बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई बर्खास्त गर्ने तयारी स्वास्थ्यमन्त्री तथा उपप्रधानमन्त्री उपेन्द्र यादवको अध्यक्षतामा तीन सदस्यीय छानविन समिति गठन

धरान÷बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४१ आंै सिनेट वैठकको निर्णय अनुसार प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीको संयोजकत्वमा गठन भएको शक्तिशाली सात सदस्यीय छानविन समितिले प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारले भवन निर्माण र उपकरण खरिदमा करोडौ अपचलन गरेको र पदीय दुरुपयोग
गरेको निष्कर्ष सहितको प्रतिवेदन प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओली समक्ष पेश गरेपछि उपकुलपति रौनियारलाई बर्खास्त गर्ने तयारी भएको छ ।


असोज ५ गते शुक्रबार प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको अध्यक्षतामा दुई जना सिनेट सदस्यहरु तुलबहादुर श्रेष्ठ र प्रा.डा गुरुप्रसाद खनाल रहने  गरी प्रतिष्ठानको ऐन २०४९ को दफा ११ (घ) बमोजिम समिति गठन गर्नुभएको छ । कुलपति तथा प्रधानमन्त्रीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०४९ को दफा ११ (घ) बमोजिम गठन गरिएको समितिले उपकुलपति रौनियार उक्त पदको निम्ति अक्षम रहेको र पदको दुरुपयोग गरेको प्रतिवेदन दिएमा प्रतिष्ठानको आगामी सिनेटको सामान्य वहुमतले निजलाई पदमुक्त गर्ने सिफारिस प्रधानमन्त्री समक्ष गर्न सक्ने र प्रधानमन्त्रीले बाध्यकारी रुपमै बर्खास्त गर्नुपर्नै ऐनमै प्रावधान रहेको छ ।
काण्डै काण्डले घेरिए रौनियार
झण्डै दुई बर्ष अगाडि तत्कालीन स्वास्थ्य मन्त्री, प्रभावशाली नेताहरुलाई आर्थिक प्रलोभनमा पारी उपकुलपतिको नियुक्ति लिन सफल भएका रौनियार यतिबेला काण्डै काण्डले घेरिएका
छन । आफू रेडियोलोजी विभागको प्रमुख छँदा १२ करोडमा खरिद हुन लागेको १.५ टेस्लाको एमआरआई मेसिन प्रतिष्ठनका लागि अनुपयुक्त भनेर खरिद गर्न दिएका थिएनन् ।
तर आफू प्रतिष्ठानको उपकुलपति बनेपछि सोही मेसिन १८ करोडमा खरिद गर्ने निर्णयमा पुगे । त्यस खरिद कार्यमा करिब साढे ६ करोड अनियमितताको आरोपी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गर्ने तयारी स्वरुप कार्यकारी सदस्यद्वय डा. माधव लम्साल र डा. प्रभात रन्जन पोख्रेल, अस्पताल निर्देशक गौरीशंकर साह, डेपुटी रजिष्ट्रार तथा खरिद मुल्यांकन समितिका संयोजक र प्रा.डा. रौनियारका सबै घोटाहरुमा सेटिङ्ग गर्ने अमित श्रीवास्तवको गत हप्ता बयान सकेको र यसै हप्ता उपकुलपतिको बयान लिने तयारी भएको स्रोतले जानकारी दिएको छ ।
क्यान्सर तथा मटु रोग अस्पताल भवन निर्माण गर्न परामर्शदाता नियुक्तिमा समेत चरम घोटाला भएको छानविन समितिको प्रतिवेदन प्रधानमन्त्रीलाई दिएको सोते उल्लेख  गरेको छ । प्रतिष्ठानको हाताभित्र निर्माणाधीन दुई अर्ब १८ करोडको मातृ शिशु भवन निर्माणमा परामर्शदाता केज कन्सल्टेन्सीले लागतको १.४ प्रतिशत शुल्क लिने गरी ठेक्का पाएकोमा सोही परामर्शदाता केज कन्सल्टेन्सीलाई ४ अर्ब ५० करोडको क्यान्सर तथा मुटु  रोग भवन निर्माणका लागि परामर्शदाता नियुक्ति गर्दा लागतको ४.६ प्रतिशत शुल्क दिने गरी ठेक्का लगाएर ८ करोड अनियमितता गरेको प्रतिवेदनमा उल्लेख छ । यसैगरी प्रतिष्ठानलाई आवश्यक पर्ने टुक्रे मेसिन खरिदमा समेत ठूलो अनियिमतता भएको प्रतिवेदनमा जनाइएको छ । स्रोतले दिएको जानकारी अनुसार सार्वजनिक खरिद नियमावली विपरीत दोब्बर, तेब्बर मूल्यमा स्थानीय व्यापारीका अनेक नाममा करोडौको टुक्रे मेसिन खरिद गरेको, रजिष्ट्रारकी आमाको देहान्तमा काममा बस्दा जबरजस्ती चेक सही गराएर ६ महिना चेक नदिएको, नियमावली  विपरीत प्रतिष्ठानले गर्ने सबै भुक्तानीको चेक आफै सही गरेको, निर्देशक र
रजिष्ट्रारलाई अधिकारविहीन बनाएको र सबै काम डेपुटी रजिष्ट्रार तथा उपकुलपति सचिवालय प्रमुख अमित श्रीवास्तव मार्फत गर्ने गरेको, मातृ शिशु भवन भुक्तानीमा छानविन समिति आफैले स्वास्थ्य मन्त्रालयमा उजुरी हालेको र छानविनकै क्रममा २१ करोड भुक्तानी दिएको उच्च स्तरीय छानविन समितिको प्रतिवेदनमा उल्लेख छ ।
तथ्य लुकाउने आशंकामा निलम्बन गर्न माग
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४१ औं सिनेटले निर्णय गरे अनुसारको केदारबहादुर अधिकारीको छानविन समितिलाई उपलब्ध गराउनुपर्र्ने कैयौ कागजातहरु उपकुलपति रौनियार र डेपुटी
रजिष्ट्रार अमित श्रीवास्तव मिलेर लुकाएको कुरालाई मध्यनजर गरी दुवै जनालाई छानविन अवधिभरि निलम्बन गर्नुपर्ने माग प्रतिष्ठानका शिक्षक तथा कर्मचारीहरुले प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री र सहकुलपति, उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई गोप्यपत्र पठाएको स्रोतले जानकारी दिएको छ ।
१५ गतेभित्र प्रतिवेदन बुझाउने प्रधानमन्त्रीकै निर्देशनमा गठन भएको स्वास्थ्यमन्त्री अध्यक्ष रहने गरी ३ सदस्यीय छानविन समितिले आफ्नो कामलाई तिब्रता दिएको सिनेटर प्रा.डा. गुरु खनालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो समग्र प्रतिष्ठानको हितलाई ध्यानमा राखेर काम अगाडि बढेको छ । म एउटा शिक्षाध्यक्ष भए पनि प्रधानमन्त्रीले विश्वास गरेर छानविन समितिको सदस्य बनाएकोले वास्तविकता र यथार्थता मैले तयार गर्ने प्रतिवेदनमा उल्लेख गर्नैपर्छ । यस्तै अर्का सिनेटर तुलबहादुर श्रेष्ठले भन्नुभयो सिनेटको अध्यक्षता गर्ने स्वास्थ्य मन्त्री समक्ष हामी १५ गतेभित्रमा प्रतिवेदन बुझाउछौ र त्यसपछि बस्ने सिनेटको बैठकले आवश्यक निर्णय लिन्छ ।

धरान साप्ताहिकमा प्रकाशित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएका भ्रष्टाचारका विरुद्धमा तयार पारिएको प्रकाशित सामाग्रीहरु

तपाईको प्रतिक्रिया