मुख्यमन्त्रीलाई टेन्सन
प्रदेश न. १ का मुख्यमन्त्री शेरधन राईलाई यतिबेला खुब टेन्सिन भा’छ । दुई तिहाईको वहुमत भएर नि अझ सम्म पर्देशको नाम र ठाम समेत राख्न सक्या छैनन् । यतिका दिन वित्दा पनि माखो मार्न नसकेका मुख मन्त्रीलाई आफ्नैले टेन्सिन द्या छन् रे । हुन त टेन्सिन भन्ने कुरा आफ्नैले त दिन्छन् । अरुलाई लुतो न कन्याई । अब हेरम न नयाँ जोगीले पगितो खरानी घस्छ भरे । पहिला पहिला खुबै फाइफुइँ ग¥या थे अहिले भने भिजेको मुसा जस्तै भा’छन् । आफनै जात भाइहरुले किरात लिम्बुवान राख, खम्बुवान राख नत्र घरेलु युद्ध हुन्छ भनेर धम्की दया द्यै छन् । कोही राजधानी विराटनगरै हुनुपर्छ भन्छन्, कोही इटहरीलाई बनाउ भन्छन, कोही धरानतिर ल्या भन्छन्, कोही धनकुटा ले भन्छन्, अब कस्का कुरा मान्नु कस्का नमान्नु । नमान्दा आफ्नै सांसद बटारिएर साथ छाड्दे भने अर्को पिरलो । कसै गर्दा नि नाम र ठाम जुर्ला जस्तो छैन । अनि विचारलाई हुँदैन त टेन्सिन ?
डा. खप्रओ
हिजोसम्म प्रधानमन्तरीलाई सबैले खप्रओ मात्र भन्थे । अब ज्यान गए नि खप्रओ भन्न पाइदैन । अब डा. खप्रओ भन्नैपर्छ । त्यो पनि सिंगल डा. हो र ? डा.डा. खप्रओ भन्नुपर्ने भो । अस्ति संयक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदा हाम्रा पर्धानमन्तरी कसैलाई सुइँकोसम्म नदिएर कोष्टारिकातिर धाइफल तोड्या थे । आखिरी कोष्टारिकामा पिएचडी गर्न पो गा रै’छन् । विदेशको बातै अलग छ । नेपालमा पिएचडी ग¥या भए १०–२० हजारमै हुन्थ्यो । तर कोस्टारिकामा अलि महँगो परेछ । झmण्डै २२ करोड खर्च गरेर आफ्ना नन्दीभृंगीहरु सहित कोस्टारिका पुग्नै पर्दा त्यतिको महँगो भा’ रे । जे होस् नेपालमा डा तुलसी गिरी भन्दा अर्को कुनै डा. प्रधानमन्त्री भा थेनन् । तुलसी गिरी पनि सिंगल डा. थिए । तर खप्रओ डबल डा. हुन् । अब भने नेपालको विकास कसो नहोला ? समृद्धि त अब बाजा बजाएरै आउने भयो । कि कसो हौ ?
बहादुर नेपाल प्रहरी
नेपाल प्रहरीको बहादुरीको कुरा त कसैलाई भन्नै पर्दैन । संसारभरि नेपाल प्रहरीको बहादुरीको कथा फैलिएको छ । नेपालमा त झन नेपाल प्रहरीको बहादुरीको कथा थाहा नहुने को होला ? बलात्कारी, हत्या, चोर, डाकाहरुलाई उम्काउछ, मानसिक सन्तुलन गुमेकालाई अँठ्याउँछ । न्याय माग्नेलाई ठोक्छ अन्याय गर्नेलाई बोक्छ । अब अहिले त नेपाल प्रहरीको काम भ्याई नभ्याई भएर थपिएको छ । आखिरी दशै जो लागेको छ । आफ्नो तिर छोइसक्नु महँगो भएसी’ सर्वसाधारण पारितिर किनमेल गर्न जानु स्वभावि हो । तर नेपाल प्रहरी बडो बहादुरीपूर्वक दुई केजी चिनी, एक दुई साडी, साबुन, जिरा, धनियाँका पोका अँठ्याउँछ तर भन्सारबाट हात्ती छिराउनेलाई स्कटिङ्ग गरेर गन्तव्यमा पु¥याउँछ । आखिरी बहादुर नेपाल प्रहरी न ठहरियो ।
क्या नाटक गर्छन् वा
अस्तिका दिन सिंहदरबारमा काम गर्ने कर्मचारीहरुले वडो गज्जबको नाटक प्रदर्शन गरेछन् । नाटक पनि ख्याल गज्ज्बको थिएन । एकछिन त घण्टारका आँखा पनि तिर्मिरएका थिए । होकि होइन भनेर ठम्याउन आफैले आफूलाई चिमोट्नु प¥या थ्यो । त्यस प्रकारको नाटक घण्टाघरले आजसम्म देखेकै थिएन । कुरो के भने सिंहददारवारमा काम गर्ने कर्मचारीहरुले अब उप्रान्त भष्टाचार गर्दिन, इमान्दारीपूर्वक जन्ताको काम गर्छु भनेर कार्यालय छिर्नुभन्दा अगाडि कसम खाएर छिर्र्न थालेछन् । विरालाले म मुसा खान्न, घोडाले म घासँग दोस्ती गर्छुु भनेर कसैले पत्याउँछ । कसम खादैमा भ्रष्टाचार नगर्ने भए दुई पैसा कमाउने सीप नभएका, दक्षता नभएका मन्त्रीहरुको त्यतिका विविध सम्पत्ति कहाँबाट थुप्रेको छ ? उनेरले नि राष्ट्रपति, प्रधान न्यायाधीशबाट भ्रष्टाचार गर्दिन, इमान्दारीपूर्वक जनताको काम गर्छु भनेर कसम खा थे । अनि ठाउँमा पुगेसी बजाएका छन्, बजाएका छन् ।
विश्राम गरे राम्रो रे
अस्तिका दिन विराटनगरतिर टहलिदै आ’का नेप्लिज लाँग्रेसका महामन्तरी सशांक दा’ले आÏना आसेपासेका बीचमा बडो फूर्ति लाएछन् । आफूले पार्टी सभापति श्याबहादुरलाई पार्टीको चुनाउ नलडी विश्राम लिन सुझाउ दिएको बताएछन् । सशांक दा’को सुझाव स्यालबहादुरले मान्छन र सुझाउ द्या ? नेपालको राजनैतिमा विश्राम भन्ने कुरै हुँदैन । अँठ्याएर डोहो¥याउनुपर्ने अवस्थामा पुगेनी चुनाउ लड्न छाड्दैनन्, पद छोड्दैनन । अनि श्यालबहादुरले किन छोड्ने ? छाड्नु नि हुदैन । पद छाडेसी’ त बातै खलास कस्ले पुछ्ने ? अहिले स्यालबहादुर पदमा छन् । कार्जेकर्ता भेट्न अघिपछि गर्छन् । पद नभएसी को भेट्न जाने ? बुढा निलकण्ठको दरबार सुनसान हुन्छ । हुँदा हुँदा श्रीमतिले नि हेप्न थाल्छिन्, झर्कोफर्काे शुरु हुन्छ । स्यालबहादुरले यो सबै कुरा राम्ररी बुझ्या छन् । दमडी दिएरै भए पनि उनी चुनाउ जित्छन् । कसैले विश्राम लिनुस् भन्दैमा लिने हो र ?
हरुवाको फुई
टाटे थुुतुनो, फ्याप्प दाह«ी भएका, बुढा निलकण्ठे काजी कजिनीका विश्वास पात्र विमलेन्द्र निधिले अस्तिका दिन खप्रओको सरकारलाई सक्तो सरापेछन् । आफ्नै निर्वाचन क्षेत्रमा चुनाउ जित्न नसकेर राजिन्दर महतोसँग पाहा पछारिए जस्तो पछारिएका निधिले दुई तिहाई वहुमत भएर नि जन्ताको पक्षेमा काम गर्न नसक्ने खप्रओको सरकार निकम्बा हो भनेछन् । हैन हौ ती निधि मन्तरी हुँदा के खालो सा¥या थे कुन्नि । डिआइजी काण्ड, प्रधान न्यायाधीशश काण्ड घटाका हैनन् त्यस्ता गतिला कामका ग्रायन डिजाइनर निधिले अरुलाई औली ठड्याएको देख्दा घण्टाघरलाई कुरी कुरी लागेर आयो । हैन हिजो आज खप्रइओ वा अलि हावा गफ दिन कम गर्न थाल्या बेला विमलेन्द्र निधिलाई त्यही रोगले च्याप्या हो कि क्या हो ?
चिनीको मूल्यमा किचलो
चिनी भन्या गुलिायो अनि गुलियो कुरामा किचलो उठ्नु त स्वाभिक हो । अब हेरम न नेपालीहरुलाई चाडवाडले छपक्कै छोप्न लाग्यो । परपैचो, ऋणपान गरेर भए पनि चाडपर्व मान्नै प¥यो । तर नेपालका दुईवटा आँखाचाहिँ चिनीमै पुगेको छ । व्यापारीहरुले ८३ रुपैयासम्म मनपरी चिनी बेचिराको बेला सार्वजनिक लेखा समिति ६३ रुपैयामा चिनी बेच्नु भनेर निर्णय गर्छ । उता उद्योग वाणिज्य तथा आपूर्ति मन्तरीचाहिँ ७३ रुपैयामा बेच्नु भन्छ । मन्तरीले त झन घटाएर वाहवाही बटुल्न पर्नेमा किन नघटाएका होलान ? विचरा कसरी घटिाउन त ? बल्ल तल्ल मन्तरी भा’को बेला यस चाडपार्वमा २५–३० ‘क’ पनि कमाइ भएन भने कसरी इज्जत धान्नु ? रातारात चिनीका भुँडवालहरु पुगेर मन्तरी ज्यूलाई भेटी चढाएसी घभटाउने त कुरै आउँदैन । मन्तरी हुँदा त्यतिको कमाई न भएन भने इज्जतै जाने डर । त्यो सार्वजनिक लेखा समितिले भनेर हुन्छ ? चिनीको मूल्य ७३ रुपैये । लौ ज्या । कि कसो हौ मन्तरी ज्यू ।
अन्तेमा
पप्पु कन्ट्रक्सनका मालिक माने उपिन्द्र जादवका खास माछे रौनियारको पदै निलम्बन भएछ । अनियमितता र गुणस्तरहीन पुल निर्माण गरेको आरोपमा चिारको पद निलम्बन भा’रे । यो पनि सरकारको अर्को नाटक त होला नि । पहिला ३३ केजी सुनमा सलग्नको अरोपमा निलम्बनमा परेका प्रहरीहरुलाई अदालतले सुनपानी सुद्ध बनाएपछि धमाधम तिनलाई सरकारले जिम्मेवारी दिए जस्तै त होला । सरकार पप्पुकै छ क्या रे । जाबो निलम्बनले के चाहिँ खालो सार्ला र ? अब रौनियार पनि अदालत जान्छन् । अदालतले सुनपानी छर्केर बाहिर पठाइदिन्छ त्यसपछि त पद वहाली । कि कसो हौ ?
