मान, पदवी र विभुषण वितरणको परम्परा यस पटक पनि धानिएको छ । राज्यले मान, पदवी र विभुषण कस्ता व्यक्तिलाई प्रदान गर्ने भन्ने कुरा यस पटकको वितरणले सतहमा ल्याइदिएको छ ।
पञ्चायत कालमा कर्मचारी संयन्त्रले यसको तय गथ्र्यो र अन्तमा आलोच्य हुन्थ्यो । तर पञ्चायतको जगमा उभिएको गणतन्त्रमा समेत कर्मचारी संयन्त्र, पार्टीको निकटस्थता, भनसुन, निवेदन, आग्रह आदिले त्यस यताका समयमा काम गर्र्दै आएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ६ सय भन्दा बढीलाई यसपटक विभिन्न क्षेत्रमा योगदान पु¥याएको भन्दै मान, पदवी र विभुषण प्रदान गर्दा विभुषण पाउने एक आद्यबाहेक सबै हास्यका पात्र बनेका छन् । कसैलाई समाजमा उत्कृष्ट योगदान पु¥याएको भन्दै प्रदान गरिएको छ, कसैलाई राष्ट्र सेवामा समर्पित रहेको भन्दै प्रदान गरिएको छ, कसैलाई के मा कसैलाई के मा आदि आदि ।
समाजमा कुनैपनि प्रकारको योगदान नपु¥याएका, पेशागत र पदीय आडमा आफ्नो पहुँचताको दुहाई दिएर निवेदन हालेर तथ्यगत र आधारहीन आत्मा प्रशंसा गरेर हिड्नेहरु नै विगतमा जस्तै यसपटक पनि मान, पदवी र विभुषणबाट सम्मानित भएका छन् । राजा ज्ञानेन्द्रको पालामा पनि तिनै व्यक्ति मान, पदवी र विभुषणका उत्तराधिकारी थिए भने अहिले पनि तिनै व्यक्ति अग्रपंक्तिमा देखिएका छन् । यसले मान, पदवी र विभुषणको आयाम घटाएको छ, अपमानित गरेको छ । बालिका बलात्कारको घट्नामा मतियारहरुबाट लाखौ रुपैयाँ लिएर घट्ना सामसुम बनाउन अग्रणी भूमिका खेल्ने सुरक्षाकमी समेत
पुरस्कृत हुनुले विभुषण कस्ता व्यक्तिलाई दिने भनेर भ्रम सिर्जना गरिदिएको छ ।
विभुषण एउटा सम्मान हो । राज्यका तर्फबाट दिइने सम्मान । न त्यो चपाउँदा पेट भर्छ न त्यो बेच्दा जेथो जोडिन्छ । मान, पदवी र विभुषण पाउने व्यक्तिमाथि समाजले समेत गौरव गर्नुपर्छ । तर यसको ठीक विपरीत भएको छ । सामाजिक सञ्जालदेखि अन्य सञ्चार माध्यममा मात्र नभएर विद्धत वर्ग, सामान्य नागरिकहरु समेत नकारात्मक टिप्प्णी गरिरहेका छन् । उनीहरुको टिप्पणी सुन्दा के आभाष हन्छ भने मान, पदवी र विभुषण पाउने सबै फटाहा हुन् र नपाउने आम नागरिक मात्र सज्जन हुन । हाम्रो समाजमा धेरै त्यस्ता व्यक्ति छन् जसले आफ्नो जीवनभरको कमाई पुण्य काममा समर्पित गरेका छन्,
बेसहारालाई सहारा दिएका छन्, औषधि मुलो गराएका छन्, राज्य तथा समाजलाई हानी पुग्ने काम कहिल्यै गरेका छैनन् । मान, पदवी र विभुषणको असली हकदार त यिनीहरु हुन् । तर ती कसैको ढोका चहार्दैनन्, यसैका लागि भनसुन गर्दैनन, निवेदन हाल्दैनन् । राज्यले आफ्नो संयन्त्र प्रयोग गरेर यस्ता व्यक्तिलाई विभुषित गर्नुपर्नेै
होइन ?
सदैव यहाँ विवास्पद छवि भएका व्यक्तिले पदक पाउने र दिने
परम्पराको अव अन्त्य गरिनुपर्छ । के आधारमा उनीहरुलाई पदक दिइन्छ ? विना योगदानका व्यक्तिलाई पदक भिराउनुको औचित्य के हो ? त्यस व्यक्तिले पदक पाउँदा अर्थात समाजमै अपाच्य र अपराध गर्नेलाई पदक दिँदा त्यस्ता व्यक्तिको मनोवल अझ बढ्छ । त्यसैले मान, पदवी र विभुषणका लागि लोकतान्त्रिक पद्धतिबाट स्वायत्त र स्वतन्त्र सिफारिस समिति गठन गरी स्पष्ट कार्यविधि बनाई निष्पक्ष रुपमा राष्ट्रलाई योगदान पु¥याएका, सेवा गरेका व्यक्तिलाई दिनुपर्छ । जसको समाज र राष्ट्रले समेत योगदानको प्रशंसा गरेको होस् । यसपटक जस्तै आगामी दिनमा पदकको दुरुपयेग नहोस् भन्ने तर्फ सम्बन्धित निकाय सचेत रहन जरुरी देखिन्छ ।

