धरान÷नेपाली काँग्रसकी सक्रिय सदस्य एवम मारवाडी समुदायकी अग्रणी महिला नेतृ धरान १ निवासी ललितादेवी गोयलको गत मंगलबार सवारी दुर्घटनामा परी निधन भएको छ ।
झापा विर्तामोडमा रहेका आफन्तजनसँग भेटघाट गर्न गएकी गोयलको कानेपोखरी पथरी सडक खण्डमा सवारी दुर्घटना हुँदा निधन भएको थियो । ५६ बर्षीया गोयल मारवाडी महिला मञ्च धरानकी सदस्य, विपस्ना ध्यानको साधिका, प्रणामी गुरु सदानन्द महाराजको शिष्य रहनु भएको थियो । स्व. गोयलका भतिजा कमल गोयलले दिनु भएको जानकारी अनुसार मारवाडी समुदायमा महिलाहरुमा उहाँ हरेक कार्यमा अगाडि हुनुहुन्थ्यो । मन्दिर, धर्मशाला निर्माणमा सहयोग गर्नुका साथै सडक तथा अनाथ बालबालिकाहरुलाई सहयोग गर्न उहाँ सदैव अगाडि सर्नु हुन्थ्यो । स्व. गोयलको पार्थिव शरीरमा नेपाली काँग्रेसका नेता तथा प्रदेश सांसद सदस्य चन्द्रप्रसाद श्रेष्ठले पार्टीको झण्डा ओढाउनु भएको थियो भने नेपाली काँग्रस सुनसरी क्षेत्र नं. १ का सभापति सुरेशमान श्रेष्ठ, धरान उपमहानगर समितिका सभापति तिलक राई, भातृ संघ संगठनका पदाधिकारीहरुको त्यसबेला उपस्थिति रहेको थियो ।

