धरान÷एउटै छानामुनि ६ लाख भन्दा बढी सामान उपलब्ध हुने मात्र हैन हरेक सामानको फिक्स प्राइस, बार्गेनिङ्गको कुनै गुन्जायस नभएको, बजार मूल्य भन्दा कम दररेट, स्वेशी तथा विदेशी ब्राण्डका सामानहरुका लागि पूर्वाञ्चलकै पहिलो, हरेक ग्राहक तथा उपभोक्ताका लागि ब्राण्डेड नाम बनिसकेको गोरखा डिपार्टमेन्ट स्टोरमा यतिबेला ग्राहकको चहलपहल ह्वात्तै बढेको छ ।
दैनिक उपभोग्य सामानदेखि इलेक्ट्रोनिक्स,जुत्ता चप्पल, सर्टिङ्ग, सुटिङ्ग, स्वदेशी तथा विदेशी आकर्षक साडीहरु, इलेक्ट्रोनिक्स सामानहरु, गिफ्ट आइटम, किचेन वायर, कस्मेटिक्सका प्रसाधनहरु, स्वदेशी तथा विदेशी ब्राण्डका सफ्टड्रिङ्स, अल्कोहल, जन्मेदेखी १५ बर्ष मुनिका नानीहरुको ब्राण्डेड कपडाहरु, ब्लांकेट, ल्यावटप, टाइटेनिक घडी लगायतका ६ लाख भन्दा बढी प्रकारका सामाग्रीहरु गोरखा डिपार्टमेन्ट स्टोरमा रहेका छन् ।
नेपालीहरुको महान चाड दशै नजिकिएसँगै गोरखा डिपार्टमेन्ट स्टोरमा ग्राहकहरुको चहल पहल बढेको हुन सक्छ स्टोरका म्यानेजर श्रीप्रसाद गौतम भन्नुहुन्छ । धरानस्थित रहेको पाँचौ शाखामा यतिबेला धरानका स्थानीय सँगै धनकुटा, हिले, सिंधुवा लगायत ग्रामीण क्षेत्र, तेह्रथुमका बसन्तपुर, म्याग्लुङ लगायतका ग्रामीण क्षेत्र, उदयपुरको कोशी पारिका ठोक्सिला, मैनामैनी, सुनसरीको बराहक्षेत्र, महेन्द्रनगर, प्रकाशपुर, मोरङ्गको याङशिला, केराबारी आदि स्थानका ग्राहकहरु आउने गरेको ग्राहक तथ्यांकले देखाएको गौतमले जानकारी दिनुभयो ।
कपडा खरिदको चहलपहल बढ्यो
गोरखा डिपार्टमेन्ट स्टोरमा आउने अधिकांश ग्राहकहरुको भीड कपडामै देखिने गरेको छ । स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्य भन्नुहुन्छ दशैलाई लक्षित गरेरै यतिबेला विदेशी ब्राण्डका कपडा तथा अन्य सामानहरु ल्याइएको छ ।
गोरखाको पाँचौ शाखा धरानमा सोमबार धनकुटाबाट आउनु भएका बालानन्द घिमिरेले भन्नुभयो यसपटक दशैका लागि सम्पूर्ण सामानहरु यहीबाट खरिद गर्ने योजना बनाएर आएको हुँ । खसी बाहेक । घिमिरेले हाँस्दै जवाफ दिनुभयो । खसीचाहिँ यहाँ पाइँदैन होला नत्र त्यो पनि यही लिने थिए । यस भन्दा अगाडि इटहरीस्थित डिपार्टमेन्ट स्टोर पुग्नु हुने घिमिरेले धरानमा शाखा खुलेपछि सहज महसुस भएको बताउनुभयो । घिमिरे जस्तै तेह्रथुम लसुनेबाट पविारका साथ दशैँका लागि सामान खरिद गर्न आउनु भएका देवराज पाठक पनि कपडा खरिद गर्न झुम्मिनु भएको थियो । पहिला पहिला धरानबाट कपडा खरिद गर्दा पसलैपिच्छे दौडनु पथ्र्यो । अहिले त्यो झन्झटै छैन । स्वदेशी तथा विदेशी ब्राण्डका कपडा सुपथ मूल्यमा एकै ठाउँमा पाइएपछि अन्यत्र जाने झन्झटै नभएको उहाहरुको कथन थियो ।
गोरखा किचनमा पारिवारिक भीड
गोरखा डिपार्टमेन्ट स्टोरको चौथो तलामा रहेको गोरखा किचनमा पछिल्ला केही महिना यता पारिवारिक भीड बढेको छ । किचन इन्चार्ज विष्णु खड्का भन्नुहुन्छ किचनमा ग्राहकको भीड बढेको हो ।
हुन त गोरखा डिपार्टमेन्ट स्टोर
धरान शाखामा किचनमा मात्र नभएर ग्रोसरी, इलेक्ट्रोनिक्स, लत्ता कपडा, जुत्ता चप्पल, अर्गानिक साग सब्जी, बेकरी आइटम, गिÏट आइटम सबैतिर ग्राहकको भीड उस्तै देखिने गरे तापनि पारिवारिक वातावरणमै किचेनमा बसेर धरानसँगै
वरपरका रमणीय दृश्यको अवलोकन गर्दै इच्छा अनुसारको भेराइटीको स्वाद लिन अधिकांश ग्राहकहरु पहिला किचनमै पुग्ने गरेका छन् ।
गोरखा डिपार्टमेन्ट स्टोर धरान शाखाका किचन इन्चार्ज विष्णु खड्का भन्नुहुन्छ अहिले ग्राहकहरुको संख्या ह्वात्तै बढेको छ । ग्राहकहरुको संख्या ह्वातै बढ्नुमा प्रमुख दुई कारण रहेको इन्चार्ज खड्काको ठम्याई छ । पहिलो त एसीसँगै विभिन्न भेराइटीको स्वादिष्ट परिकार र दोस्रो चाहिँ हालै सञ्चालनमा आएको गोरखा सिनेप्लेक्स । गोरखा डिपार्टमेन्ट स्टोरको पाँचौ तलामा रहेको गोरखा सिनेप्लेक्समा सिनेमा हेर्न आएका ग्राहकहरु गोरखा किचेनमा भेराइटीको स्वाद लिएर मात्र हलमा प्रवेश गर्ने गरेका छन् । किचन इन्चार्ज खड्का भन्नुहुन्छ हाल दैनिक पाँचसयको हाराहरीमा ग्राहकहरु आउने गर्नुभएको छ । अत्यन्तै सफा, आफूले चाहेको भेराइटीका लागि लामो समय कुर्नु नपर्ने, काठमाण्डौ र पोखराका फाइव स्टार होटल र थ्रि स्टार होटलमा काम गरिसकेका दक्ष कुकहरुद्वारा तयार पारिएका भेराइटी खान ग्राहकहरु लालयित नहुने कुनै भएन । बजारमा अन्यत्र नपाइने भेराइटीको उपलब्धता, साधारण खानाको रु ५० र चिकेन खानाको रु ९० मै भरपेट खान पाइने भएपछि अधिकांश गाहकहरु यतिबेला गोरखा किचनमा परिवार सहित पुग्ने गरेका छन् ।
गोरखामा सुविधा सम्पन्न आकर्षक वार
गोरखा डिपार्टमेन्ट स्टोरको पाँचौ शाखा धरानमा यतिबेला ग्राहकको चहलपहल ह्वात्तै बढेको छ । धरानको मुख्य बजार भन्दा केही पर धरान धनकुटे रोडमा रहेको गोरखा डिपार्टमेन्ट स्टोरले आफ्ना पारखी ग्राहकहरुको चाहनालाई ध्यानमा राखेर अन्त्यन्तै सुविधा सम्पन्न आकर्षक वार समेत सञ्चालनमा ल्याएको छ ।
गोरखा किचनको चौथो तलामा स्टोरले छुट्टै वार सञ्चालनमा ल्याएको हो । फागुन २५ गतेदेखि सञ्चालनमा आएको गोरखा किचनसँगै विगतमा बारको व्यवस्था भएपनि पारखीहरुका लागि खुल्ला ठाउँ भएकोले पुनः छुट्टै वारको व्यवस्था गर्नु परेको गोरखा डिपार्टमेन्ट स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्य बताउनुहुन्छ ।
मदिराका पारखीहरु सम्भवत ः एकान्त ठाउँकै खोजीमा रहने र खुल्ला ठाउँमा असहज महसुस गरेकोले छुट्टै वारको व्यवस्था गर्नुपरेको आचार्यको कथन छ । वारको छुट्टै व्यवस्था भएपछि यतिबेला वारमा पुग्ने पारखीहरुको संख्यामा उल्लेख्य बद्धि भएको गोरखा वारका इन्चार्ज रविन बस्नेतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो एक पटकमा ५२ जना वारमा बसेर मद्यपान गर्न सक्छन् । हाल सरदर ३०÷३५ जना आउने गरेको सुनाउँदै इन्चार्ज बस्नेतले भन्नुभयो गोरखा डिपार्टमेन्ट स्टोरमा वार समेत छ भन्ने कुरा कतिपय ग्राहकहरुलाई थाहै छैन । वारको सम्बन्धमा अलिकति प्रचार प्रसारको कमी पनि भएको छ ।
एक्कासी सञ्चालनमा ल्याउँदा र औपचारिक रुपमा वारको शुभारम्भ नभएको कारणले पनि पारखीहरु गोरखा वारका सम्बन्धमा अनविज्ञ रहनु स्वभाविक हो । एकपटक गोरखा
वारमा आइसकेका पारखी पटक पटक आउने गरेको अनुभव सुनाउदै इन्चार्ज बस्नेत भन्नुहुन्छ एसीसँगै आरामदायी सोफा, टेवल र चाहेको हरेक परिकार नै पारखीहरुको पुन आगमनको प्रमुख कारण हो गोरखा वारमा इम्पोर्ट
गरिएका संसारका जुनसुकै वाइन, ह्विस्कीदेखि लिएर नेपालमा उत्पादन भएका सबै प्रकारको ब्राण्ड पाइन्छ । यसका अलावा स्नाक्सका भेराइटी ग्राहकको रुची अनुसार उपलब्ध हुन्छन्, इन्चार्ज बस्नेत भन्नुहुन्छ । कोशीका माछा, चिकेन, मटन, आइटमको भेराइटीहरु, सिफुड्स अष्ट्रिजको स्वादिष्ट मासुका परिकार, नान सबै उपलब्ध रहेको बस्नेत बताउनुहुन्छ ।




