खाल्डा खुल्डी पर्न खर्चिएको एक करोड बालुवामा पानी हाले सरह

धरान÷ धरानको बीच सडकमा परेका खाल्डाखुल्डीका कारण दिनप्रतिदिन दुर्घटनाको जोखिम बढ्दै गएको छ । खाल्डाखुल्डकै कारण दैनिकजसो साना तथा ठूला सवारी साधन दुर्घटनामा पर्ने गरेका छन् भने सवारी साधन समेतमा टुटफुट हुने गरेका कारण सवारी धनीलै मर्मतसम्भारमा हजारौ रुपैया खर्चिनुपर्ने अवस्था रहेको छ ।
धरानका कालोपत्रे भएका अधिकांश स्थानमा जताततै खाल्डाखुल्डी भएपछि तत्कालीन नगरप्रमुख स्व. तारा सुब्बाले खाल्डाखुल्डी पुर्न १ करोड बजेट निवासका गरेरै खाल्डाखुल्डी पुरियो । धरानको मुख्य बजार अर्थात मुख्य सवारी साधन आवतजावत हुने धरान ८ तीनकुनेदेखि धरान १३ जिरो प्वाइन्टको करिब ३ किमी सडक जथाभावि खाल्डाखुल्डी हुदा दुर्घटना बढेको व्यापक जनगुनासो बढेपछि तत्कालीन नगरप्रमुख सुब्बाले बजेट निकासा गरेरै खाल्डाखुल्डी पुर्नु भएको थियो । तर बर्षाद र सवारी चापका कारण खाल्डाखुल्डी
पुरेको तीन महिना पनि नबित्दै पुन पुरेकै ठाउमा खाल्डाखुल्डी बन्न थाले । नगरपालिकाले एक करोड रुपैया विनियोजन गरी पुरेको खल्डाखुल्डी अहिले वालुवामा पानी हाले सरह भएको छ ।
मु्ख्य सडकमात्र हैन धरानका अन्य शाखा बाटोहरुको समेत अवस्था उस्तै छ । सडकमा परेका खाल्डाखुल्डीकै कारण दैनिकजसो दुर्घटना हुने गरेको सडक छेउमा व्यवसाय सञ्चालन गरेर बसेका सर्वसाधारणले बताउने गरेका छन् ।
त्यस्तो खल्डाखुल्डीकै कारण सवारी चालक त अझ जोखिमपूर्ण सवारी साधन चलाइरहेका छन् । उनीहरुले दुर्घटनाहुन जोखिमसंंगै सवारी साधन टुटफुट बढी हुने गरेको उनीहरु बताउछन् ।
सडकका खाल्डाखुल्डीकै कारण टूाफिक प्रहरीलाई टूाफिक व्यवस्थापनमा चुनौति थपिएको छ । खाल्डाखुल्डीकै कारण दिनप्रतिदिन टूाफिक व्यवस्थापनमा कठिनाई हुदै गएको जिल्ला टूाफिक प्रहरी कार्यालय धरानका प्रमुख होमराज दाहाल बताउनुहुन्छ ।
मुख्य राजमार्गबाहेक धरानका अन्य सडक स्थानीय सरकारले मर्मत तथा सम्भार गर्ने गर्दछ भने कोशी राजमार्गमा पर्ने मुख्य हाइवे सडक भने सडक विभागले हेर्ने गरेको छ । मुख्य राजमार्गमा नै जताततै खाल्डाखुल्डी भएपछि मर्मत सम्भारका लागि सडक डिभिजन कार्यालयमा पटक पटक धाउदा समेत केही नभएको धरान १३ का वडा अध्यक्ष नेत्रप्रसाद काफ्ले बताउनुुहुन्छ ।
धरानमा कुल सडकको १ हजार ४ सय ५३ मी सडक कालो पत्रे रहेको छ भने ७ हजार ७ सय ५० मि सडकको पुन निर्माण गरेको छ । तर बनाइएका सडक तथा पुननिर्माण गरिएका सडक गुणस्तरीय नहुदा एक बर्ष नपुग्दै विग्रिने गरेका छन् । यसरी खाल्डाखुल्डा पुर्ने तथा मर्मत सम्भारमा करोडौ बजेट निकासा गरे पनि यसरी बनाइएका सडक दीर्घकालीन हुन नकसेको पाइएको छ । त्यसैले विग्रिएको सडक पुर्ने नाममा करोडौ रुपैया खर्च गर्नुभन्दा दीर्घकालीन योजना बनाएर निर्माण गर्दा प्रभावकारी हुने देखिन्छ । यस तर्फ सम्बन्धित पक्ष गम्भीर हुन जरुरी छ ।

तपाईको प्रतिक्रिया