ध्वस्तै हुदै गएको छ तिहारको मौलिकता

नेपालीहरुको दोस्रो महान चाड तिहारको मौलिकता विस्तारै ध्वस्त हुन थालेको छ । आफ्नै संस्कृति, परम्परा र मौलिकता अनुसार परम्परादेखि मानिदै आएको तिहारमा पश्चिमी सँस्कृति, आधुनिकताको आडम्बर भित्रिनु आफैमा लज्जाको कुरा हो ।
विगतमा गाउँदेखि सहरसम्म आÏनै भेषभुषा, मादल, खैजडीको ताल, धार्मिक तथा ऐतिहासिक गाथाहरुले भरिएका देउसीका स्वरहरु हराएको छ । समग्रमा भन्ने हो भने देउसीको लयात्मकता रक र पपमा रुपान्तरित भएको छ । उच्छृंखलताले प्रश्रय पाउदै गएको छ । सहरबाट भित्रिएको रक र पपको सँस्कृतिले ग्रामीण क्षेत्रहरु समेत प्रभावित बनाइसकेको छ ।
हाइभोल्टेजका साउन्ड सिस्टम, अँग्रेजी गीतका रफटफ पात्रहरुझैे देखिने युवा युवतीहरु, देउसीको सामान्य शब्दसम्म प्रयोग नगरी देउसी खेल्दा वास्तविक देउसीको आभाषै पाउन सकिदैन खासमा भन्ने हो भने विकसित प्रविधिले देउसीको रौकनता, मौलिकताई सिध्याउदै ै लगेको छ । आधुनिकता फोस्रो आडम्बरिताले आफ्नो मौलिक सँस्कृति माथि बलात विस्थापनको काम भएको प्रति यसको मौलिकताको
संरक्षणका लागि प्रयास गर्नुपर्ने बेला आइसकेको छ । हराउँदै गएको ेदेउसी भैलोको सारथी अर्थात रैथाने बाजा गाउँ सहर कहीँ पनि घन्किन छाडेको छ । समग्रमा भन्नुपर्दा नेपालीहरुको साँस्कृतिक चाड तिहार देउसीको मौलिकता पूरै ध्वस्त भइरहेको छ ।
केही बर्ष अगाडिसम्म ग्रामीण क्षेत्रमा मादललको कर्णप्रिय ध्वनी सुनिन्थ्यिो तर आज भोली ड्रमसेट, गिटार, हाइभोल्टेज साउन्ड सिस्टमले देउसीको स्थान ओगटेको छ । स्वर सुक्ने गरी भट्याउने स्वरहरु हराएका छन् । तिहारमा दाजु बहिनीको कथा व्यथा सुख, दुःख वेदना प्रस्तुत गरी पीरहरु बर्साउने देउसी गीत संगीत र रचनात्मक शैली सबै हराउदै गएको छ । सामाजिक अत्मियता, माया प्रिति र विरहका लोकभाकामा आधारित भट्याउने शैली पुस्तान्तरणसँगै हराउदै गएको छ । स्थानीयपनको आभाष दिने, घाँस, दाउरा, मेलापात र चाडवाडको झल्को दिने मैलिक भाकामा युवा पुस्ताको वेवास्ता देउसी केवल व्यवायिकतामा बाँधिन थालेको छ । मादक पदार्थ सेवन गरेर चौक चौकमा पश्चिमी बाजा गाजामा रमाउने, होल्ला गर्नेै पटका पड्काउने जस्ता गतिविधिले तिहारको मौलिकतामात्र हराएको छैन अपराधमा समेत वृद्धि भएको छ ।
साँच्चै भन्ने हो भने सुरिलो स्वरमा देउसी भट्याउने, मादल, बासुरी, खैजडीको तालमा घण्टौ नाच्दै देउसी खेल्ने जमातै आजभोलि भेटिदैनन् । युवा युवतीमा आधुनिकताको भूत त्यसरी सवार भएको छ कि मादल, बाँसुरी, खैजडी बजाउँदा उनीहरु आफूलाई हिनताबोध गर्छन् आफ्नो मौलिक सँस्कृतिमाथि बाह्य साँस्कृतिक ठाडो हस्तक्षेपले भावि दिनमा देउसीको वास्तविकता आउने पुस्ताले कसरी बुझ्लान् ? पुरानो पुस्ता बली राजाको गाथासहितको देउसी भैलो मन पराउँछन् भने नयाँ पुस्ता त्यस्ता भाकालाई पाखे करणको संज्ञा दिन्छन् । विगतका देउसी भैलो रमाइलो हुन्थ्यो कर्णप्रिय हुन्थ्यो, आर्शीवाद दिन कम्मर मर्काई मर्काइ नाचेको दृश्यले एक प्रकारले मनै छुन्थ्यो । अहिले डिजे साउन्ड बक्समा देशी–विदेशी गीत, उत्ताउलोपन देखिन्छ । विगतमा देउसी खेलेवापत आत्मैदेखि स्विकार गरेर दिइने दक्षिणामा समेत आजभोली जबरजस्ती गर्न थालिएको छ । हाक्काहाक्की यति चाहिन्छ भनेर जोर बल गरिन्छ । मोटो रकमकै लागि राजनीति पार्टी, संघ संस्था देउसी खेल्न आउदै छौं भनेर अग्रिम चिठी पठाउछन् । यसले देउसीको आफनो राजी खुसीले दिइने दक्षिणासमेत दबाबमा दिनुपर्छ देउसी र रत्यौलीमा विभेद छुट्याउन नसक्ने गरी गरिने क्रियाकलापले देउसीको मौकिलता ध्वस्त भएको छ ।

तपाईको प्रतिक्रिया