घण्टाघरबाट हेर्दा

गाडी किन्न भीख
नेपालका युवाहरु ख्याल मेहनती छैनन् । देश र देशका शासकका लागि बाहिरी मुलुकबाट मात्र नभएर देशभित्रबाट समेत रेमिट्यान्स संकलन गर्छन् । साइकल चढ्ने हैसियत नभएकी देशकी राष्ट्रपतिलाई १८ करोडको गाडी चढु चढु लागेछ । विकासको बजेट कटाएर सरकारले १८ करोड दिने भनेछ । तर युवाहरुले गज्जबको बाटो निकालेछन् । सर्प पनि नमर्ने लठ्ठी पनि नभाँचिने । अब हेरौ न
राष्ट्रपतिलाई गाडी खरिद गर्नकै लागि विचरा युवाहरु यस्तो जाडोमा पनि पशुपति नाथ मन्दिरमा भीख माग्न बसेछन् । युवाहरुको यस अभियानले विकास बजेट पनि जोगियो । राष्ट्रपतिको मनसुवा पनि पूरा हुने भो । क्या गज्बको आइडिया निकालेछन् युवाहरुले । लहै युवाहरुलाई साधुवाद छ ।
खुुसुक्क दे छन्
पर्धानमन्तरी खप्रओले अब आफ्नै मन्त्री परिषद्बाट भा’को निर्नयलाई उल्टाएर खुस्रुक्क निजी शिक्षण संस्थालाहरुलाई सम्बन्धन दिन त्रिभुवन विश्वविद्यालयलाई लभ लेटर लेखेछन् । साउनमा नीजि कलेजहरुलाई सम्बन्धन नदिन उल्ने निर्नय ग¥या रै’छन । भन्नु मात्र उस्तो हो । विचरालाई कम्ता टेन्सिन छैन । सम्बन्धन दिलाइ दिनुप¥यो भनेर आफन्त आएर कचकच गर्छन्, व्यपारीहरुले त्यसै गर्छन् । जाबो सम्बन्धन त हो । त्यत्रा लगानी ग¥या छन् विचाराहरुले । जाबो त्यति सम्बन्धन दिँदा तिनका उद्धार हुन्छ र गरिखान्छन् भने के आपत्ति भयो र ? फेरि मन्त्री परिषदको निर्नय पनि साउनमा भा’ हो । एक पटक ग¥या निर्नय सधै मान्नुपर्छ भन्ने के चाहिँ छ
र ?
विप्लवको आमसभा
विप्ललवको आम सभा देखेर खप्रओ र प्रचण्डाउको यतिबेला कन्पारो तात्या छ रे । होला नि । त्यत्रो विधि मान्छेहरु ग्र्वारग्र्वार्ती कसरी काठमाण्डौ पुगे भनेर उनेरका कन्सारो तात्नु स्वभाविक हो । विप्लवका कार्जेकर्तालाई जहाँ देख्यो त्यही अठ्याउनु भन्ने घरेलु मन्तरीले उर्दी नै जारी ग¥या थे । घरेलु मन्तरीको आदेश पाएसी विचरी फुकिढल पुलिसहरुले कार्जेकर्ता अठ्याउने अभियानै चलाए । तर केही जोर चलेन । अस्तिका दिन विप्लवका कार्जेकर्ताकहरुले काठमाण्डौ घ्याप्पै बनाएछन् । झन खड्गबहादुर विश्वकर्माले सरकार विदेशीको दलाल भएको, भ्रष्टाचारमा लिप्त भएको, जन्ताको कुनै काम गर्न नसकेको भनेर धारे हात पारेर फलाकेसी विचारा दुवै जना विरामी नै प¥या छन् रे ।
खुस्केछन् विचरा
कञ्चनपुरकी निर्मला पन्तका बुबा यज्ञराज पन्त खुस्किएछन् । यज्ञराज त त्यसै खुस्केका होइनन् । तिन्लाई खुस्काउने काम सत्तामा बस्या मठाधीशहरुले ग¥या हुन् । विचरा साउन देखि छोरीका बलात्कारी र हत्यारालाई कारबाही गर्दै सरकार भन्दै कहिले वालुवाटार पुगे, कहिले शितल निवास पुगे, कहिले मानव अधिकारवादीकोमा पुगे, कहिले प्रहरील लाई गुहार्न पुगे । कहीँबाट पनि बलात्कारी र हत्यारालाई कारबाही नगर्देसी अन्तेमा विचारा आफै खुस्केछन् । विचारा आफै खस्केसी
सरकारलाई कम्ता हाइसञ्चो भा’छैन । अब चिच्याउने कराउने नभएसी वातै खलास । नत्र सरकारलाई टाउको दुखाई भा’थ्यो । मुलुकाँ न्याय पाइदैन भन्ने  कुरा ती पन्तले बुझ्या भए आज ठीस हुनुपर्ने थिएन । कि कसो हौ ?
चालीस लाखको पल·
हामा पर्धानमन्तरीलाई हिजो आज निन्द्रै पर्न छाड्या छ रे । पर्धानमन्तरीलाई निन्द्रा नपरेसी उन्का आफन्त, कमाउनिष्टका कार्जेकर्ता, चिकित्सक सबैलाई हैरानी भा’छ रे । होला पनि देशका कार्यकारी प्रमुखलाई निन्द्रा नलागेसी चिन्ता त हुने नै भयो । उन्लाई निन्द्रा नलानटुको प्रमुख कारणचाहिँ ओछ्यान ठीक नभएर हो भन्ने कुराचाहिँ पत्ता लागेछ । अब पर्धानमन्तरीका लागि ४० लाखको पलङ्ग किन्ने तयारी हुँदै छ रे । विचरालाई ४० लाख भन्दा कमको पलङ्गमा निन्द्र्रै नलाग्ने रोग लागेसी के गर्ने त ? जन्ताले ति¥या पैसो छँदैछ ।
खरक्कसँग ४० लाखको पलङ्ग किनेर सुताउँदा भै गो नि । अनिदो किन राख्नु ? आखिरी पर्धानमन्तरी पो हुन त बाबै ।
एक हुनुपर्छ रे
नेप्लिज लाँग्रेसका सभापति माने बुढानिलकण्ठे काजीले भन्या अब लाँग्रेस जति सबै एक हुनुपर्छ रे । स्यालबहादुर पनि कहिलेकाहँी बडो जोक गर्छन् । आफै धामी आफै झाँक्री भएर हिड्ने अनि अरुलाई अर्ति दिने काम चाहिँ अलि हजम भएन कि ? अब हरेम न पाँचबर्ष सत्ताको खुडकिलो टेक्नै नपाई विल्ल्ला जस्तो भएसी स्यालबहादुरलाई कम्ता टेन्सिन छैन । एउटा गुटको नेतृत्व गरेर रमाउने बानी प¥या स्यालबहादुरलाई एक हुनुपर्छ भन्ने सद्बुद्धि कहाँबाट आ’को होला ? दुई चार जना नन्दीभृंगीहरुलई साथमा लिएर हिड्ने बानी परेका स्यालबहादुरको सद्बुद्धि आ’ ओ कि बुद्धि भ्रष्ट भा’ हो ?
कम्बल ओडेर घ्यू
स्वास्थ्ये मन्तरी उपिन्दर यादव कम्बल ओढेर घ्यू डकार्दा रै’छन् वीर हस्पिटलका एक डा साहेवले आफूले घुस खुवाउन नसकेकोले दुःख दिएको भन्दै अस्तिका दिन राजीनामा पड्काएछन् । हुन त अहिलेको सरकार नै कमाउनिस्टहरुको सरकार छ । त्यस्तो सरकारमा बसेसी उपिन्द्र जादवले मात्र गंगाजल छर्केर बस्ने कुरा नि आउँदैन । भोलि के हो के हो ? अहिल्यै यसो गतिलो ढंगले जोरजाम नगरे श्रीमतिले नि जोर लात्ती पड्काउछिन् । त्यसैले मुखमे राम
राम बगलीमे छुरा । अरुले जसरी सुकै खाउन उपिन्दरलाई बाल मतलब छैन तर उनी भने कम्बल ओढेरै दिन थाल्या छन् ।
अन्तेमा
विरासतको राजनीति गर्न यतिबेला तीन कोइराला लगौटी कसेर लाग्या छन् । अहिल्यैदेखि कोही सभापति कोही पर्धानमन्तरी, कोही के बन्ने भनेर भागबण्डा गर्दै हिड्या छन् । तिन्नका बुद्धि किन भुटिएको होला ? झन मन्डिखाटार तिरकी एक अर्ध नेप्लिज नागरिक त उग्रै भा’छिन् । अतिका दिन तिन्ले भन्या अबको सभापति जोसुकै बनोस तर बुढानिलकन्ठे काजीचाहिँ ज्यान गए नि हुनुहुदैन रे । तिनका कुरा सुन्दा घण्टारलाई समेत उदेक लागेर आ’छ । कार्जेकर्ताले कस्लाई सभापति बनाउँछन् त्यो पछिको कुरा हो । कमसेकम काँग्रेस एक बनाउनु पर्छ भनेर बोल्नेचाहिँ भेटिएन ।

तपाईको प्रतिक्रिया