चाडवाडका समयमा थामिनसक्नु भीड

पूर्वाञ्चलका मात्र नभएर स्वदेश तथा विदेशका उपभोक्ताका लागि ‘ब्राण्डेड नेम’ बनिसकेको गोरखा डिपार्टमेन्ट स्टोरमा भर्खरै विदाई भएको तिहार र छठ पर्वका अवसरमा किनमेल गर्नेहरुको भीड थामि नसक्नुको थियो ।
गोरखा डिपार्टमेन्ट स्टोरका पाँचवटै शाखामा उपभोक्ताहरुको थामि नसक्नुको भीड हुनुको प्रमुख कारण एउटै छानामुनि तिहारलाई चाहिने सम्पूर्ण खाद्य सामाग्री र छट पर्वका लागि आवश्यक सम्पूर्ण पूजा समाग्री एकै स्थानमा पाउनु नै हो स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्यको कथन छ । उहाँ भन्नुहुन्छ उपभोक्ताले चाहेका सम्पूर्ण समाग्री, बजार मूल्यभन्दा कम मूल्यमा, एउटै छानामुनी पाइनु र मूल्यमा कुनै प्रकारको बार्गेनिङ्ग गर्नु नपर्ने भएकैले चाडवाडमा उपभोक्ताहरुको भीड अत्याधिक भएको हुनुपर्छ ।
गोरखा डिपार्टमेन्ट स्टोरमा यतिबेला ६ लाख भन्दा बढी प्रकारका सामानहरु एउटै छानामुनि रहेका छन् । स्टोरका म्यानेजर श्रीप्रसाद गौतमको कथन छ यतिका सामान भएको डिपार्टमेन्ट स्टोर राजधानी बाहिर छैनन् । स्वदेशी सामानदेखि विदेशी ब्राण्डेड सामानहरुका लागि पूर्वाञ्चलका मात्र नभएर देशका दुरदराजका उपभोक्तासँगै भारतको सिलगुढी, दार्जीलिङ्ग सिक्किम, विहार, भुटानबाट समेत आउने गर्छन् । उहाँ भन्नुहुन्छ अबका उपभोक्ताहरु बिना झन्झट, चारतिर दौडने हैरानी चाहदैनन.् । त्यसैले पनि गोरखा डिपार्टमेन्ट स्टोरमा चाडपर्वको समयमा मात्र नभएर अन्य समयमा समेत उपभोक्ताहरुको भीड भाड नै रहन्छ । इटहरी स्थित बहिनीको घरमा टीका लगाएर फर्कन लागेका सिक्कम गान्तोकका सुजन भोटिया सोमबार डिपार्टमेन्ट स्टोरको इटहरी शाामा भेटिए । भोटिया ब्राण्डेड इलेक्ट्रोनिक्स सामान, बच्चाहरुका न्याना कपडा, ब्राण्डेड जुत्ता चप्पल छान्दै थिए । उनले भने यहाँ हरेक सामान अत्यन्तै सस्तो छ । उनले खरिद गरेको जुत्ता देखाउदै भने सिक्किममा यस प्रकारको जुत्ता नै पाइदैन । हरेक बर्ष आउँदा एक दुई जोर जुत्ता लैजान्छु, अन्य घरायशी सामानहरु समेत लान्छु ।
सिक्किमका भोटिया मात्र हैन दार्जीलिङ्गबाट धरान–१८ स्थित बहिनीको घरमा टीका लगाएर सोमबार फर्कदै गरेका दिनेश शर्माको कथन पनि यस्तै छ । दार्जिलिङ्ग मोम्पुका उनले भने म अरुबेला पनि आइजाई गरिरहन्छु । यहाँबाट सामान किनेर लैजादा अर्कै आनन्द आउँछ ।

गोरखा बारमा वर्थ डे पार्टी

गोरखा डिपार्टमेन्ट स्टोरले आफ्नो पाँचौ शाखा धरानमा अत्याधुनिक सुविधा सम्पन्न गोरखा वार सञ्चालनमा ल्याएको लामो समय भएको छैन । सष्ट तथा हार्डपेय पर्दा सेवनका सौखिनहरु यतिबेला साथीभाईहरुसँग रमाइलो गर्न मात्र नभएर वर्थ डे मनाउन समेत गोरखा वारमै जाने गरेका छन् ।
विहान १० बजेदेखि खुल्ला रहने गोरखा वारमा प्रत्येक दिन सरदर तीन सय ग्राहकहरु पुग्ने गरेको वारसँगै
रहेको गोरखा किचेका इन्चार्ज विष्णु खड्का बताउनुुहुन्छ । खड्का भन्नुहुन्छ वार यतिवेला असाध्यै राम्रो चलेको
छ । एकपटक आएका ग्राहकहरु प्राय ः नियमित आउने गरेका छन । स्वदेशी तथा विदेशी ब्राण्डका पेय पदार्थसँगै भेज तथा नन भेज दुवै प्रकारका स्नाक्सहरु, ग्राहकको माग बमोजिमका आइटमहरु उपलब्ध हुने भएकोले पनि ग्राहकको संख्या बढेको इन्चार्ज खड्काको अनुभव छ ।

गोरखा किचनको आकर्षण

गोरखा डिपार्टमेन्ट स्टोरले आफ्ना पाँचवटै शाखामा सुविधा सम्पन्न र आकर्षक किचन प्रारम्भ देखि नै सञ्चालनमा ल्याएको छ ।
गोरखाका पाँचवटै शाखामा स्वादिष्ट थकाली खाना, नेपाली थाली, साधारण खानासँगै दर्जन भन्दा बढी प्रकारका स्वादिस्ट तथा अन्य भेराइटीहरु उपलब्ध छन् । धरानस्थित किचनका इन्चार्ज विष्णु खड्का भन्नुहुन्छ
प्रारम्भको दिनको तुलनामा यतिबेला किचन असाध्यै राम्रो चलेको छ । दैनिक सरदर ६० वटा थकाली खाना, ५० भन्दा बढी नेपाली थाली र ४ सय भन्दा बढी नर्मल खाना गइरहेको छ । यसका अलावा विहान ८ बजेदेखि चाउमिन, मम, मिल्क कफी, ब्लाक कफी, मिल्क टी, ब्लाक टी, तन्दुरी रोटीहरु, गोरखा बेकरीहरु लगायतका आइटम ग्राहकहरुको रुचिमा परेका छन् ।
आरामदायी बसाई, अत्यन्तै सफा, खाना तथा नास्तासँगै
गोरखाको आÏनै उत्पादन पिउने एक बोेतल निःशुल्क पानी, मनमोहक दृश्यावलोकन आदिले गर्दा पनि गोरखा किचनमा उपभोक्ताहरुको आकर्षण बढेको इन्चार्ज खड्काको अनुभव छ । यसका अलावा हरेक दिन गोरखा किचनमा स्पेशल आइटमहरु हुने गर्छन् । नास्तामा फापरको रोटी, कोरियन निउडेल्स, चाइजिन ट्रम्स अफ हेवन्स आदि चेन्ज भइरहने आइटमहरुले ग्राहकहरुलाई थप लोभ्याएको छ ।

तपाईको प्रतिक्रिया