भाषाको संरक्षणका लागि वहुभाषिक कविता गोष्ठी

धरान÷ धरानको कला ंस्कृतिलाई जगेर्ना गर्दै यसको संरक्षणमा जुटेको धरान प्रज्ञा प्रतिष्ठानले आइतबार धरानमा वहुभाषित कविता गोष्ठीको आयोजना गरेको थियो । धरान उपमहानगरपालिकाले
धरानको कला, संस्कृतिलाई जगेर्ना गर्न गठित प्रतिष्ठानले धरान ८ रत्न इन होटलमा वहुभाषित कविता गोष्ठीको आयोजना गरेको हो ।
गोष्ठीमा नेवार, लिम्बु, याख्खा, तामाङ्ग, वान्तवा, सुनुवार, शेर्पा लगायतका ८ जातिका १९ वटा कविता वाचन
गरिएको थियो । वहुभाषिक मुलुकमा सबै जातजातिको भाषा समान हुन् र् यसको संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले आयोजना गरिएको धरान प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गोपाल देवानले बताउनुभयो ।
कविहरुले वाचन गरिएका कविताले शहरी रहनसहन र आधुनिक युगसंगै युवा पुस्ताले आफ्नो भाषा र संस्कृतिलाई विर्सदै गएको प्रति इंगित गर्दै आफ्नो भाषा र सस्कृतिको जगेर्ना गर्नुपर्ने कुरामा जोेड दिएका थिए ।
कार्यक्रममा धरानमा रहेका विभिन्न जातजातिको सोचेजस्तो उपस्थिति नभएको प्रति आयोजकले केही गुनासो भने पोखेका थिए ।
प्रतियोगितात्मक गोष्ठी नभए पनि वाचन गरिएका ५ कवितालाई उत्कृष्ट कविता घोषणा गर्दै घोषणा भएका कवितालाई ५÷५ हजार प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा निर्णायकको भूमिका धरानका अग्रज पत्रकार हर्ष सुब्बा, पत्रकार प्रदीप मेन्याङ्गबो र साहित्यकार वम देवान रहनु भएको थियो ।
सो अवसरमा बोल्दै निर्णायक मण्डलमध्येका साहित्यकार वम देवानले भाषा र साहित्यमा कहिल्यै प्रतिष्पर्धा नहुने बताउनु भएको थियो ।
करिब डेड बर्ष अगाडि गठन भएको प्रतिष्ठानले यस भन्दा अगाडि विभिन्न सचेतनात्मक नाटक सहित विविध कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिकेको छ ।

 

तपाईको प्रतिक्रिया