धरानको कला, संस्कृतिलाई जगर्ने गर्ने उद्दृश्यले गठित धरान प्रज्ञा प्रतिष्ठानले धरानमा तीन दिने चित्रकला प्रर्दशीनको आयोजना
गरेको छ ।
सोमबारदेखि शुरु भएको चित्रकला प्रदर्शनीको मुख्य लक्ष्य विद्यालय स्तरबाटै चित्रकलाको प्रवद्र्धन गर्नु रहेको प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।
धरानमा उपमहानगरपालिका अन्तर्गतको धरान प्रज्ञा प्रतिष्ठानको आयोजना तथा यूवा कला केन्द्रको सहकार्यमा धरान–१८ स्थित विमल स्मृति पुस्ताकालयको सभाहलमा चित्रकला प्रदर्शनी शुरु भएको हो । चित्रकला प्रदर्शनी कार्यक्रमको उद्घाटन धरान उपमहानगरपालिकाका कावा मेयर एवम् १५ नम्बर वडाका वडाध्यक्ष नरेश कुमार इवारमले संयुक्त रुपमा गरे । प्रदर्शनीमा धरानका साँस्कृतिक, प्राकृतिक सौदर्य र सामाजिक विषय बस्तुहरु झल्काउने ६५ वटा चित्रहरु प्रदर्शनीमा राखिएका छन् । गत असोज ६ गते धरानको भानुचोकमा ‘चित्रकला कार्यशाला’ मा कोरिएका २४ वटा चित्रहरु र अन्य चित्रकारले कोरेका चित्रहरु राखिएको आयोजकले जनाएको छ । प्रदर्शनीमा धनकुटा र इटहरीका कलाकारहरुले कोरेका चित्रहरु पनि प्रदर्शनीमा राखिएको प्रज्ञा प्रतिष्ठानका अध्यक्ष अम्बिका सम्हाङ्फेले बताउनुभयो । प्रदर्शनीमा धरानका निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुको सहभागीता रहेको थियो । चित्र अवलोकनमा अएका विद्यार्थीहरुले प्रदर्शनमा राखिएका चित्रहरु अवलोकन गरेर धेरै कुरा सिकेको बताएका छन् । चित्रकला प्रदर्शनी बुधबारसम्म चल्ने आयोजकले जनाएको छ ।
