बडी विल्डिङ एण्ड फिटनेश संघमा चन्दन

धरान÷सुनसरी जिल्ला बडिविल्डिङ एण्ड फिटनेश संघको अध्यक्षमा चन्दन श्रेष्ठ निर्विरोध निर्वाचित हुनु भएको छ । भाद्र २२ गते शुक्रकार भएको सुनसरी जिल्ला बडिविल्डिङ एण्ड फिटनेश संघको सम्पन्न प्रथम अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।
यसैगरी संघको प्रथम उपाध्यक्षमा
कविर भगत प्रधानाङ्ग, द्वितीय उपाध्यक्षमा संजिव वान्तवा, सचिवमा अमन श्रेष्ठ र कोषाध्यक्षमा कृति श्रेष्ठ निर्वाचित हुनु भएको छ । यस्तै सदस्यहरुमा विकास भाटी, कुमार राई, एकराज शंकर, सुरज श्रेष्ठ, देउमान लिम्बु, प्रकाश राई, मणिकुमार राई, महिला सदस्यमा रेखा गुरुङ्ग र टिकामाया लिम्बु निर्वाचित हुनु भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का मानार्थ उपाध्यक्ष किशोर राईको प्रमुख आतिथ्य तथा संघका केन्द्रीय उपाध्यक्ष
रणबहादुर थेवे, केन्द्रीय स्टेयरिङ्ग कमिटीका सल्लाहकार राजभगत प्रधानाङ्ग, केन्द्रीय सदस्य विक्रम लिम्बु, सुयोग पाख्रिन, सरदरत्न पार्थिव, धिरज गुरुङ्ग, किशोर
राई र रणबहादुर थेवेलाई सल्लाहकारमा मनोनित गरेको छ । निर्वाचित कार्यसमितिलाई चुस्त, मर्यादित बनाउने उद्देश्यले आइतबार सन्तोष राई, जिताङ्ग लिम्बु र देव साहलाई सदस्यमा मनोनित गरिएको सचिव अमन श्रेष्ठले बताउनु भयो ।

तपाईको प्रतिक्रिया