देवलाल सरको स्मृतिमा वृहत कला प्रदर्शनी

धरान/धरानका मुर्घन्य शिक्षासेवी स्व. देवलाल सरको ९१ औं स्मृतिका अवसरमा सोमबारदेखि स्वयम् आर्ट ग्यालरीको आयाजनामा वृहत कला प्रदर्शनी प्रारम्भ भएको
छ ।
राणाहरुको क्रुरतम जहाानीया शासनको आवसमार आफ्नो र
परिवारको समेत कुनै प्रवाह नगरी धरानमा शैक्षिक गतिविधिसागै विद्यालय स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको देवलाल श्रेष्ठ अर्थात देवलाल सर धरानेहरुका लागि आदरणीय सागै अविस्मरणीय नाम हो । देवलाल सरलाई स्मरण गर्नेहरु भन्छन् देवलाल सर धरानको शैक्षिक अभियान एम अर्काको परिपुरक हुन । त्यो समयमा देवलाल सर नहुनु भएको भए आजको शैक्षिक गतिविधिलाई उचाई लिन सक्ने थिएनन् ।
उहााको स्मृतिमा आयोजित कला प्रदर्शनीमा ३६ जना कलाकारहरुको चित्र समावेश गरिएको छ । जसमा भक्तपुरका आसुराम खैजु, विराटनगरका अनुरुद्ध थापा, धराननका अरविन लिम्बु, विराटनगरका भरत डंगोल पथरीका
भरत तामाङ्ग, विराटनगरका वीरेन्द्र केशरी राजवंशी र पानमाराका विष्णु परियारका कलाकृति प्रदर्शनीमा राखिएका छन् । यसैगरी धरानका भानु थापा, भक्तपुरका दीपेन्द्र वनेपाली, धरानका दिपराज लिम्बु, विराटनगरका धुव्र नारायण डंगोल, विराटनगरकी गंगा सुबेदी, गोपाल कलाप्रेमी, जयप्रकाश चौधरी, नर श्रेष्ठ, एससी सुमन, उमा अर्याल, धरानका हरिप्रसाद कटुवाल, धरानका हरिलाल उदास, धरानका हेमन्त थापा, पानवारीका जीवन पौड्याल, धरानका कर्ण मास्के, काठमाण्डौका किरण मानन्धर, धरानका लेख मगर, धरानका महेन्द्र राई, काठमाण्डौका मुकेश मल्ल, धरानका शान्तिराज लिम्बु, स्व्यम आर्ट ग्यालरीका सञ्चालक धरानका स्वयम्प्रकाश श्रेष्ठ, मधेशाका उपेन्द्र बस्नेत (पागल) र काठमाण्डौका उत्तम नेपालीका तस्विरहरु ग्यालरीमा राखिएका छन् ।
आगामी मंसिर २१ गतेसम्म सञ्चालन हुने कला प्रदर्शनीको इलाका प्रशासन कार्यालय धरानका प्रशासकीय अकधिकृत सीताराम कार्कीले समुद्घाटन गर्नुभएको थियो । स्वयम् प्रकाश श्रेष्ठकै अध्यक्षतामा उद्घाटन समारोहमा विए कृष्ण श्रेष्ठ, डा. टंक न्यौपाने, डा. गोपाल भण्डारी लगायतले कलाका सम्बन्धमा विभिन्न कोणबाट चर्चा गर्नुभएको थियो भने स्व. देवलाल सरको बारेमा लेखक एवम् समाजसेवी हरेराम कर्मचार्य प्रकाश पार्नुभएको थियो ।

तपाईको प्रतिक्रिया