अठ्याएको अठ्यायै
यस बष नेकपाका प्रवतmा प्रकाण्डलाई दशा नै लाग्या रै’छ । दशा पनि सानो तिनो हो र ? राहु केतु शनि सबै भिडया रै’छ । कुन दिन हेटौडाबाट काठमाण्डौतिर हिड्या रै’छन् कुन्नि । हिड्ने बेलामा कुनचाहिँको थोपडा देख्या थे कुन्नि ? साँचिको नभए नि फोटै भएनि प्रकाण्डले घरेलुमन्तरीको अनुहार देख्या हुनुपर्छ । घरेलु मन्तरीकै आदेशाँ प्रकाण्डलाई अँठ्याएको अठ्यायै छ । अदालतले छोड्ने आदेश दिन्छ आलतको गेटबाट पुलिसले अठ्याइहाल्छ । नेपालका पुलिस पनि अनौठै छन् । अठ्याउनु पर्नेलाई अँठ्याउदैन र नअठ्याउनु पर्नेलाई को¥याप्पै पार्छन् । हिजो एउटै थालाँ खाका, सँगै जंगल जंगल दौडिएका, सँगै सुत्या घरेलु मन्तरीलको भाँवरी चल्या होला ? छुट्न पा’छैन अँठयाओ भनि हाल्ने । जे होस अदालत र प्रहरीको यतिखेर दोहोरी नै चल्या छ प्रकाण्डको कुरालाई लिएर । अदालले गोडा पाँचेक पटक छोड्न आदेश दिइ सक्या छ तर प्रहरी भने अँठ्याउनै बकुल्लाले माछा ढुकेर बसेझै धर्ना ढुक दिएर बस्छ । क्या गजब छ वा †
के देखाउने ?
हा्रमो देशाँ साँच्चै नै गज्जबको गनतन्त्र आ’रैछ । संसाराँ नभाको गनतन्त्र नेपालमै आहो भन्थे होे रै’छ । जनताले चुनेर पठाका मन्त्री सांसदलाई जन्ताले नै विरोध गर्न नपाउने भा’छन् । विरोध ग¥यो कि खोरको बास † स्वास्थ्ये मन्त्री उपिन्द्र जादवलाई विरोध स्वरुप बर्दियामा राम मनोहर जादवले कालो झण्डा देखाउँदा विचाराले ज्यानै गुमाउनु प¥या छ । जादवलाई कालो झण्डा देखाएको भन्दै प्रहरीले अठ्याएर खोरमा हुल्देछ । विचाराको त्यही प्राण पखेरु उडेछ । आफ्न कार्जेकर्ताको प्राणपखेरु उडेसी
राजपाका सासद लक्ष्मणलाल कर्णलाई पीडा हुनु स्वभाविक हो । अस्तिका दिन उन्ले संसदमै भन्देछन् मन्तरीलाई कालो झण्डा नदेखाएर भाला र बन्दुक देखाउनु पर्ने हो ? जाबो कालो झण्डा देखाउँदा त त्यो हविगत हुन्छ भने भाला र बन्ुदुक देखाइदियौ भने के होला ? हुन त हाम्रा घरेलु मन्तरी भाला र बन्दुकसँगै खेलेर आ’खेलाडी हुन् क्या रे ? के फरक पर्ला र ?
कत्रो चिन्ता
नेप्लिज काँग्रेस सिद्धिद्धै गा’को मा यतिबेला काँग्रेसलाई भन्दा नि गैह« काँग्रेसहरुलाई बडो चिन्ता लाग्न थाल्या रै’छ सबैभन्दा बढी चिन्ताचाहिँ नेकपाका द्वितीय अध्येक्षे प्रचण्डाउलाई लाग्न थाल्या रै’छ । ठाम ठाममा पुगेर प्रचण्डाउ भन्छन् अब काँग्रेस सिद्धियो, अब काँग्रेस उठ्नै सक्दैन । हुन त प्रचण्डाउले काँग्रेसको चिन्ता गर्नु स्वभाविक हो । जंगलबाट हेलिकोप्टर चढाएर बाल्वाटार पु¥याएर संसदीय व्यवस्थाको स्वाद चखाउने काँग्रेस नै हो क्या रे । काँग्रेसले लगाएको गुन यति चाँडै विर्सनु पनि त भएन नि । त्यसैले विचारा काँग्रेस सप्रियोस भनेर यसो औंशी पूर्णेमा घच्घच्याई रहँदा रा’न । तर काँग्रेस सभापति स्यालबहादुरलाई यो कुरा हजम हुने कुरै भएन । उन्ले अस्तिका दिन प्याच्च भनेछन आफ्नो पार्टी सिध्याउनेले काँग्रेसको चिन्ता किन गर्नु ? यो भलोको जमानै होइन । कि कसो हौ ?
पाउने भए जनसेवाश्री खप्रओको सरकारले के के न झार्ला झै ग¥या थ्यो अब भने थाकेछ क्या रे । हुन त हिन्दीमा एउटा उखान छ जो गजराता है वो वरसा नही । ३३ केजी सुन काण्ड, सिण्डिकेट, ठेकेदारलाई कारबाहीका कुराले सञ्चारमाध्येममात्र होइन हरेक नेपालीको थुनोबाट प्रशंसा सुनिन्थ्यो । अबचाहिँ सबै कुरा सेलाए छ । हुँदा हुँदा सुन काण्डवालाहरु धमाधम अदालतबाटै साधारण तारेखमा छुट्न थाल्या छन् । अस्तिका दिन एसएसपी दिवेश लोहनी साधारण तारखेमा छुटे्छन् । अब अरु पनि छुट्दै जान्छन् । सबै छुटे पनि के अनौठो मान्नु ? सबै बेइमानहरुलाई जेलमा कोच्ने हो भने सरकारले अर्को पल्ट विद्या, भुषण, मान पदवी कस्लाई दिने ? जसको जति खराब रेकर्ड छ त्यो त्यति नै मान पदवीका लागि योग्य हुने त हो नि † अर्को पटक दिवेश लोहनीलाई जनसेवाश्री पुरकार पाउने पक्का भयो । कि कसो हौ ?
शान्तिसुरक्षा राम्रो
भदौमा आँखा फुलो प¥या गोरुले सदैव हरियाली नै देख्छ रे । होला पनि । अब हेरम न हाम्रा घरेलु मन्तरी रामबहादुर थापा मगरले भन्या ६ महिना यताको शान्ति सुरक्षेको अवस्था अत्यन्तै राम्रो छ रे । हाम्रा घरेलु मन्तरीले खाँटी र काइदाको गफ ग¥या हुन् । शान्ति सुरक्षेको अवस्था रामो भएरै त कञ्चनपुरकी निर्मलाको बलात्कार पछि हत्या भा’ हो । भक्तपुरमा अपहरण पछि बालकको हत्या भा’ हो । राजधानीदेखि लिएर देशैभरि बलात्कार र हत्याका घट्ना भा’ हो । शान्ति सुरक्षेको अवस्था रामो नभा भे बलात्कार, हत्या ज्यान गएनि हुँदैन थ्यो । वित्थामा जोरी पारीहरु घरेलु मन्तरीको विरोध गर्छन् । हुन त विरोध गर्नु नेपालीहरुको फोविया नै भइसक्या छ । कि कसो हौ ?
मुख्यौटो कानुन चाहियो
सरकारले अब साइबर अपराध कानुन मात्र होइन मुख्यौटो अपराध कानुन पनि ल्याउनु प¥यो । मनपरी जथाभावि बोल्नेलाई कारबाही गर्न मुख्यौटो कानुन देशाँ आवश्यक भैसक्या छ । अब हेरम न अस्तिका दिन नेप्लिज कँग्रेसका सभापति स्यालबहादुले भन्या निर्मला पन्तको बलात्कारी र हत्याराको संरक्षक ओली सरकार नै गरेको हो रे । त्यसरी ठोकेर त भन्न अलि मिल्थेन कि ? अब त्यसरी सकारमाथि ठाडो आरोप लगाउनेलाई कार्वाही गर्न मुख्यौटो कानुन चाहिएन त ? मुख्यौटो कानुन भएसी’कारबाहीमा परिने डरले कसैले कसैलाई आरोपै लगाउन सक्दैन । अनि त राम राज्य त्यसै स्थापित । धन्न स्यालबहादुरले बोल्या कुरा सबैले बुझ्दैनन् । झन पर्धानमन्तरी खप्रओले त बुझ्ने कुरै भएन । नत्र भने वित्याँस पथ्र्यो । जेहोस् सरकारले मुख्यौटो कानुन चाहिँ चाँडै ल्याउनु प¥यो ।
वेश्यालय खोल्ने रे
प्रदेश नं. ४ का मुख्येमन्त्री पृथ्वी सुब्बा गुरुङ्गको आइडिया चाहिँ मान्नैपर्छ वा † सरकारको राजस्व बढाउने गुरुङ्गसँग अनेकौ आइडिया
रै’छन् । डोकामा साग बेच्ने, गल्लीमा बसेर जुत्ता सिउने सम्मलाई कर लगाउँदा नि नपुगेर अब मुख्येमन्तरी गुरुङ्गले बेश्यालय खोल्न दिएर कर उठाउने गज्जबको आइडिया निकालेछन् । गुरुङ्गको आइडियालाई घण्टाघर जोडदार नमन गर्छ ।
करबाट कार चढ्ने बानी परेकहरुले स्रोत पहिल्याउनै प¥यो । चमडी जाए पर दमडी नजाए भन्ने उखानै छ । जसको जेसुकै जाओस् मरेका लासको दर्ता गर्दा हुन्छ कि, लास पोल्ने घाटले लिने रकममा होस् दमडीचाहिँ उठाउनै पर्छ । सो भएसी’ मलुक कसरी समृद्ध नहोला त ?
अन्तेमा
हरेक बर्ष आउने असोज ३ ले पनि चर्चा नै पाउने भयो । माने नेपालको संविधान जारी भएको दिन । संविधान विभेदकारी छ भनेर धुवाँधार विरोध र आन्दोलन गर्दै आएको
राजपाले असोज ३ गतेलाई ब्लाक डेको रुपमा मनाउने निर्नय ग¥या छ । उसले त्यसदिन आफ्ना जात भाई धेरै भएका ठाममा ब्लाक आउटै गर्ने रे । राजपाले मात्र नभएर जनजाति महासंघले नि त्यस दिन राँको बालेर विरोध गर्ने भा’छ । विरोध गर्न उस्ले गाउँ, नगर, क्षेत्र, जिल्ला कमिटीहरुलाई आदेश दिइसक्या छ । असोज ३ गते पछि–पछि गएर पौष १ गते जस्तो पो हुन्छ कि क्या हो ?
