तथा इटहरीमा पूर्वी पृतना मुख्यालले खोलेको सामुदायिक सर्पदंश उपचार केन्द्र भएपनि उनीहरुलाई यी ठाउसम्म पु¥याउन धौ धौ पर्ने गर्छ ।
यसैलाई मध्यनजर गरी अहिले याङशिलाको कालीशक्ति गणको सहयोगमा स्थानीयको सक्रियतामा सुविधा सम्पन्न सामुदायिक उपचार केन्द्र निर्माणमा स्थानीयहरु जुटेका छन् । ,
उनीहरुले निर्माण समिति नै गठन गरेर भवन निर्माणमा जुटेका हुन् । निर्माण सम्पन्न गर्नका लागि उनीहरुले स्थानीय प्रकाश श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय निर्माण समिति समेत गठन गरेका छन् ।
५७ लाखका लागतमा निर्माण हुदै गरेको भवनका कारण सबैभन्दा बढी खुसी त्यहाका स्थानीय बासिन्दाहरु छन् । गाउमा कसैलाई सर्पले टोकिहाले इटहरी स्थित पूर्वी पृतना मुख्यालयमा रहेको सामुदायिक सर्पदशं उपचार सेवा वा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका लागि लादा धेरै समस्या हुने गरेको र समयमा नपु¥याउदा विरामीको मृत्युसम्म हुने गरेको स्थानीय सोम मगरले बताउनुभयो । उहाँले यहा धेरै गाउले कसैलाई सर्पले टोकिहाले कि त धरान कि त इटहरी लानुपर्ने बाध्यता भएको बताउनुभयो । यसरी लादा कतिपयको अस्पताल नपु¥याउदै बाटोमै ज्यान जाने गरेको बताउनुभयो । निर्माण शुरुभएसंगै केराबारी गाउ पालिकाले ५ लाख, गाउपालिकाका प्रमुखबाट ५१ हजार, स्थानीय शारदा ढकालबाट २५ हजार र शारदा ढकालले २२ हजार रुपया सहयोग प्रदान गरेको निर्माण समितिका संयोजक प्रकाश श्रेष्ठले बताउनुभयो । गाउमा सर्पका जोखिम बढेपछि कालीशक्ति गण, स्थानीय बासिन्दा, गाउपालिका र वडा कार्यालयको संयुक्त पहलमा निर्माण कार्य थालनी गरेको उहाँ बताउनु हुन्छ । १५ धुर क्षेत्रफल जग्गामा निर्माण हुन लागेको सो उपचार केन्द्र बनेपछि भने केराबारी गाउपालिकाको २, ४, ७, ८, ९ , १० र धरान उपमहानगरपालिकाका वडा नंं. ६ सबैभन्दा बढी लाभान्वित हुने केराबारी गाउपालिका वडा नंं ६ कालोपानीका वडाअध्यक्ष उपेन्द्र लुंगेली मगरले बताउनुभयो । उहाले ेधेरै अगाडि नै बन्नुपर्ने उपचार केन्द्र विविध कारणले बन्न सकेन ढिलै भएपनि यो निर्माणमा सबै जुटेको बताउनुभयो ।
अत्यन्तै जोखिम क्षेत्र भएकै कारण गाउपालिकाले समेत सर्पदंश उपचार केन्द्रका लागि यसै स्थानलाई प्राथमिकतामा राखेर निर्माण कार्य शुरु गरेको केराबारी गाउपालिकाका प्राविधिक टीका राई बताउनु हुन्छ । उहाँले यहाँ सर्पदंश उपचार सेवा बनाउन सके यस भेगका सर्वसाधाणमात्र हैन यससंग सीमा जोडिएका अरु क्षत्रले समेत लाभ लिने बताउनुभयो ।
यो क्षेत्रमा गोमन, करेट, धामन लगायतका विषालु सर्प बर्खा लागेसंगै यत्रतत्र देख्न पाइने स्थानीयका भनाई
छ । बर्षेनी सरदर ५ जनासम्मलाई सर्पले टोक्ने गरेको उनीहरुको भनाई छ । निर्माण सम्पन्न भएपछि सर्पका डसाईबाट अकालमा मृत्युवरण गर्नुपर्ने अवस्था कम भएर जाने अपेक्षा सर्वसाधारणले गरेका छन् ।
त्र

 

तपाईको प्रतिक्रिया