धरान÷जनस्तरबाट प्रगाढ रहेको नेपाल–भारत बीचको सम्बन्धलाई दुई देशका साहित्यकार, लेखक एवम् कविहरुले थप मजबुत बनाउदै आएका छन् ।
मंसिर ८ गते राजधानीमा (काठमाण्डौ) भारतीय सात्यिकारहरुको स्वागत तथा नेपाल भारत काव्य सन्ध्याको आयोजना हुनुले यही
कुराको प्रमाणित गरेको छ ।
त्रिुभवन विश्व विद्यालय केन्द्रीय हिन्दी विभाग, नेपाल तथा शान्ति निकेतन हिन्दी प्रचारसभा, नेपाल प्रज्ञा प्रतिष्ठन र हिमालिनी, पश्चिम बंगालको संयुक्त आयोजनामा साहित्यको विकासमा अनुवादको भूमिका विषयक दुई दिने सर्वभाषा कवि सम्मेलन सम्पन भएको छ । शान्ति निकेतन हिन्दी प्रचार सभाका सचिव डा.रामचन्द्र रायको नेतृत्वमा भारतका विभिन्न राज्यबाट आएका ४० जना साहित्यकार कवि तथा लेखकले कार्यक्रममा सहभागिता जनाएका थिए । उक्त कार्यक्रममा त्रिभुवन विश्व विद्यालय हिन्दी विभागकी अध्यक्ष संजिता बर्माले आवश्यक सहयोग पु¥याउनु भएको थियो ।

कार्यक्रम समापन पश्चात नेपालबाट प्रकाशित हिन्दी मासिक पत्रिका हिमालिनीका प्रवन्ध निर्देशक सच्चिदानन्द मिश्र र सम्पादक डा स्वेता दिप्तीले भारतबाट आउनु भएका साहित्यकार, लेखक तथा कविहरुको सम्मानमा नेपाल प्रज्ञा पतिष्ठानमा काव्य गोष्ठीको आयोजना गर्नुभएको थियो । उक्त कार्यक्रममा नेपाल प्रज्ञा पतिष्ठानका उपकुलपति डा. गंगाप्रसाद उप्रेति, सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय, चर्चित उद्योगपति तथा कवि बसन्त चौधरी लगायतका नेपाली साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

