धरान÷यहाँ स्थित मारवाडी युवा मञ्चले आगामी कार्तिक २५ गते दिपावली हंगामा आयोजना गर्ने भएको छ ।
धरानमा बसोबास गर्दै आएका सम्पूर्ण मारवाडी समुदायलाई एकत्रित गरेर दिपावली तथा छठको शुभकामना अदान प्रदान गर्ने उद्देश्यले दिपावली हंगामा कार्यक्रम आयोजना गर्न लागिएको मञ्चका अध्यक्ष सुमन गोयल (आसिस) ले जानकारी दिनुभयो ।

स्थानीय गीता मन्दिर प्रांगरणमा हुने कार्यक्रममा लगभग आठसय मारवाडी समुदायको उपस्थिति रहने समेत अध्यक्ष गोयलले जानकारी दिनुभयो । गत वैसाखमा मञ्चको कार्यभार सम्हाल्नु भएका गोयलले आफ्नो कार्यकालमा
रक्तदान, असहायलाई सहयोग, विद्यालयलाई पाठ्य सामाग्री वितरण लगायतका कामहरु गर्दै आउनु भएको छ । दिपावली हंगामामा शिलगुढी, कलकत्तादेखिका कलाकारहरुको आगमन हुने भएकोले कार्यक्रम धरानमा अविस्मरणीय रहने समेत उहाँले बताउनुभयो । कार्यक्रमको मुख्य प्रायोजन सिद्ध बाबा गुड हेल्थ रहेको छ भने कार्यक्रमको संयोजक दिपक अग्रवाल रहनु भएको छ ।

