धरान÷धरानस्थित कृषि बजारमा फूलको कारोबारमा वृद्धि भए पनि
व्यापारी तथा कृषकले सोचेजस्तो लाभ लिन सकेनन् ।
कृषि बजार व्यवस्थापन समितिको तथ्यांक अनुसार यस बर्षको तिहारमा कृषि बजारबाट ५ सय ३० मेटिन फूलको कारोबार भएको छ । कारोबारका हिसाबले सवा तीन करोड आन्तरिक फूलबाट मात्र भएको समितिका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिनुभयो ।
यो बजारमा पूर्वी पहाडी जिल्ला धनकुटा, तेह्रथुम, पाचथर, ताप्लेजुङ लगायतका क्षेत्रबाट ५ सय ५० टन आन्तरिक फूल भित्रिए पनि २० टन फूल भने व्यापारी तथा कृषकले विक्री नभई फाल्नुपर्ने अवस्था आएको व्यवस्थापक भट्टराईको भनाई छ । विशेष गरी सयपत्री, मखमली तथा गोदावरी फूलको व्यापारको भएपनि सबैभन्दा बढी सयपत्री फूलको कारोबार भएको बजारको तथ्यांकले देखाएको छ । नेपालीहरुले सामाजिक संस्कार विवाह, ब्रतबन्ध, पूजा आजा र मृत्युमा समेत फूलको प्रयोग गर्ने प्रचलन भए पनि त्यसको उपयोगका बारेमा सम्बन्धित पक्षले नसोचेकै कारण व्यापारी तथा कृषकहरुले यो बर्ष फूलबाट लाखौ रुपैया घाटा व्यहोर्नुपरेको भट्टराईको भनाई छ । उनले भने‘कृषकले फूल व्यवसायिक रुपमा नै गर्न थाले, उनीहरुले फूलबाट लाखौ फाइदा लिने अपेक्षा गरेका थिए तर बजारमा प्रसस्त फूल भएकै कारण भाउ पाएनन्, लगानी उठाउनै सकेनन् ।’ उनका अनुसार कृषकमात्र हैन यस पटकको तिहारमा फूलको व्यापारबाट व्यापारीहरु धेरै घाटामा गए ।
व्यापारीहरुले नै लाखौ रुपया घाटा व्योहोर्नु परेको थियो । राज्यले व्यवसायिक फूलका कृषकलाई प्रोत्साहन गर्न नसक्दा र फूलको दीर्घकालीन रुपमा सञ्चय गर्न सक्ने चिस्यान केन्द्र नहुदा घाटा व्योर्नुपरेको उनको भनाई छ । उनले भने ‘भारतका व्यापारीले चिस्यान केन्द्र राखेर व्यापार गर्दा भारतीय फूलले अझै व्यापार गर्न सक्ने सम्भावना छ भने नेपालमा त्यो नहुुदा कृषक तथा व्यापारीहरुले यस पटक लाखौ घाटा व्यहोर्नुपरेको होे ।’ उनले थपे यसैलाई मध्यनजर गरेर कृषि बजारले प्रदेश सरकार र स्वीस सरकारद्वारा सञ्चालित सहज संस्थाको सहयोगमा ५ सय मेट्रिक टन क्षमताको चिस्यान कक्ष निर्माणका लागि पहल गरिरहेका छौं यसले कृषक तथा व्यापारीलाई केही सहयोग पुग्ने अपेक्षा गरेका छांै ।’

आन्तरिक फूलको उत्पादन बढेकै कारण फूलको बजार नपाउदा लाखौ घाटा व्यहोर्नुपरेको व्यापारीहरुको भनाई छ । फूलका थोक विक्रेता टिका श्रेष्ठले शुरुमै कृषकको बारीमै गएर फूलको खरिद गरे पनि लक्ष्मी पूजाका दिनसम्म आइपुग्दा फूलको मूल्यमा गिरावट आएपछि आफूहरुले घाटा व्योहोर्नुपरेको बताए । उनले भने–‘कृषकको बारीमै गएर महंगोमा फूल किनियो, पछि आफूले बजारमा बेच्दा किनेको दाम भन्दा बढीमा फूल विक्री गर्दा पनि फूल विक्री भएन, जसले गर्दा पूmल फाल्नुपर्ने अवस्था आयो ।’उनले अगाडि भने’ गत बर्ष २ लाख रुपैया फूलबाट गरेको थिएँ यस बर्ष भने ३ लाख रुपैया घाटा व्यहोर्नु प¥यो ।’ आन्तरिक फूलको उत्पादन बढे पनि सरकारले बजारको खोजी नगर्दा अहिलेको अवस्था आएको उनको भनाई छ । उनले भने ‘पूर्वी बजारमा आन्तरिक फूलको बजार धानेको भएपनि बढी भएको फूलको विक्री भएको हुन नसक्दा यस पटक
नराम्ररी घाटामा गइयो ।’
विगतमा आन्तरिक फूल कम फूल्दा भारतीय फूलले धानेको बजार यस पटक ५ प्रतिशत पनि कृषि बजारमा नभित्रिएको कृषि बजार व्यवस्थापन समितिका व्यवस्थापक भट्टराइको भनाई छ । जसले गर्दा भारतीय फूल व्यापारीले समेत ठूलो घाटा व्यहोर्नुपरेको छ । भारतको दिल्लीबाट विराटनगरमा फूल संकलन गरेर फूलको कारोबार गर्ने गोपाल राउतले पनि यसटक लाखौ रुपैया घाटा व्यहोर्नु परेको बताए । गत बर्ष कमाएको मुनाफा सम्झेर धेरै फूल ल्याए पनि यसपटक फूल विक्री नभएको बताए । उनले भने‘ आन्तरिक फूलको उत्पादन धेरै भएकै कारण भारतीय फूल विक्री नै भएन जसले गर्दा ५÷७ टन फूल फाल्नु नै पर्ने अवस्था आयो ।’
ठूला व्यापारीमात्र हैन यसपटक खुद्रे व्यापारीले समेत घाटा व्योहोर्नु परेको थियो पनि कृषि उपज बजारमा धेरै बर्षदेखि फूलको व्यापार गर्दै आएका लक्ष्मण रायले फूलमा यस पटक धेरै घाटा व्यहोर्नुपरेको बताए । उनले गत बर्ष १२÷१३ हजार मुनाफा कमाएको भएपनि यस पटक भने लागत नै उठाउन गाह«ो भएको बताए । उनले भने ‘यस बर्ष त ५ हजारको फूल ल्याएको फूल विक्री त भएन भएन उल्टै २ सय रुपैया दिएर मान्छे लगाएर बाटोमा बेच्न पठाउदा पनि विक्री नै भएन, ५ हजारको फूल त ५ हजार दुई सय रुपैया प¥यो, फाल्न पनि लोभ लाग्छ,।’
बजारमा प्रसस्त फूल आएकै कारण यस पटक फूल व्यवसायीले घाटा बेहोर्नु परेको कृषि बजारको ठम्याई
छ । घाटाकै कारण फूलको व्यवसायिक खेति गर्ने कृषकहरु फूल खेतिबाटै पलायन हुने हन् कि भने डर पनि उत्तिकै छ । आगामी दिनमा यस्तो अवस्था आउन नदिन सम्बन्धित पक्षसंग छलफल गरेर दीर्घकालीन योजना ल्याउन कृषि बजारले पहल गरिने समेत व्यवस्थापक भट्टराईले बताएका छन् ।

