अराजक सरकार र आन्दोलन

दुई तिहाइ वहुमतको दम्भका फुलेको वर्तमान सरकारको अराजक कार्यशैली, व्यवहार र छुद्र बोलीले मुलुक आन्दोलनतर्फ उन्मुख भएको छ ।
हत्या, हिंँसा बलात्कार यतिबेला सरकारी संयन्त्रकै आवरणमा भीमकाय रुपमा अगाडि आएको छ । आफने नागरिकको सुरक्षा गर्न नसक्ने, न्याया माग्दा राज्यकै तर्फबाट ज्यान गुमाउनुपर्ने, धम्मी दिने, जबरजस्ती अपराधी करार गराउन खोज्ने प्रवृत्ति न राणा कालमा थियो, पञ्चायती व्यवस्थामा थियो । राणा पञ्चायतको निरकुंशतालाई समेत माथ गरेर वर्तमान सरकार अपराध सुचांकमा अग्रणी देखिएको छ ।
कञ्चनपुरकी अवोध १३ बर्षीया बालिका निर्मला पन्तका हत्यारा राज्यकै आड, भरोसा र संरक्षणमा खुलेआम हिडिरहेका छन् । निर्मलाका लागि न्याय माग्दै स्वस्फूर्त रुपमा सिंगो मुलुक आन्दोलित छ तर
सरकार परधी पत्ता लगाएर कारबाही गर्नुको सट्टामा जन दबाबमा उत्रिएकाहरुलाई उल्टै दबाउने कुकृत्यमा लागेको छ । पहुँचका आधारमा अपराधीले छुट पाउने हो भने गणतन्त्र, वर्तमान संविधानको कुनै औचित्य रहँदेन । गल्ति गर्दा पञ्चायत कालमा सर्वाधिक शक्तिशाली रहेका धिरेन्द्र साहलाई पनि कारबाही भएको थियो । उनले देशै छाडेर विदेशमा गएर बस्नु परेको थियो । कृषि मन्त्री रहेका धनुषाका सेरे भनेर चिनिएका हेमबहादुर मल्ललाई हत्कडी लगाएर जेल हालिएको थियो । न्ययाका लागि पञ्चायत विभेद थिएन तर आज चरम विभेद छ ।
आगोको सानो झिल्कोले विनास गर्छ भन्ने यथार्थ वर्तमान सरकारलाई हेक्का नभएको अवस्यै छैन होला ? शक्तिको निकट रहेका निर्मलाका बलात्कारी र हत्यारा जोगाउन सरकारको निर्देशन नभएको भए कञ्चनपुरका प्रहरीले अपराधीका प्रमाण नष्ट गर्ने दुस्साहस गर्ने थिएनन् । उनीहरुले गृह सिंगल सरकारबाट पाएकैले अनुसन्धानका क्रममा त्यो हदसम्म हर्कत गर्न सके भन्दा अन्यथा हुँदैन । सरकार निर्मला पन्तका हत्यारा र बलात्कारीलाई जोगाउन आफै लागि परेपछि यतिबेला मुलुकभरि अधिकारकर्मी, राजनैतिक दल, सामाजिक संघ संस्था, विद्यार्थी संगठन र सडकमा उत्रिएका छन् । यो आन्दोलन थप अनिष्ट ननिम्त्याओस् भन्ने तर्फ सरकार सचेत र संवेदनशील भएको देखिदैन । उल्टै सत्ताको बागडोर सम्हालेर बसेका प्रधानमन्त्री केपी शर्मा ओली भड्किला अभिव्यक्ति दिइरहेका छन् । एउटा टिभी अन्तर्वातामा उनले वम दिदी बहिनीको मानव अधिकारको व्याख्या गरे । उनको त्यस अभिव्यक्तिले आन्दोलनलाई थप मलजल गरेको
छ ।
अराजक सरकारको अभिव्यक्तिले आन्दोलनले थप ऊर्जा पाएको छ , दशैभरि प्रधानमन्त्री ओलीको पुत्ला दोहन, राजीनामाको माग भइरहेको छ । तर नैतिकताहीन सरकार सम्पूर्ण लाज सरम पचाएर बसेको छ । पञ्चायतकालमा सिंहदबारमा आगलागी हुँदा तत्कालीन प्रधानमन्त्री किर्तिनिधि विष्टले राजीनामा दिएका थिए । २०४५ सालमा दशरथ ंरगशालामा हावाहुरीका कारण भागदौडमा दर्शहरुको ज्यान जाँदा तत्कालीन शिक्षा तथा खेलकुद मन्त्रीले राजीनामा दिएका थिए । उनीहरुले नैतिकताको आधारमा राजीनामा दिएका थिए । तर वर्तमान सरकारमा नैतिकताको चरम खडेरी परेको छ । दैनिक निर्मला पन्तहरु बलात्कृत भएका छन्, उनीहरुको हत्या भएको छ, वृद्धाहरु समेत बलात्कृत भएका छन्, व्यवसायीहरुको हत्या भएको छ तर सरकारलाई कुनै फरक परेको छैन । आज आम नागरिक देश सरकारविहीन भएको महसुस गरिरहेका छन् । नागरिकप्रतिको सरकारको पहिलो दयित्व शान्ति सुरक्षाको प्रत्याभूति हो । तर सरकार पहिलो दायित्वबाट नै विमुख र असफल भएछ सरकारको औचित्य कहाँ नेर रहन्छ ?

तपाईको प्रतिक्रिया