धरान÷बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिठानमा गत शुक्रबार गरिएको आन्तरिक सरुवालाई लिएर व्यापक असुन्तुष्टि चुलिएको छ ।
प्रतिष्ठानमा व्यापक आर्थिक अपचलन गरेको भन्दै उपप्रधान, स्वास्थ्यमन्त्री तथा प्रतिष्ठानका सहकुलपति उपेन्द्र यादवले असोज १९ गते तीनदिने र असोज २९ गते २४ घण्टे स्स्पटीकरण सोधिसकेको अवस्थामा आन्तरिक सरुवा गरेपछि कर्मचारी, चिकित्सक, प्राध्यापकहरुमा असन्तुष्टि चुलिएको हो ।
प्रतिष्ठानको प्रक्रिया मिचेर ठाडो सरुवा गरेको भन्दै कर्मचारी कल्याण मञ्चले सच्याउन उपकुलति प्रा.डा रौनियारको ध्यानाकर्षण समेत गरिसकेको छ । समाजका अध्यक्ष सुजेन्द्रण् तामाङ्गद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा भनिएको छ प्रतिष्ठानको इलेक्ट्रोनिक्स शाखमा कार्यरत इलेक्ट्रोनिक्स इन्जिनियर राहुल मिश्र र कम्प्युटर व्यवस्थापन शाखामा कार्यरत कम्प्युटर इन्जिनियर राकेश कुमार दाशलाई केही काम नहुने र दरबन्दी समेत नभएको टेलिफोन एक्चेन्ज र मेडिकल रेकर्ड शाखामा स्थानान्तरण गरिएकोमा समाजको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पत्रमा भनिएको छ निजहरु स्पेशिफिक प्राविधिक कर्मचारी भएको र स्थानान्तरण गरिएको स्थान निजहरुको योग्यता, अनुभव कामको प्रकृति एवम् सेवाको किसिम विपरीत देखिनुकासाथै उक्त स्थानमा उक्त पद, तह एवम योग्यताको दरबन्दी समेत नभएबाट निजहरुको स्थानान्तरण अप्राकृतिक र क्षमता बमोजिम स–सम्मान कार्य गर्ने व्यवस्थाका लागि समाज अनुरोध गर्दछ । साथै स्थानान्तरण गरिएका अन्य कतिपय कर्मचारीहरुको लागू हुने समय अगावै हाजिरी, बरबुझारथ गर्ने पर्याप्त समय नदिएको र समग्र स्थानान्तरण प्रक्रिया नियम संगत नभएको भनी प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. गुरु खनाल र कुल सचिव तुलबहादुर श्रेष्ठले आफ्नो अभिव्यक्ति दिइसकेको अवस्थामा स्थानान्तरण प्रक्रिया गलत भएको जनाएको छ ।
प्रतिष्ठानका प्रवक्ता प्रा.डा. पशुपति चौधरी भन्नुहुन्छ सायद भिषीले काम गर्न सजिले होस भनेर त्यसरी स्थानान्तरण गरेको होला । सरुवा गर्दा सबैलाई स्थानातरण गरिएको ठाउँ चित्त नबुझ्न सक्छ । वास्तवमा यो ठूलो इस्यु नहुनु पर्ने भन्दैै प्रवक्ता चौधरीले प्रक्रिया नियम संगत छ÷छैन त्यो ठूलो कुरा हो । आकर्षक ठाउँमा एउटै व्यक्तिलाई दोहो¥याई तेहे¥याई राख्दा असन्तुष्टि देखिएको हुन सक्छ । उहाँले भन्नुभयो प्रतिष्ठानमा डाक्टर नेता, कर्मचारी नेता भएकोले पनि असहज भएको छ ।
तर पतिष्ठानका कर्मचारीहरु यो कुरा मान्न तयार छैनन् । एक कर्मचारीले भने प्रक्रिया मिचेर ठाडो रुपमा सरुवा गरिएको छ । प्रतिसोधका कारण उपकुलपति रौनियाले डिपाटमेन्ट नै नमिल्ने प्राविधिक स्पेशिफिक नै नमिल्ने ठाउँमा सरुवा गर्नुको पछाडिको कारण के हुन सक्छ ? उनी भन्छन् दोसो स्पष्टीकरण सोधिसकेपछि प्रतिष्ठानमा उथलपुथल र भाडभैलो मच्चाउनका लागि दरबन्दी नै नरहेको ठाउँमा सरुवा गर्नुको भित्री आशय प्रष्ट हुन्छ । कार्तिक ९ गते शुक्रबार प्रतिष्ठानका रेक्टर र रजिष्टारले अधिकृत स्तरका कर्मचारीहरुसँगको मिटिङ्गमा सरुवा गैरकानुनी, अवैधानिक रहेको बताइसक्नु भएको छ । अर्का कर्मचारी भन्छन् कमाउने ठाउँमा व्यापारी, अस्पताल डाइरेक्टर र भिसीको सेटिङ्गमा दुई तीन पटक काम गरिसकेका व्यक्तिलाई पुन त्यही ठाउँमा राखिएको छ । चाडवाडका बेला विदामा बसेका कर्मचारीहरुको सरुवाको चिठ्ठी बुझाउन खाममा दर्ता गरी साना कर्मचारीहरुलाई चिठ्ठी किन नबुझाएको भनेर मानसिक टर्चर गर्ने, स्पस्टीकरण लिने सम्मको काम गरेको ती कर्मचारीले बताए । यहाँ स्मरणीय कुरा के छ भने चिठ्ठी उपकुलपतिको कार्यालयको चलानीबाट इस्यु गरिएको छ ।

