धरान÷ मुलुकमा संघीयता कायम भएसंगै स्थानीय तह र प्रदेशमा स्पष्ट कानुन नहुदा अहिले खोला उत्खनन गर्दै ढुंगा गिटी बालुला अवैध रुपमा निर्यात हुने क्रम बढेको छ ।
ढुंगा, गिटी, बालुवा निवासी तथा करको स्वामित्व स्थानीय तहले लिने हो कि प्रदेश लिने भन्ने सम्बन्धमा स्पष्ट कानुन तयार नभएकै कारण स्थानीय तहमा विकास निर्माणको नाममा अवैध खोला उत्खनन् गर्दै ढुंगा गिटीको ओसापसारमा वृद्धि भएको हो ।
विकासको काममा भन्दै ढुंगा उत्खनन गरी लोड गरेर लादै गरेको अवस्थामा धरान प्रहरीले दुई वटा ट्याक्टरलाई फ्रक्राउ ग¥यो । धरान ५ अँधेरी खोलाबाट ढुंगा लोड गरी ल्याउदै गरेको अवस्थामा को २ त ४४५८ र को २ त ७६७७ नम्बरको ट्याक्टरलाई प्रहरीले प्रक्राउ गरी डिभिजन वन कार्यालय धरानमा बुझाएको हो ।
यी ट्याक्टरमध्ये को २ त ४४५८ नम्बरको ट्याक्टर धरान ५ का वडा अध्यक्ष सन्तोष लिम्बुका दाजु लक्ष्मी लिम्बुको र अर्को ट्याक्टर नविन भन्ने व्यक्तिको भए पनि लक्ष्मी लिम्बुकै संरक्षणमा रहने गरको छ । यी दुईवटै ट्याक्टर वडा नं ५ को विकास निर्माण गर्ने भन्दै ढुंगा लोड गरेकै अवस्थामा पटक पटक चालक सहित प्रक्राउ परे पनि छाडिने गरिएको पाइएको छ । यसरी प्रक्राउ परेका ट्याक्टरहरु निर्वाचित जनप्रतिविधिको दबाबमा छुट्ने गरेका छन् । स्पष्ट कानुन नभएकै कारण लाचार भएर छाडिदिनुपर्ने अवस्था आउने गरेको डिभिजन वन कार्यालय धरानका प्रमुख ज्ञानकुमार लामा बताउनुहुन्छ ।

